अन्याय
- माघ ३, २०८२
परीक्षा सिकेका कुराको स्तर निर्धारण गर्ने मूल्याङ्कनको एउटा पातो हो । राम्रो परीक्षा दिनेको राम्रो मार्कसीट वा सर्टिफिकेट हुन्छ । तर, परीक्षा परीक्षाको रूपमा मात्र नभई जीवन्त सिकाइको रूप हुनुपर्छ । यसले परीक्षार्थी वा विद्यार्थीको स्तर मापन गर्नुको साथै गुणस्तरीयता समेत मापन गर्दछ । यस्तै कुराहरू सम्झाउँदै कविता आफ्नो छोरी परीक्षाका विशेषता र महत्वबारे प्रकाश पार्दै थिइन् । छोरीले पनि आफूले परीक्षा समयमा सबै विषय एकएक गरी पढ्दै गरेकी त थिए नि भनी आमाले कवितालाई जवाफ दिइन् । पढ्नु ठुलो कुरा भएन तर बुझेर पढ्नु, पढ्नका लागि मात्रै पढ्नु पनि वास्तविक पढाइ नहोला । पढ्नु त जीवनमा आफैमा एउटा सत्यको खोजी गर्नु वास्तविक जीवनभित्रको वास्तविकतालाई ग्रहण गर्नु हुनुपर्छ । यति मात्र नभई परीक्षामा विषयवस्तु परीक्षाको विशिष्टीकरण तालिका र प्रश्नावलीहरूको ढाँचालाई मध्यनजर गरी पढ्नु अनि सोहीअनुसार परीक्षामा सामेल भई प्रश्नअनुसारको उत्तरको मागबमोजिम लेखेको खण्डमा उच्च अङ्क हासिल गर्न र सफल विद्यार्थीको सूचीमा आफूलाई समाविष्ट गर्न सक्नु हो भनी कविता आफ्नी छोरी रीतिकालाई हृदयघाटक उपायहरूबारे थप उजागर गर्न प्रयत्न गरिरहेकी हुन्थिन् ।
आमाको भावविह्वल र चिन्तालाई अनुशरण गर्दै छोरी रीतिकाले हरेक विषयवस्तुलाई गहन रूपमा अध्ययन गरेकी हुन्थिन् । प्रत्येक विषयको परीक्षामा सोधिने प्रश्नहरूको ढाँचाहरूका साथै प्रत्येक पाठहरू मेहनत र लगनशील भई अध्ययन गर्ने र नोटहरू तयार गरी खुब मन लाएर आमाको मन वचनलाई अक्षरशः पालना गरेर अगाडि बढ्छिन् । नभन्दै कक्षा १० को एसईई परीक्षामा उनी चार जीपीएमा पास हुन्छिन् । निरन्तरको लगन र परिश्रमले एघार र बा¥ह पनि सफलतापूर्वक विशिस्ट श्रेणीमा उत्तीर्ण गर्छिन् र एमबीबीएस अध्ययन गरेर ठुलै विशेषज्ञ चिकित्सकका रूपमा उत्तीर्ण हुन्छिन् । त्यसपछि समाजका नागरिकहरूको असल व्यवहार र कर्मले डा. रीतिका सबैको प्यारो डाक्टर, समाजको वास्तविक डाक्टरका रूपमा ख्याति हासिल गर्न पुगिन् । सबैको स्नेह र मायाले डा. रीतिकाले आमालाई खुब सम्झिन्थिन् र भान्छामा खाना पकाइरहेकी आफ्नी आमालाई अङ्गालो हाली गहभरिको आँसु रोक्न नसकी आमालाई थ्याङ्क क्यु (Thank You) आमा भनी खाना खाएर फेरि काममा लागिन् ।
Leave a Reply