भर्खरै :

बेतालको बाजा

बेतालको बाजा

भक्तपुरको साँघुरो गल्लीहरूमा, न्याय आफैँ लरखराउँदै भेटियो
कसैले हातमा मागपत्र थमायो, कसैको क्रोधले उसको ताल बिगारिदियो ।
पीडितका आँखामा, अधिकारको चित्र अझै चम्किन्थ्यो,
ढोकामा घण्टीझैँ बजिरहने, धैर्यको आवाज दूर दूरसम्म सुन्थ्यो ।

माग ठिक्कै चन्द्रमा झैँ अटल, तर तरिका धुवाँ जस्तै
ताप र राप दिनुपर्ने दियो, आफैँ निसासिएको
असभ्य प्रदर्शनले, सभ्यताको मुहारमै माटो दले,
फेसबुकका नमिठा आलेखले, साँचो पीडा झन्झन् हराए ।

कलेज–स्कूलले गरिब घरका बालबालिकाको भविष्य बोकेको थियो,
तर अराजकताले आन्दोलनकै अर्थ फेरिदियो ।
न्याय फेरि उठेर हिँड्यो, छायाँ थोरै झुकेको ।
उसले भन्यो “माग त सुन्छु, तर तिमीहरूको तरिका अझै बुझिन्न” ।

माग हरेक समुदायको आशा हो तर तरिका गलत परे समाजकै लय भङ्ग हुन्छ ।
साँचो न्याय कडा आवाजले होइन स्पस्ट बिकेकले जन्मिन्छ
आवाज उठाऊ तर बुद्दिले, विरोध गर तर सम्मानले
जुत्ताले होइन संयम र सच्चाइको आवाजले मात्र न्याय टिक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *