रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
सिरियाली सेना राजधानी दमास्कसको उत्तरी कालामौन क्षेत्रको पूर्वमा अवस्थित डुमार शहर पस्न थालेका छन् ।
सिरियाली सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको दृश्यअनुसार डुमार शहरका जनताले सिरियाली सेना र राष्ट्रपति बस्सार अल अस्सादको समर्थनमा नाराबाजी गर्दै सिरियाको राष्ट्रिय झण्डा फहराएका थिए ।
इलास्मिक विद्रोही लडाकुहरु र तिनका परिवारले डुमार शहर छोडेर गएसँगै सिरियाली सरकारले त्यहाँ नियन्त्रण जमाएको हो ।
रुसको मध्यस्थतामा सिरिया सरकार र विद्रोही पक्षबीच गरेको सहमतिअनुसार विद्रोहीहरुले त्यो शहर छोडेका हुन् । त्यसअघि सिरियाली सेनाको सञ्चारमाध्यमले गएको बिहीबार पहाडी कालामौन क्षेत्रको पूर्वी भागमा विद्रोहीले जमाउँदै आएको नियन्त्रण छोड्न इस्लामिक विद्रोही लडाकुहरु तयार भएको र त्यसैअनुसारको सम्झौता भएको सार्वजनिक भएको थियो ।
इस्लामिक विद्रोही लडाकु र अरु विद्रोहीहरुले आफूसँग भएका उच्च क्षमताका हतियार र सैनिक बन्दोबस्तीका सामानहरु सिरियाली सरकारी पक्षलाई शुक्रबार बुझाएको छ ।
प्राप्त खबरअनुसार अब क्रमशः विद्रोही नियन्त्रित क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिंदै जाने सिरिया सरकारको योजना छ । अब उत्तर पूर्वी इड्लिब र उत्तरी जाराब्लुस शहर सरकारी कब्जामा फिर्ता लिने योजना रहेको छ ।
सरकारी सञ्चारमाध्यम सानाका अनुसार डुमारबाट १५ सय र उनीहरुका ३५ सय परिवारका सदस्यहरु बाहिर गएका छन् । डुमार शहर र डुमा जिल्लामा विद्रोहीहरुको नियन्त्रण गुमेपछि सिरियामा विगत आठ वर्षदेखि चल्दै आएको अस्साद विरोधी विद्रोह लगभग अन्तिम चरणमा पुगेको विश्लेषकहरुको भनाई छ । सिरियाली विद्रोहीहरु मूलतः संरा अमेरिका, बेलायत, साउदी अरबआदि शक्ति देशहरुको आड प्राप्त छन् ।
Leave a Reply