भर्खरै :

फिडेल र राउलको विरासतमा इमान्दार रहनेछु–म्यागुल

क्युवामा नवनिर्वाचित राष्ट्रपति म्यागुल डायज कानलले आफू फिडेल क्यास्ट्रोको विरासतप्रति इमान्दार रहने बताएका छन् । राष्ट्रपति पदमा निर्वाचित भएपश्चात क्युवाली राष्ट्रिय सभामा दिएको भाषणमा उनले निवर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको प्रशंसा गरेका थिए । उनले फिडेल र राउलको विरासतलाई इमान्दारीपूर्वक अघि बढाउने अभिव्यक्तिसँगै हलमा लामो समय कर्तल ताली बजेको थियो ।
म्यागुलले क्युवाली क्रान्तिलाई नयाँ पुस्ताले अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संसारका कुनै पनि देशले बिना कुनै सम्झौता क्युवाले जस्तै लामो समय संघर्ष नगरेको बताएका छन् । माग्युलले उनले क्युवाली क्रान्तिलाई विज्ञान र प्रविधि क्षेत्रमा पनि बिस्तार गर्नुपर्ने धारणा राखे । उनले आफ्नो सरकार सदैव क्युवाली जनताको पक्षमा रहने पनि बताए । उनले क्युवाली क्रान्तिमा पछिल्ला वर्षमा महत्वपूर्ण परिवर्तन भइरहेकोमा पनि जोड दिए ।
उनले अन्तर्राष्ट्रिय क्षेत्रसँग आफू सधैं संवादको लागि तयार रहने धारणा राखे । म्यागुलको पक्षमा कुल मतदाताको ९९.८३ प्रतिशत मत खसेको थियो । बिहीबार नै क्युवाली राजपरिषद्को लागि अरु ३१ जना सदस्यहरु पनि निर्वाचित गरेको थियो । बिहीबार राष्ट्रपति म्यागुलले मन्त्रीपरिषद् बिस्तारको कार्ययोजनालाई भने स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *