भर्खरै :

चाँगुनारायणमा महिला भेला

चाँगुनारायणमा महिला भेला

भक्तपुर, २७ मङ्सिर । नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा नगरस्तरीय महिला भेला शनिबार भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले समाजमा रहेका अन्धविश्वास, जातभात, भूतप्रेत, धामी–झाक्री, बोक्सी, छुवाछुत, जातिभेद, लिङ्गभेद, सामाजिक भेदजस्ता रूढीवादी कुरीति, कुसंस्कार र सामन्ती संस्कारबाट टाढा रही वैज्ञानिक र प्रगतिशील विचारतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विश्वको इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, पार्टी विधान र कार्यक्रम अध्ययन गरी कार्यकर्ताहरू योग्य र व्यवहारिक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “महिलाको विद्यमान समस्याको समाधान पुँजीवादी व्यवस्थाले गर्न नसकिने र समाजवादी व्यवस्थाले मात्र गर्न सकिने भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि महिलाहरू सचेत, सङ्गठित र सङ्घर्षशील भई समाजवादी गणतन्त्र प्रचार अभियानमा लाग्नु जरूरी छ ।
नेक्रामहिला सङ्घ, जिल्ला समिति भक्तपुरका अनिता जधारीले एमसीसी परियोजना देश र जनताको हितमा नभएको हुँदा नेमकिपालगायत नेक्रामहिला सङ्घले सडक र संसद्मा सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिका उपाध्यक्ष गीता काफ्लेको सभापतित्वमा भएको उक्त कार्यक्रममा कमला भारती गिरीले भूमिसुधार कार्यक्रमलाई नेमकिपाले भाग लिएकै कारण भक्तपुरका किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *