अन्याय
- माघ ३, २०८२
म नेता होइन
मैले किन झूट बोल्नु
खेती किसानी जोत्दै जेनतेन पेट पालेकै छु
मैले किन झूटको खेती गर्नु ?
झूटको सपना बाँडेकै हो
आज आएर होइन किन भन्नु
ढाँट्न कति सक्नु तराजुमा जोख्नु
न्याय मरेको देश, न्यायाधीशलाई के सोध्नु !
चुनाव आँगनमै छ
सपनाको पोको लिएर आउँदै होला
झुक्याउनु झुक्यायौ नआउनु खबरदार छ
गल्तीले आँगनैमा पाइला टेक्ने कष्ट नगर्नु ।
अत्याचारको पनि सीमा हुन्छ
यति बिध्न, विधि दुराग्रह किन राख्नु
छोडेर एकदिन मर्नु नै पर्छ भनेर नजानु
आफ्नो काल, आफैले निम्त्याउनु हो भनी जानु ।
यो जुनी एक झमटको न हो
मरेर लानु यहाँ के नै छ र भनेर गुन्नु
बाँचुञ्जेल सेवा, भाव जयजयकार उन्नु
के ? पुस्तौँपुस्ता आफ्नै सन्ततिलाई गाली खुवाउनु !
Leave a Reply