भर्खरै :

गणेश माविमा नमुना संसद् सम्पन्न

गणेश माविमा नमुना संसद् सम्पन्न

भक्तपुर, २० मङ्सिर । वाग्मती प्रदेश सभा सदस्य गीता काफ्लेको आतिथ्यमा शनिबार गणेश माध्यमिक विद्यालय, चागुनारायण नगरपालिका – ५ छालिङमा नमुना संसद् कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सांसद काफ्लेले जनमुखी कानुन बनाउन हरेक विद्यालयमा कानुन निर्माणको विषय जानकारी दिन नमुना संसद् आवश्यक भएको बताउनुभयो ।
कतिपय सांसदहरुले कानुन निर्माणका व्यवहारिक विषयहरु राम्रोसँग नबुझ्दा देशघाती सन्धि सम्झौताहरु सदनबाट पास हुने गरेको चर्चा गर्दै उहाँले कानुन निर्माणको व्यावहारिक पक्षहरू विद्यालय स्तरबाट नै सिकाउनु जरुरी छ भन्नुभयो ।
विशेष अतिथि न्हुछेभक्त फोजूले सांसदले कस्ता विधेयकहरू पास गर्नुपर्छ र कस्ता विधेयकहरुले जनहित गर्छ लगायतका विषयहरुबारे प्रस्ट पार्नुभयो ।
नमुना संसद्को सभामुख एवं प्रमुख प्रशिक्षक श्रीराम श्रेष्ठले ख्वप विश्वविद्यालय शिक्षालाई उत्पादन श्रमसँग जोड्न र आधुनिक शिक्षा प्रणालीको विकास गरी विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न ख्वप विश्वविद्यालय विधेयक आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्रअ इन्द्रबहादुर फोजु र शिक्षक सुलोचना सुवालले समेत बोल्नुभएको थियो ।
नमुना संसद् कार्यक्रम कानुनी आवाजको आयोजनामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *