कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, २७ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार ‘भेनेजुयला हिजो आज’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले भेनेजुयलाको सरकारमा रहेको समाजवादी पार्टी र कम्युनिस्ट पार्टीले सिद्धान्तअनुसार देश र कामदार वर्गका जनताको हितमा काम गरिरहेको तर नेपालमा सरकारमा गएका तथाकथित कम्युनिस्ट पार्टीहरूले विदेशी एकाधिकार पुँजी र साम्राज्यवादीहरूको हितमा काम गरेको बताउनुभयो ।
उहाँले नेपालका कम्युनिस्ट पार्टी नामधारी पार्टीहरूले सिद्धान्त र विचारको राजनीति नगरी पुँजीवादी राजनीति गर्दा देश भ्रष्टाचारको दलदलमा फसेको र विदेशी हस्तक्षेप बढेको प्रस्ट पार्नुभयो ।
उहाँले क्रान्तिकारी र देशभक्तिपूर्ण विचार देशव्यापी जनतामाझ प्रचारप्रसार गर्न नसकेसम्म देशमा अवसरवादी राजनीति भइरहने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष प्रकाश थुसाले भेनेजुयलाका राष्ट्रपतिहरू ह्युगो चाभेज र निकोलस मादुरोको नेतृत्वमा अगाडि बढिरहेको बोलिभारियाली क्रान्तिलाई अन्त गर्न र पेट्रोलियम र सुनजस्ता त्यस देशका बहुमूल्य प्राकृतिक स्रोतसाधन पुनः आफ्नो कब्जामा लिन संरा अमेरिकाले अन्तिम अस्त्रको रूपमा सैनिक हमला गर्न लागेको बताउनुभयो ।
भेनेजुयलामा मुक्तिदाता सिमोन बोलिभार, चे ग्वेभारा, ह्युगो चाभेजजस्ता नेताहरूको शिक्षाले प्रशिक्षित नागरिकहरूको बहुमत रहेको हुनाले साम्राज्यवादी र दक्षिणपन्थीहरूले जित्न नसक्ने बताउनुभयो ।
नेक्रायुसङ्घ भजिसका सहसंयोजक ए.एस.को सभापतित्वमा भएको कार्यक्रममा समितिका मुना बासुकला, सुतेज दुवाल, सङ्गीता नेपालीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply