कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, २७ मङ्सिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा ‘सहकारीमा युवाको भूमिका’ विषयमा अन्तरक्रिया तथा राय सुझाव सङ्कलन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले न्यून आय भएका जनतालाई सानो उद्यम सुरू गर्न आवश्यक सीप प्रदान गरी उनीहरूमाझ आर्थिक अवसरहरू सिर्जना गर्नु सहकारी संस्थाहरूको मूल उद्देश्य हुनुपर्ने धारणा राख्नुभयो ।
युवा उमेरले नभई शैक्षिक, बौद्धिक, विवेक र सांस्कृतिक स्तरले निर्धारण हुने चर्चा गर्दै उहाँले युवाले सामूहिक पहलमा स्वस्थ प्रतिस्पर्धा गरी उद्यम विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो, “गलतलाई गलत भन्नु, गलत कार्यको विरोध गर्नु र जनताको सेवा गर्नु राजनीति हो । भदौ २३ र २४ गते भएको भौतिक र मानवीय क्षति हुनुमा युवामा राजनीतिक ज्ञान र सामाजिक भावनाको कमी हुनु हो ।”
कार्यक्रममा संस्थाका अध्यक्ष रूद्रनारायण लाखाले संस्थाका युवाहरूको आर्थिक, सामाजिक विकासका निम्ति संस्थाबाट गर्न सक्ने कार्यको पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका सभापति, उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णुराम दुमरू, संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply