परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, २४ मङ्सिर । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सम्पन्न भयो । सोही क्रममा भक्तपुर नगरपालिकाको आयोजनामा ‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम आज भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिलाहरूलाई आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रूपले अगाडि बढाउन सकेमात्र व्यवहारमा समानता आउने बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्थाले राजनैतिक रूपमा महिलाहरूको सहभागितामा वृद्धि हुने उहाँले बताउनुभयो ।
राज्यले पछाडि परेका वर्ग र समुदायलाई शासन प्रणालीमा समावेश गर्न आरक्षणको व्यवस्था गरेको बताउँदै उहाँले आरक्षणको व्यवस्थाले प्रतिस्पर्धाको भावनामा कमी आउन सक्ने र योग्यहरू ओझेलमा पर्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा मात्र ५९ प्रतिशत छात्राहरू अध्ययनरत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नतिजामा पनि छात्राहरूको प्रदर्शन उत्कृष्ट रहेको बताउनुभयो ।
समाजवादी व्यवस्थामा महिलाहरूले व्यक्तित्व विकासमा समान अवसर पाउने बताउँदै उहाँले शिक्षामा अगाडि बढेको देशले छिटो विकास गर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउन थालिएको बताउँदै महिलाहरू सक्षम, आत्मनिर्भर र सचेत भए हिंसा न्यूनीकरण पनि हुने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले व्यक्तिगत जीवनलाई आवश्यकभन्दा पनि सार्वजनिक गर्न आवश्यक भएको बताउँदै सूचना र प्रविधिको गलत प्रयोगले ठुलो घटना घट्ने बताउनुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले लैङ्गिक हिंसाका कानुनी पक्षबारे प्रस्तुतीकरण दिनुभयो ।
आइटी इन्जिनियर नरेश खत्रीले प्रविधिमार्फत पनि विभिन्न हिंसा हुनसक्नेतर्फ सचेत पार्दै आईटीको प्रयोगबाट समाजमा पर्न सक्ने सकारात्मक र नकारात्मक प्रभावबारे जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैँया सुवाल, ७ नं. वडाका वडा सदस्य हेरा ख्याजु र कार्यपालिका सदस्य छोरीमैंया सुजखुले पनि बोल्नुभएको थियो ।
त्यसैगरी ‘लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान’ अन्तर्गत भक्तपुर नगरपालिका वडा नं. ७ वडा कार्यालयको आयोजनामा बुधबार सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भन्नुभयो, “आजको २१ औँ शताब्दीको युग विज्ञान र प्रविधिको हो । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालले हाम्रो दैनिक जीवन सहज सुविधायुक्त बनाएको छ । तर, यसको गलत प्रयोगले समाजमा साइवर हिंसा, लैङ्गिक हिंसा बढिरहेको हुँदा सही प्रयोग गर्नु जरूरी छ ।”
भक्तपुर नगरपालिकाको कार्यक्रम र गतिविधिबारे जानकारी दिँदै उपप्रमुख जोशीले नगरवासीले नियमितरूपमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको र आजको कार्यक्रम त्यसैको सिलसिला भएको बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले धार्मिक अन्धविश्वास त्यागेर व्यवहारिक जीवन जिउनुपर्ने बताउनुभयो ।
राजनीतिकरूपमा सचेत र सङ्गठित हुनु जरूरी भएको उहाँले बताउनुभयो ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ यस वर्षको नारा रहेको छ ।
कार्यक्रममा वडा सदस्यहरू हेरा ख्याजु र रञ्जना त्वातीले पनि बोल्नुभएको थियो ।
त्यस्तै भक्तपुर नगरपालिका–१० वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भन्नुभयो, “समाज र घर–घरमा सचेतना नफैलेसम्म सरकारको प्रयास मात्रले लैङ्गिक हिंसा अन्त्य हुँदैन । प्रत्येक नागरिकको सक्रियता समाजलाई सुरक्षित बनाउने आधार हो ।”
उहाँले सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको मुख्य कारणमध्ये लैंिङ्गक हिंसा पनि एक हो भन्नुभयो ।
वडा सदस्य तारादेवी शाक्यले शिक्षित र सचेत समाज निर्माण गर्न सके लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा स्वयम्सेविका रामलक्ष्मी अवाल र देव त्वानाबासुले पनि बोल्नुभएको थियो ।
Leave a Reply