काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन यतिबेला चर्चामा छन् । नेपाली काङ्ग्रेस ललितपुरको ३ नं. वडामा दुईपटक अध्यक्ष निर्वाचित भइसकेका चिरिबाबु महर्जन ३ दशकदेखि काङ्ग्रेसका तर्फबाट राजनीतिमा सक्रिय रहेका मान्छेको चर्चा त नौलो त होइन । चर्चा जनतालाई आश्वासन दिएका विषयमा काम गरेका कारण भने होइन । सबभन्दा बढी विदेश भ्रमण गर्ने स्थानीय तहका जनप्रतिनिधिको हिसाबमा ।
महर्जन बुधबार बेलुकी आठौं विदेश भ्रमणमा गएका छन् । यसपटक भने चीन भ्रमणमा निस्किएका हुन् चिरिबाबु । यसअघि उनले यसअघि वर्मा, श्रीलंका, कोरिया, थाइल्याण्ड, जापानलगायत देशको भ्रमण गरिसकेका छन् ।
विदेश भ्रमण गर्नु त्यति आपत्तिजनक भएन । प्रयोजनको हिसाबमा त्यस्ता गतिविधिको मूल्याड्ढन गर्नुपर्छ । विदेश भ्रमण गरी महानगरले के पायो, जनताले के पाए ? विदेश भ्रमणबाट महानगरवासीले केही पाएनन् । उल्टो जनताको काम ठप्प छन् ।
स्थानीय तहको निर्वाचन भएको १ वर्ष बित्नै लाग्दै छ । जनतालाई दिएका आश्वासनका पोका महानगरकै दराजमा कतै कुनामा होला । जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका कुनै काम गर्न सकेको छैन ।
महर्जनले विजयपश्चात ललितपुर महानगरपालिकाका सडकमा रहेको ट्राफिक जामको समस्या पूर्ण रुपमा हटाउने प्रतिवद्धता व्यक्त गरेका थिए । जाम हुने चोकमा फ्लाइ ओभर बनाइने बताए । तर कामको सुरुवात पनि भएको छैन । सवारी जामले भने नागरिक आजित छन् । जाममुक्त ललितपुरसमेत घोषणा गर्न पछि नपर्ने मेयर महर्जन अहिले जनतासँग भागिभागि त हिंडेका त होइनन् ? साथै उनले सरकारी विद्यालयअन्तर्गत रहेका शिशु कक्षा व्यवस्थित र निःशुल्क सञ्चालन गरिने बताए, जनता आश्वस्त भए, तर जनताको आशा निराशामा परिणत भएको छ ।
निर्वाचनमा अनेक सपना बाँड्ने, काममा सिन्को नभाँच्ने यस्ता पाखण्डीहरूलाई नागरिकले कहिले चिन्ने हो ? यसैमा नागरिकको भाविष्य अल्झिएको छ ।
–आकृति महर्जन, कुपण्डोल
Leave a Reply