कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २४ मङ्सिर । ख्वप कलेज अफ इन्जिनियरिङको दोस्रो कलेज सभा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार कलेजको सभाहलमा सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले जनताको निरन्तर साथ र सहयोगले विभिन्न चुनौतीहरूसँग सामना गर्दै अगाडि बढ्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले गरेको प्रगति गौरव गर्न लायक भएको बताउनुभयो ।
नाफाको लागि नभई जनताको सेवाको लागि नगरपालिकाले शैक्षिक संस्था र अस्पतालहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले तल्लो वर्गका जनतालाई शिक्षित र सुसंस्कृत बनाई समाजलाई बुद्धिजीवीकरण गर्ने भनपाको लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अग्रजहरूको भावना र सोचलाई आत्मसात गर्दै हिजोभन्दा अझ सक्रियरूपमा अगाडि बढ्नु जरुरी छ । विभिन्न जिल्ला, नगर तथा कार्यालयहरूमा पुग्दा ख्वपका विद्यार्थीहरू भेट हुने गरेको र उहाँहरूको कार्यकुशलता तथा सेवा उत्कृष्ट भएको जानकारी पाउँदा हामीलाई खुसी लाग्छ । देशभरबाट मात्र नभई मित्र देशका प्रतिनिधिहरू पनि भक्तपुर नगरपालिका तथा यहाँको शैक्षिक संस्थाहरूको अवलोकन भ्रमण गर्न आउँदा भक्तपुरले धेरै उदाहरणीय कार्य गरेको व्यक्त गर्छन् ।”
विद्यार्थीको रूचि र मागअनुसार कलेजले नयाँ नयाँ विषय अध्यापनको लागि कार्यक्रम थप गर्दै जाने बताउँदै प्रमुख प्रजापतिले कलेजको प्रगतिको लागि कलेज सभाका सम्पूर्ण सदस्यहरू, जनताको साथ र सहयोग रहने विश्वास दिलाउनुभयो ।
सभामा विशेष अतिथि वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले देश, कलेज तथा जनताको सम्पत्तिको सुरक्षाको लागि सबै सचेत र जिम्मेवार हुनुपर्ने औँल्याउनुभयो ।
देशको सम्पदा जोगाउने दायित्व प्राध्यापक, बुद्धिजीवी र विद्यार्थी सबैको भएको हुँदा उत्तिकै जिम्मेवार हुनुपर्ने र नयाँ पुस्तालाई पनि जिम्मेवार बन्न प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो ।
सभामा भक्तपुर नपाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने र २१ औँ शताब्दीको लागि योग्य नागरिक तयार गर्न कलेजले पु¥याएको योगदानको चर्चा गर्दै स्पष्ट सक्षम नेतृत्वले गर्दा नगरपालिकाद्वारा सञ्चालित संस्थाहरूले स्थायित्व पाएको चर्चा गर्नुभयो ।
सभामा कलेजका प्राचार्य ई. सुनिल दुवालले कलेजको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र आ. व. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासद्हरूले प्रस्तुत प्रतिवेदन तथा नीति तथा कार्यक्रममाथि टीकाटिप्पणी गर्नुभएको थियो । प्रतिवेदन, नीति तथा कार्यक्रम संशोधनसहित पारित गरिएको थियो ।
Leave a Reply