मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
- जेष्ठ १, २०८३
समाजवादी देश क्युवा र क्युवाली जनताले बिहीबार नयाँ राष्ट्रपति पाएका छन् । बिहीबार क्युवाली राष्ट्रिय सभाका सदस्यबीच भएको निर्वाचनबाट माग्युल मारिया डायज–कानल क्युवाको राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।
माग्युलको नेतृत्व क्युवाली समाजवादी क्रान्तिको विरासत नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने शिलशिला हो । आजको क्युवाली राजनीतिक नेतृत्वमा धेरै सङ्ख्यामा सन् १९५९ को क्रान्तिपश्चातका युवाहरु सक्रिय छन् । आज क्युवाली राष्ट्रिय सभा सदस्यहरुको औसत उमेर ४९ छ भने उनीहरुमध्ये ८० प्रतिशत क्रान्ति पछि जन्मेका छन् । अहिलेको राष्ट्रिय सभाका सदस्यमध्ये ५६ प्रतिशत पहिलो पटक त्यो पदमा पुगेका छन् । क्युवाली राजनीतिमा उदयीमान नयाँ पुस्ताको एक जना प्रतिनिधि माग्युल हुन् । उनी राष्ट्रप्रमुख पदमा निर्वाचित हुनुले क्युवाली क्रान्तिलाई अघि बढाउने जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण हुँदै गएको बुझ्न गाह«ो छैन । तर त्यसको अर्थ क्रान्तिमा लडेका पुस्ता सबै ओझेलमा परेको भने होइन । बिहीबारको निर्वाचनबाट प्रथम उपराष्ट्रपति पदमा साल्भाडोर भाल्डेस र उपराष्ट्रपति पदमा रामिरो भाल्डेस निर्वाचित भएका छन् । उनीहरु क्युवाली क्रान्तिका कमाण्डरहरु हुन् । यसबाट क्रान्तिमा संलग्न पुस्ता अभिभावकत्वको भूमिकामा रहने परम्परालाई क्युवाले निरन्तरता दिएको देखिन्छ ।
संसारभरका समाजवादी र क्रान्तिकारीहरुबीच क्युवाली समाजवादको रक्षा सधैंको चासो र चिन्ताको विषय बन्दै आएको छ । पछिल्ला वर्षहरुमा क्युवाले अघि सारेका केही आर्थिक नीतिका कारण क्युवाली समाजवादको भविष्यबारे धेरै कोणबाट बहस र छलफल हुने गरेका छन् । क्यास्ट्रो बन्धुको नेतृत्व सकिए लगत्तै क्युवाली समाजवाद कुन दिशामा जाने हो भन्ने प्रश्न त्यस्ता छलफलको केन्द्रीय विषय बन्ने गरेका छन् । तर आज राउल क्यास्ट्रोको उत्तराधिकारीको रुपमा ५७ वर्षका माग्युलको उदयले त्यस्ता सबै संशयलाई जवाफ दिएको छ । लामो समयदेखि क्युवाली कम्युनिष्ट पार्टी र क्युवा सरकारका विभिन्न जिम्मेवारीमा रही निरन्तर क्युवाली क्रान्तिलाई अघि बढाउन लागिपरेका माग्युलको नेतृत्वले क्युवाली क्रान्तिलाई नयाँ परिस्थितिमा अझ तेज गतिमा अघि बढाउने आशा गर्ने आधार धेरै छन् । उनले बिहीबार राष्ट्रपति पदमा निर्वाचित भए पछि दिएको मन्तव्यमा आफू फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोले अघि सारेको बाटोमा सधैं प्रतिबद्ध रहने बताए । त्यसले क्युवाली क्रान्तिको झण्डा अझ माथि जानेमा सबैलाई ढुक्क बनाएको छ ।
कतिपय विश्लेषकहरु संरा अमेरिकासँग क्युवाले कुटनीतिक सम्बन्धमा सुधार गर्नुलाई नै पूँजीवादी बाटोमा लागेको भन्ने आशयका विश्लेषण गर्दैछन् । ओबामा सरकारले क्यास्ट्रो सरकारसँग सम्बन्ध सुधार गर्न केही पाइला चालेको देखिए तापनि ट्रम्प सरकारको व्यवहार फेरि पनि अनुदार देखापरेको छ । साथै क्युवाले पनि आफूमाथिको नाकाबन्दीको पूर्ण अन्त्यको माग मात्र गरिरहेको छैन बरु ग्वान्टानामो टापुको विषयलाई अन्तर्राष्ट्रियकरण पनि गरिसकेको छ । ग्वान्टानामो टापुमा संरा अमेरिकी सैनिक आधार हटाई निशर्त क्युवालाई फर्काउन क्युवाली जनताका माग हो । संरा अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षमा आजको राजनीतिक नेतृत्व पनि सक्रिय रहेकोमा विवाद छैन । तसर्थ माग्युलको उदयलाई ‘क्यास्ट्रो युग’को अन्त्य भन्दै क्युवाली समाजवादले अन्तिम श्वास लिएको हेर्ने पूँजीवादी चाहना दिवास्वप्न मात्र हुनेछ । क्युवाली समाजवादको क्रान्तिकारी भावनाको निरन्तरता र समाजवादको विकासका लागि म्यागुल र उनको टोलीले सशक्त जिम्मेवारी बहन गर्नेमा विश्वभरका समाजवादी विचारका पक्षधर जनता आशावादी छन् । म्यागुललगायत क्युवाको नयाँ नेतृत्वप्रति हार्दिक शुभकामना ।
Leave a Reply