भर्खरै :

कैलालीको लम्किचुहामा विद्यार्थी प्रशिक्षण

कैलालीको लम्किचुहामा विद्यार्थी प्रशिक्षण

कैलाली, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा नेक्राविसङ्घको ५६ ओैँ स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम लम्किचुहा नगरपालिका ४ अम्मरपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेक्राविसङ्घको ५६ औँ स्थापना दिवसको शुभकामना दिँदै विद्यार्थीहरू राजनीतिक रूपले सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
उहाँले मानिसमा ज्ञान सँगसँगै सही विचार र सिद्धान्त भएमा बहुसङ्ख्यक जनताको सेवा गर्न सकिने बताउनुभयो ।
नेमकिपाका कैलाली संयोजक रमेशकुमार रावलले नेमकिपाको मुख्य मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारा भएको र नेमकिपाको उद्देश्य भनेको समाजवादी व्यवस्था हुँदै वैज्ञानिक साम्यवादसम्म पुग्ने रहेको बताउनुभयो ।
उहाँले नवउदारवादले शिक्षा क्षेत्रलाई निजीकरण गरी नाफामूलक बनाइरहेको बताउनुभयो । उहाँले समाज रहेसम्म वर्ग हुने र वर्ग रहेसम्म वर्गसङ्घर्ष चलिरहने स्पष्ट पार्दै नेमकिपाले सधैँ मजदुर र किसानवर्गको हितको निमित्त सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेक्राविसङ्घ कैलालीका अध्यक्ष एचबीले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको मातृ पार्टी नेमकिपाको मुख्य मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मुख्य आत्मसात गर्दै अनिवार्य, निःशुल्क र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि सधँै सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले हाम्रो हितको निमित्त हामीले नै सङ्घर्ष गर्नुपर्ने भएकोले मजदुर र किसानका छोराछोरीहरू एक भई अघि बढ्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ अम्मरपुर एकाइ समितिका अध्यक्ष ओविन नेपालीले क्रान्तिको अर्थ परिवर्तन भएको बताउँदै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सधैँ मजदुर र किसानका छोराछोरीहरूको हितको लागि अघि बढिरहेको बताउनुभयो ।
उहाँले नेपालको अहिलेको पुँजीवादी व्यवस्थामा मजदुर र किसानले सधँै दुःख पाउने बताउनुभयो । उहाँले मजदुर र किसान एकजुट भई पँुजीवादी व्यवस्था फाली समाजवादी व्यवस्था ल्याउन सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका सचिव प्रज्ज्वल नेपालीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *