भर्खरै :

वागीश्वरीमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम

वागीश्वरीमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम

भक्तपुर, २२ मङ्सिर । प्रहरी वृत्त जगाती भक्तपुरको आयोजनामा १६ दिने सामुदायिक प्रहरी साझेदारीअन्तर्गत सोमबार वागीश्वरी माविमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो ।
प्रहरी नायव निरीक्षक ललिता थापालगायतले कक्षा ८ का विद्यार्थीहरूलाई उक्त विषयमा प्रशिक्षण दिँदै गाउँ सहरमा आफ्नै नातासम्बन्ध भएका व्यक्तिहरूबाट कलिला बहिनीहरू लैङ्गिक हिंसाको शिकार भइरहेको हुँदा सचेत हुनु जरूरी भएको बताउनुभयो ।
त्यस्ता मान्छेहरूले नक्कली माया देखाउने, खुवाउने, घुमाउने मिठा कुरा गर्ने, बिस्तारै यौनिक हिंसा गर्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले त्यस्ता गलत व्यवहार कसैबाट भयो भने नजिकैको कुनै व्यक्ति परिवार वा प्रहरीलाई तुरून्त खबर गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा शिक्षक विश्वराम प्रजापतिले धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *