कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, २० मङ्सिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजना अनिवार्य शिक्षा शिविर शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले हाल विभिन्न सहकारी संस्थाहरूले गरेको आर्थिक अपचलनबारे चर्चा गर्दै राम्रो सरकारले खराब सहकारीका कारण धरापमा परेका पीडित जनताको बचत सुरक्षित गर्न ती सहकारी संस्थाका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले सदस्यहरूलाई खराब सहकारीमा संलग्न नगराउन राम्रा सहकारीहरूले समय समयमा सदस्यहरू भेटघाट कार्यक्रमहरू आयोजना गरी वित्तीय साक्षरता प्रदान गर्नुका साथै राय सुझावहरू सङ्कलन गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।
उहाँले सिद्धि गणेश साकोसका सञ्चालकहरूले आफ्नो जिम्मेवारी इमानदारीतापूर्वक पालना गरी संस्था आर्थिक नीति नियम पालना गरी सञ्चालन भएकोमा विश्वस्त रहेको बताउँदै सदस्यहरूलाई संस्थाबाट गलत कार्य भएमा निरन्तर आलोचाना गर्ने सचेत गर्नुभयो । उहाँले शिक्षा शिविर कार्यक्रम नयाँ एवं सम्भावित सदस्यहरूलाई मात्र नभई पुराना सदस्यहरू, कर्मचारीहरू तथा सञ्चालकहरूसमेत समावेश गरी नियमित सञ्चालन गर्न सुझाव दिनुभयो । गोसाईले सहकारी संस्थाले सदस्यहरूलाई अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी विकास गर्न विभिन्न कार्यक्रम एवं सामाजिक भेटघाटमार्फत सुसूचित गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको आर्थिक प्रगतिको लागि आत्मनिर्भताको आवश्यकता हुने बताउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिई आयात घटाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सदस्यहरूबाट उत्पादित वस्तु एवं हस्तकला बजारीकरण गर्न सहकारी संस्थाहरूले हात बजारहरू सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक छ, उहाँले भन्नुभयो । साथै न्यून आय भएका सदस्यहरूको आर्थिक विकास गर्न सहकारी संस्थाले विभिन्न तालिम सञ्चालन गरी ती सदस्यहरूमाझ आर्थिक अवसरहरू श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले एक आपसमा सहकार्य गर्नु नै सहकारी हो भन्दै परम्परागत गुठी, धर्म भकारी एवं पर्मको रुपमा धेरै पहिलेदेखि नै देशमा सहकारीको अभ्यास हुँदै आएको जानकारी दिनुभायो । उहाँले अग्रजहरूको सुझावअनुसार सहकारी सिद्धान्तहरूको पालना गरी संस्था सञ्चालन गर्दै आएको कारणले संस्था स्थापना भएको ३१ औँ वर्षसम्म पनि कुनै समस्या भोग्न नपरेको बताउनुभयो । अध्यक्ष लाखाले संस्था आर्थिक नाफाको लागि मात्र नभई समाज र सदस्यहरूको विकासका निम्ति सामाजिक क्षेत्रमा समेत निरन्तर सक्रिय हुँदै आएको बताउनुभयो । उहाँले नियमित बचत गर्नु र संस्थाबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्नुमात्र सदस्यको दायित्व नभई साधारण सभामा उपस्थित भई संस्थालाई उचित राय सुझाव दिनु पनि सदस्यको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले सदस्यहरूमा सहकारीसम्बन्धी ज्ञान नहुनाले धेरै सहकारीका सदस्यहरूको बचत धरापमा परेको उल्लेख गर्दै सदस्यहरूलाई सहकारी ज्ञान एवं वित्तीय साक्षरता प्रदान गर्ने हेतुले संस्थाबाट नियमित शिक्षा शिविर सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले समुदायमा आधारित भई नीति नियमको पालना गरी स्थानीयद्वारा सञ्चालित सहकारी संस्था विश्वसनीय र सुरक्षित हुने बताउँदै सहकारी र सञ्चालकहरूबारे राम्ररी बुझेर मात्र बचत गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।
Leave a Reply