भर्खरै :

शक्तिखोरमा अध्ययन गोष्ठी

शक्तिखोरमा अध्ययन गोष्ठी

शक्तिखोर, २८ मङ्सिर । नेपाल मजदुर किसान पार्टीको विधान (संशोधनसहित) २०४७ को अध्ययन गोष्ठी कार्यक्रम शनिबार कालिका नपाको शक्तिखोरमा सम्पन्न भयो ।
विविध भाषा साहित्यिक समाज, चितवनको आयोजनामा भएको सो कार्यक्रममा नेमकिपा जिल्ला समिति, चितवनका अध्यक्ष हरिप्रसाद दुवालले हरेक पार्टीको आफ्नो सिद्धान्त, विचार र वर्ग हुन्छ, त्यसलाई विधिअनुसार सञ्चालन गर्न विधानको व्यवस्था गरिएको हुन्छ भन्नुभयो ।
उहाँले नेमकिपा मजदुर किसान र कामदारवर्गको पार्टी भएकोले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गरेको स्पष्ट पार्नुुभयो ।
नेपाली माटो सुहाउँदो जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्न नेमकिपा स्थापनाकालदेखि नै सङ्घर्षरत रहेको उहाँले बताउनुभयो । उहाँले नयाँ पुस्तालाई राजनैतिक रूपमा सचेत र सङ्गठित पार्ने जिम्मेवारी नेमकिपा र यसका नेता कार्यकर्ताको काँधमा रहेकोले सदा सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका संयोजक विष्णु शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोहनबहादुर चेपाङ, ज्ञानेन्द्र प्रजा, दिपेश चेपाङ, मोनिका चेपाङलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *