कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २० मङ्सिर । भक्तपुर नगरपालिका वडा नं ४ को आयोजनामा शनिबार महिला पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।
नेमकिपा केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जिल्ला बाहिर उपत्यका बाहिरका नागरिकले स्वास्थ्य उपचार सुलभ तरिकाबाट उपलब्ध गर्न सकिने वातावरण निर्माणमा नगरपालिकाले गरिरहेको प्रयासमा नगरबासीहरूको सकारात्मक सहयोग जुटिरहेको बताउँदै मोफसलका सामुदायिक स्वास्थ्य केन्द्रहरूमा अहिलेसम्म पनि थर्मोमिटर बाहेक अन्य उपकरणहरूको व्यवस्था नहुँदा सर्वसाधारण जनताले महँगो शुल्क तिरेर निजी अस्पताल क्लिनिकहरूमा गई उपचार गराउन पर्ने बाध्यता रहेको अनुभव सुनाउँदै विद्यालय कलेजहरूमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी अभाव रहेको कारण विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने कुरामा शङ्का व्यक्त गर्दै त्यसको ठीक विपरित भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जनप्रतिनिधिहरूले पार्टीको चुनावी घोषणापत्रबमोजिक उदाहरणीय काम गर्दै आइरहेको चर्चा गर्नुभयो ।
मेयर प्रजापतिले नगरभरिका विभिन्न वडाहरूमा स्वास्थ्य शिविर गर्नु नियमित प्रक्रिया भएको जानकारी गराउँदै स्वास्थ्य, सरसफाइका अलावा घर घरमा नर्सिङ सेवा, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपन, ख्वप अस्पताल, ख्वप ई. कलेजलगायत नगरको सन्तुलित विकासमा ध्यान दिँंदै आइरहेको दृष्टान्त प्रस्तुत गर्दै ख्वप मोडेलबारे अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाइरहेको कुरामा गर्व गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बर्सेनि ऐतिहासिक भक्तपुर नगरको अवलोकन गर्न लाखौँ पर्यटकहरू ओइरिरहेको बताउँदै लोक सेवा आयोगमा ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अब्बल नतिजा हासिल गरिरहेको प्रसङ्गबारे बताउँदै देशभरका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी नराखेको बताउनुभयो । खान नपाएरभन्दा पनि मानिसले खाने तरिका नजानेर रोगको शिकार हुनु परेको भन्दै जति धेरै पैसा भए पनि स्वस्थले साथ नदिए केही अर्थ नहुनेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्लले बर्सेनि १२ हजार महिलाहरूलाई पाठेघरको मुखको क्यानसर, स्तन क्यान्सर लाग्ने र जसमध्य ७ हजार ५ सय जना क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै समयमै उपचार गर्नसके स्वस्थ निरोगी जीवन बाँच्न सकिने भनाइ राख्नुभयो । रोगलाई पालेर केही फाइदा नहुने, रोगबारे बताउन लज्जाउने, हिच्किचाउने गर्न नहुने र पायस्मेयर परीक्षणमा रङ्गमा परिवर्तन भए सङ्क्रमण बढेको थाहा हुने बताउँदै शिविरमा सहभागी महिलाले बेलैमा उपचार पाउने विश्वास व्यक्त गर्नुभयो । हाल ख्वप अस्पतालमा अण्डासयको क्यान्सरसमेतको उपचार सेवा उपलब्ध भएको जानकारी गराउनुभयो ।
स्थानीय समाजसेवी विश्वराम त्वायनाले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिन खानपिन, शारीरिक व्यायाममा ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
निवर्तमान कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले केबल महिलालाई मात्र नभई पुरुषलाई पनि क्यान्सर रोग लाग्न सक्नेबारे सचेत हुनुपर्ने धारणा राख्दै स्वास्थ्य नै धन भएको हुनाले सबैजनाले समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने आवश्यकताबारे औँल्याउनुभयो । २० वर्ष पहिले आदर्श महिला समूहले स्वास्थ्य परीक्षण गरेर वडाका महिलाहरूलाई क्यान्सर रोगबाट बचाएको अनुभव सुनाउँदै शिविरबाट लाभ उठाउन सल्लाह दिनुभयो ।
भ.न.पा. ४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त औपचारिक कार्यक्रममा वडा नर्स बिनिता प्रजापति, स्वास्थ्य स्वयम्सेविका बुद्धलक्ष्मी त्वायनालगायतले बोल्नुभयो ।
Leave a Reply