अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
सचिवालयका अन्य सदस्यले आफ्नो अध्यक्षलाई समर्थन गरे । उनीहरूले विदेशी संसद्हरूमा यस्तो अभ्यासको कुनै नजीर नभएको दलिल दिए । तर, ड्युमाको नियमअनुसार निश्चित सांसदहरूले मिलेर समूह गठन गर्न सक्थे । त्यसकारण, केही समयको अलमलपछि अन्ततः सदनले हाम्रो समूहलाई मान्यता दिन कर लाग्यो ।
यसबिच ‘७ मेन्शेभिकहरू’ ले हाम्रो गतिविधिमा भाँजो हाल्न सकेको सबथोक गरे । हामीले समूह छोडेको घोषणा गरे लगत्तै उनीहरूले सदनमा चखाइद्जे वा उनका सहायकले हस्ताक्षर नगरेको कुनै पनि प्रश्न वा घोषणालाई सामाजिक जनवादी मान्न नसकिने आधिकारिक उद्घोष गरे । ‘७ सांसदहरू’ ले कुनै संयुक्त गतिविधि नगर्ने बताइयो । समूह छोडेपछि हामीले मेन्शेभिकहरूसँग भविष्यमा आयोगमा हाम्रो प्रतिनिधित्व तथा अन्य संसदीय गतिविधिमा संयुक्तरूपमा जान सकिने प्रस्ताव राखेका थियौँ । सदनमा कालासयहरूको बोलवाला हुनाले ‘६ बोल्शेभिक’ र ‘७ मेन्शेभिकहरू’ मिल्नुपर्ने धेरै मजदुरहरूको इच्छा पूरा गर्नका लागि हामीले निश्चित मुद्दामा संयुक्त रूपमा जानका लागि त्यो प्रस्ताव राखेका थियौँ । त्यतिञ्जेल मेन्शेभिकहरूले जोडजोडले एकता–एकता भन्दै थिए । तर, उनीहरूले सम्झौता गर्न फिटिक्कै मानेनन् ।
‘७ मेन्शेभिक’ सँग हाम्रो व्यक्तिगत सम्बन्ध दुश्मनीको बिन्दुसम्म पुग्यो । केही समय हामीले उनीहरूलाई अभिवादनसमेत गरेनौँ, बोल्दा पनि बोलेनौँ । चखाइद्जेले ‘७ सांसद’ को नाममा हामीलाई सदनका अन्य समूहकै जस्तो व्यवहार गर्ने उद्घोष गरे । उनले हाम्रो प्रश्नोत्तरका सम्बन्धमा क्याडेट, त्रुदोभिक आदिले जस्तै हस्ताक्षर गर्ने बताए । अन्त्यमा उनीहरूले हामीलाई आफ्ना छिमेकी दक्षिणपन्थीहरूलाई भन्दा पनि निकृष्ट व्यवहार गरे ।
समूहको आग्रहमा मैले हाम्रो पहिलो संसदीय प्रश्नोत्तरका लागि हस्ताक्षर सङ्कलन गरेँ । मलाई सम्झना भएसम्म सरकारी उद्योगहरूमा मजदुरहरूको बीमाको प्रश्न थियो त्यो । मैले त्रुदोभिकहरूबाट केही हस्ताक्षर सङ्कलन गरिसकेको थिएँ । कतिपय क्याडेटले समेत हस्ताक्षर गरेका थिए । तर, मैले चखाइद्जेसँग हस्तक्षर माग्दा उनले ठाडै अस्वीकार गरे । ‘७ मेन्शेभिक’ मध्ये अरुले पनि अस्वीकार गरे ।
१४ सामाजिक जनवादी सांसदको नाउँमा नवगठित प्रेस, प्रहरी तथा सार्वजनिक सभासम्बन्धी संसदीय आयोगमा ‘७ मेन्शेभिकहरू’ मा तीन प्रतिनिधि पठायो । उनीहरूले हामीसँग बजेट आयोगको प्रतिनिधित्व पनि बाँड्न चाहेका थिएनन् । अब आयोगमा प्रतिनिधित्वको सवालमा मेन्शेभिकहरूलाई हाम्रो विचारमा झुकाउने बेला आयो । क्रिसमस पर्वको संसदीय बिदा अगावै केही नयाँ आयोग गठन भए । त्यहाँ मेन्शेभिकहरूले प्रतिनिधित्व पाएनन् । किनभने, त्यो बेलासम्म हाम्रो समूह औपचारिकरूपमा गठन भइसकेको थियो । १० जनाभन्दा कम सदस्य भएको समूहले आयोगमा प्रतिनिधि राख्न नपाउने प्रावधान थियो ।
त्यसपछि यी आयोगमा संयुक्त प्रतिनिधि पठाउनका लागि मेन्शेभिकहरूले हामीसँग अनुरोध गरे । हामीले अस्वीकार गर्नु स्वाभाविक थियो । हामीले ‘७ मेन्शेभिकहरू’ ले यसअघि ओगटेका सीटहरू हामीसँग बाँड्ने सर्तमा मात्र सम्झौता गर्नेछौँ भन्यौँ । मेन्शेभिकहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्नुको अर्थ पुरानै अवस्थामा फर्किनु हुन्थ्यो । उनीहरूले अन्य विषयमा सम्झौता नगर्ने सिद्धान्तका आधारमा हाम्रो सर्त अस्वीकार गरे । संसद्का अन्य आयोगहरूमा पुनः प्रतिनिधि नियुक्त गर्न उनीहरूले ठाडै इन्कार गरे ।
स्वतन्त्र समूह गठन भएपछि हामी ‘६ सांसद’ को काम अझ फराकिलो बन्यो । ‘७ मेन्शेभिक’ सँग अलग्गिएपछि हाम्रो जिम्मेवारी ह्वात्तै बढ्यो । प्रत्येक मजदुर सांसदले अझ जोडतोडका साथ काममा लाग्नुप¥यो । बहुमत मजदुरहरूको समर्थनकै कारण हामीले आफ्नो कर्तव्य पूरा गर्न सक्यौँ । मजदुरहरूको त्यो साथ र सहयोग झन्झन् बढ्दै गयो । संसदीय समूहमा आएको विभाजनले एउटा बलियो आँधी ल्यायो । त्यो आँधीमा मेन्शेभिकहरू बढारिएर छेउ लागे भने बोल्शेभिक सांसदहरू थप सबल भए । हाम्रो समूहको फैलिँदो गतिविधिले विभाजनपछि झन् धेरै मजदुरहरूको समर्थन हामीतिर आयो । यो मजदुरवर्गको गतिविधि बाक्लिएको समय थियो । संसद्भित्र र बाहिर हामीले गर्ने सानाठुला सबै गतिविधिमा ठुलो उत्साह र सजीवता देखियो । क्रान्तिकारी उद्देश्यका लागि चन्दाको रकम आउन थाल्यो । समूहलाई भेट्न आउने पाहुनाको झन् ठुलो लर्को लाग्यो । पत्रिकाको सम्पादकीय कार्यालयमा आगन्तुकहरू हुल बाँधेर आउन थाले । संसदीय गतिविधिले अलग्गै आकार लियो ।
संसद्को शरद् सत्रमा छोटो रह्यो । यो सत्र जम्मा ६ हप्ता चल्यो । यही छोटो अवधिमा समेत हामीले ‘७ सांसद’ सँगको भिडन्त तथा पार्टीको आन्तरिक मामिलामा आफ्नो पर्याप्त ऊर्जा र समय खर्च गर्नुप¥यो । यसबिच हामीले पार्टीभित्र पनि धेरै काम गर्नुप¥यो । साथै, यी ६ हप्तामा हामीले सदनमा १३ प्रश्न अघि सा¥यो । प्रश्न विविध विषयमा थिए – एक, प्रेसका सम्बन्धमा; दोस्रो संसद्मा सामाजिक जनवादी समूहलाई पक्राउ गर्न घुसपैठियाको प्रयोग भएको सम्बन्धमा; तेस्रो, हडतालका सम्बन्धमा; चौथो, ट्रेड युनियनका सम्बन्धमा; पाँचौँ, बीमाको सवालमा; छैटौँ, मजदुर प्रतिनिधिहरूको गिरफ्तारीका सम्बन्धमा; सातौँ, प्रेसका सम्बन्धमा (दोस्रो प्रश्न); आठौँ, हडतालको सम्बन्धमा (दोस्रो प्रश्न); नवौँ, नगर गभर्नरले हामीमाथि जरिवाना थोपरेको सम्बन्धमा† दसौँ, ओबुखोभ कारखानाको हडतालका सम्बन्धमा; एघारौँ, सरकारी कारखानाहरूमा मजदुरहरूको बीमा नगरिएको सम्बन्धमा; बा¥हौँ, धराप कारखानामा भएको विस्फोटका सम्बन्धमा; ते¥हौँ, प्लेगको सामना गर्ने सम्बन्धमा ।
औपचारिक विभाजनपछि यीमध्ये धेरै प्रश्न हाम्रो समूहले स्वतन्त्र ढङ्गले उठाएको थियो । यस अवधिमा भएका चौबिस बैठकका प्रत्येक महत्वपूर्ण छलफलमा हामी ‘६ बोल्शेभिक’ ले मन्तव्य राख्यौँ ।
फुटपछि हाम्रा मन्तव्य र प्रश्नहरूका कारण बहुमत कालासय सांसदहरूको हामीप्रतिको असहिष्णुता अझ बढ्यो । पुरिश्केभिचले मजदुर सांसदहरूले प्रश्नमाथि प्रश्न सोधेर सदनमा हावी भएको गुनासो गरे । सदनले हाम्रा प्रश्नहरूको सान्दर्भिकतालाई लगातार अस्वीकार गर्दै गयो र ती प्रश्नलाई आयोगमा मिल्क्याउँदै गयो । हामीलाई संसद्को मञ्च उपयोग गर्नबाट रोक्न कालासयहरू कम्मर कसेर लागे । क्याडेट पार्टीका माक्लाकोभसँगको साझेदारीमा उनीहरूले संसद्मा नयाँ नियम ल्याए । उनीहरूले १० मिनेटमै प्रश्न सोधिभ्याउनुपर्ने नियम बनाए । त्यसैगरी, कालासयहरूले प्रश्न गर्ने अधिकार पनि कुण्ठित पार्न खोजे । सदनले यसलाई अस्वीकार गर्ने पक्का थियो । यी नयाँ नियम ‘६ सांसदहरू’ विरुद्ध लक्षित थिए । किनभने, हाम्रा प्रश्नहरू मात्र क्रान्तिकारी प्रचारप्रसारको उद्देश्यले गरिएका हुन्थे ।
सदनको कामकारबाहीका सबै पक्षबारे छलफल गर्न हाम्रो समूहले सेन्ट पिटर्सबर्गका मजदुरहरूका प्रतिनिधिलाई बेलाबेला भेटिरहन्थ्यो । यसको लागि ती प्रतिनिधिहरूले एउटा ‘मजदुर आयोग’ गठन गरे । यो आयोगले हाम्रो समूहसँग नियमित रूपमा संयुक्त बैठक बस्थ्यो । हाम्रो समूहको कार्यालयमा आउने आगन्तुकहरू गिरफ्तार भइरहने हुनाले यो सिलसिला बेलाबेला तोडिन्थ्यो । तैपनि, पक्राउ परेका साथीहरूको ठाउँमा नयाँ कामरेडहरू आउँथे । मजदुर आयोगले आफूलाई संसदीय मुद्दामा मात्र सीमित राखेन । यो आयोग पार्टी निर्देशनलाई गैरकानुनी सङ्गठनहरूमा प्रसार गर्ने वाहक पनि बन्यो ।
सन् १९१४ जनवरीको अन्त्यतिर मजदुर आयोगको पहिलो बैठक बसेको थियो । संसद्को हिउँदे अधिवेशन भर्खर सुरु भएको थियो । विभिन्न विधेयक र प्रश्नोत्तरको विषयमा छलफल गर्न अनेक उपसमितिहरू गठन भयो । प्रत्येक दफाबारे जीवन्त बहस हुन्थ्यो । प्रस्तावित विधेयकले जारशाही शासनमा कस्तो भूमिका खेल्ला र क्रान्तिपछि सो विधेयकलाई कसरी लिने भनी दुवै कोणबाट बहस हुन्थ्यो । ती आयोगका बैठकका केस्राकेस्रा केलाउन सम्भव छैन । हुन्थ्यो भने त्यसबेला छलफल भएका धेरै प्रस्ताव र सङ्कल्पलाई आज कानुनको रूप दिइएको प्रस्टै देखिने थियो ।
सदनमा हामीले गरेको काममध्ये विशेष महत्वको थियो आठघण्टे कामको विधेयक । यो विधेयक ‘मजदुर आयोग’ को सहयोगमा तयार पारिएको थियो । के यसप्रकारको तथाकथित ‘सकारात्मक विधायकी काम’ को हाम्रो पार्टीले विरोध गरेको थियो ? निश्चय नै थिएन । पहिलो कुरा त आठघण्टे कामको माग (मेन्शेभिक) विघटनकारीहरूले भने जस्तो आंशिक माग थिएन । मेन्शेभिकहरू आंशिक माग सदनबाट पारित हुने सोच्थे । आठघण्टे कामको माग हाम्रो पार्टीका तीन मूल नारामध्ये एक थियो । हाम्रो पार्टीले यिनै उद्देश्य पूरा गर्न मजदुरहरूलाई परिचालित गर्दै थियो । सदनमा आठघण्टे कामको विधेयक लग्दा हामीले लडिरहेको एउटा क्रान्तिकारी नारालाई संसद्को मञ्चमै घन्काउने अवसर पायौँ । विधेयकमा ‘सकारात्मक काम’ नाउँको केही पनि थिएन । किनभने, त्यसलाई बहुमत कालासयहरूले स्वीकार्ने रत्तिभर पनि सम्भावना थिएन । अर्कोतर्फ, विधेयक पास नभए त्यसैलाई क्रान्तिकारी प्रचारको अवसर बनाउन सकिन्थ्यो ।
‘प्राभ्दा’ मा विधेयकको मूल पाठ प्रकाशित भयो र साथमा यस्तो आह्वान गरियो :
“चौथो ड्युमाले यो विधेयक पास गर्ला भन्ने हामीलाई कत्ति पनि आस छैन । आठघण्टे काम आजका मजदुरहरूका मूल मागमध्ये एक हो । सदनमा यो प्रश्न उठ्दै गर्दा अन्य दलहरू यसबारे आफ्नो राय राख्न बाध्य हुनेछन् । सदनबाहिर आठघण्टे कामको हाम्रो सङ्घर्षमा यसले हामीलाई मद्दत मिल्नेछ । हामी सम्पूर्ण मजदुरहरूलाई यो विधेयक अनुमोदन गर्न आह्वान गर्दछौँ । यसलाई सांसदहरूको एउटा समूहको नाममा प्रस्तुत नगरौँ । बरु लाखौँ मजदुरहरूको तर्फबाट यसलाई अघि सारौँ !”
आज यस विधेयकका सबै प्रावधानहरू सामान्य लाग्न सक्छ । तर, जारशाही शासनमा त्यसलाई अलग्गै आँखाले हेरिन्थ्यो । मजदुरवर्गले आठघण्टे कामको सङ्घर्षमा दिलोज्यान लगाएका थिए । जारशाहीको निरङ्कुश शासनसत्ता नढलाएसम्म उनीहरूको माग पूरा भएन । क्रान्तिको बेला रुसका सर्वहारा जनताले जुन बलिदान दिए त्यो प्रतिदिन आठघण्टा कामको अधिकारका लागि पनि थियो ।
यो विधेयकको प्रकाशनले मजदुरहरूमा पारेको असीम प्रभावलाई बुझ्न त्यो बेलाको समय केलाउनुपर्छ । सेन्ट पिटर्सबर्ग र अन्य सहरका मजदुरहरूले हाम्रो समूहको कार्यालय र ‘प्राभ्दा’ मा आफ्ना निर्णय र सङ्कल्पको बाढी लगाइदिए । मजदुरहरूले हाम्रो विधेयकलाई न्यानो स्वागत गरे । निम्न पत्रमा ३१९ मजदुरले हस्ताक्षर गरेका थिए :
“हामी पुतिलोभ कारखानामा काम गर्ने मजदुरहरूको एउटा समूह हौँ । रुसी सामाजिक जनवादी मजदुर समूहका ६ मजदुर सांसदले मस्यौदा गरी राज्य ड्युमामा एजेन्डाको रूपमा प्रस्तुत गर्नुभएको अधिकतम आठघण्टे कामको थिति बसाल्ने विधेयकका लागि हार्दिक धन्यवाद दिन्छौँ । हामी सबै यो विधेयकलाई अनुमोदन गर्छौँ र मजदुरहरूको निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूलाई मनैदेखि समर्थन दिन्छौँ ।”
यो विधेयक प्रस्तुत गरेपछि मजदुर र हामी ‘६ सांसद’ बिच आत्मीयता बढ्यो भने मेन्शेभिकहरूप्रति मोह घट्यो । ‘७ मेन्शेभिक’ ले बचेखुचेको शाख पनि भटाभट गुमाउँदै गए । चाँडै नै उनीहरू मजदुरहरूबाट एक्लिन पुगे । मजदुरहरूका माग, आवश्यकता र आग्रहहरू हाम्रो समूहको नाममा आउन थाले । मेन्शेभिकहरू बेवास्तामा परे । ‘७ सांसदहरू’ ले सदनमा पुरानै कुरा दोहो¥याइरहन्थे । तर, मजदुर वर्गबिच आफ्नो समूहले समर्थन गुमाइसकेको स्वीकार्न उनीहरू बाध्य भए ।
सन् १९१४ जनवरीको अन्त्यतिर ‘७ मेन्शेभिकहरू’ को बैठक बसेको रहेछ । यसको वर्णन प्रहरी अभिलेखालयमा पाइन्छ । सो वर्णनबाट मेन्शेभिकहरूले आफ्नो नीति कहाँ उभिएको छ भन्ने भेउ पाउन थालेका थिए भन्ने स्पष्ट हुन्छ । बैठकमा चखेन्केलीेले आफ्नो समूहको निन्दा गरेका रहेछन् । किनभने, “यसले आफ्नो सारा प्रभाव गुमाइसक्यो, देशको राजनीतिक जीवन परित्याग ग¥यो, मजदुरहरूसँगको सम्बन्ध चुँडायो र अन्त्यमा सबैभन्दा सक्रिय सदस्यहरूलाई समूह छोड्न बाध्य पा¥यो । परिणाम, समूहको गतिविधि ठप्प बनायो ।” उस्तै तनावमा तुल्याकोभले भने, “यो समूहले आफूलाई सामाजिक जनवादी भन्छ तर सदनमा होस् वा प्रेसमा यसले मजदुरहरूको जनजीविका र आकाङ्क्षालाई प्रतिबिम्बित गर्दैन । राजनीति, प्रहरी र सदाचारको कोणबाट यो समूहले मजदुरहरूलाई लत्याएको छ र आफूलाई ‘गजबको एकान्त’ मा पु¥याएको छ ।”
गुप्त प्रहरीको रिपोर्टमा मेन्शेभिक सांसदहरूको भाषा प्रस्टसँग नछापिएको हुनसक्छ । जेहोस्, संसदीय समूहमा फुट आए लगत्तै ‘७ सांसदहरू’ असन्तुष्ट बनेकोमा कुनै शङ्का थिएन । जनवरीको आरम्भमा सांसद बु¥यानोभले मेन्शेभिक समूह छोडे । उनी आफूलाई प्लेखानोभपन्थी भन्थे । क्रिसमसको बिदामा उनी फुटबारे प्लेखानोभको धारणा बुझ्न उनलाई भेट्न गए । फर्केपछि उनले (मेन्शेभिक समूहका नेता) चखाइद्जेलाई यस्तो पत्र लेखे ः
“निःसन्देह सायद तपाईँले जस्तै म पनि बुझ्छु, संसदीय समूह फुट्नुको कारण सदनबाहिर छ । यस्तो स्थितिमा सदनमा सामाजिक जनवादी समूहको पूर्ण एकता तब मात्र सम्भव हुनेछ जति बेला रुसका वर्गसचेत मजदुरहरूका अग्रदस्ताबिच एकता हुनेछ । भविष्यमा यस्तो एकता होस् भनी चाहँदै गर्दा म के पनि ठान्छु भने सामाजिक जनवादी सांसदहरूले यति बेला संयुक्त गतिविधि गर्नुपर्छ । सामाजिक जनवादी समूह र सामाजिक जनवादी मजदुर समूहबिच समान हैसियतका आधारमा मात्र यस्तो गतिविधि गर्न सकिन्छ । आजसम्म हामीले यो विधिलाई अस्वीकार गरिरह्यौँ । जबकि यो विधिले विग्रह टार्न सकिन्थ्यो । मैले सामाजिक जनवादी समूह छोडेँ भने सङ्ख्याका हिसाबले दुवै खेमा बराबर हुनेछन् र तपाईँले समानताका आधारमा संयुक्त गतिविधि गर्ने सम्भावनाबारे पुनर्विचार गर्नुहुनेछ भन्ने आशा लिएको छु ।”
बु¥यानोभले विरोधमा नगई मध्यम मार्ग अपनाए । बरु ‘माक्र्सवादी नीति अनुसार’ गरिने दुवै समूहका कुनै पनि गतिविधिलाई समर्थन गर्ने उद्घोष गरे ।
लगत्तै मेन्शेभिकहरूले थप अर्को सदस्य गुमाए । दक्षिणपन्थी विचार राख्न थालेपछि उनीहरू मानकोभलाई निष्कासन गर्न बाध्य भए । यसरी मेन्शेभिकहरूले छिन्नभिन्न भएर मजदुरहरूको विश्वास गुमाउँदै गर्दा ‘६ सांसदहरू’ को प्रभाव बढ्दै गयो । हामीलाई क्रान्तिकारी सर्वहारा जनताको उत्साहप्रद समर्थन प्राप्त भयो ।
Leave a Reply