भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- माघ ३, २०८२
टेबलटेनिस प्रतियोगिता
भक्तपुर, २८ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बेखाल टेबलटेनिस कभर्ड हलमा भइरहेको टेबलटेनिस प्रतियोगिताको दोस्रो दिन टीम त्ेन्टका सम्पूर्ण खेल सम्पन्न भएको छ । छात्र टीम त्ेन्टमा लनर्स एकेडेमी पहिलो, प्रोक्सिमा इन्टरनेसनल एकेडेमी दोस्रो तथा प्रभात इङ्गलिस से.स्कूल र द राइजिङ्ग इङ्गलिस से.स्कूल संयुक्त रूपमा तेस्रो हुन सफल भए । छात्रा टीम त्ेन्टमा प्रभात इङ्गलिस से.स्कूल पहिलो, लनर्स एकेडेमी दोस्रो तथा प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र जेन्युइन इङ्गलिस से.स्कूल संयुक्त रूपमा तेस्रो हुन सफल भए ।
छात्र डबलमा प्रभात इ.से.स्कूल र द राइजिङ इ.से.स्कूल फाइनलमा प्रवेश गर्न सफल भए भने प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र लनर्स एकेडेमी संयुक्त रूपमा तेस्रो हुन सफल भए । त्यसैगरी छात्रा डबलमा प्रभात इ.से.स्कूलका दुबै खेलाडी फाइनलमा प्रवेश गर्न सफल भए भने प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र लनर्स एकेडेमी संयुक्त रूपमा तेस्रो हुन सफल भए ।
छात्र १६ वर्षमुनिमा लनर्स एकेडेमीले फाइनलमा स्थान पक्का ग¥यो भने लनर्स एकेडेमी तेस्रो भयो । फाइनलको लागि सोमबार प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र प्रभात इ.से.स्कूलबिच प्रतिस्पर्धा हुनेछ । छात्रा १६ वर्षमुनिमा प्रभात इ.से.स्कूलका दुबै खेलाडी फाइनलमा प्रवेश गर्न सफल भए भने लनर्स एकेडेमीका दुबै खेलाडी तेस्रो भए ।
छात्र १२ वर्षमुनिमा जेन्युइन इ.से.स्कूल र प्रभात इ.से.स्कूल फाइनलमा प्रवेश हुन सफल भयो भने जेन्युइन इ.से.स्कूल र एभरेस्ट इ.से.स्कूल संयुक्त रूपमा तेस्रो हुन सफल भए । छात्रा १२ वर्षमुनिमा प्रभात इ.से.स्कूलका दुबै खेलाडी फाइनलमा प्रवेश हुन सफल भए भने प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र जेन्युइन इ.से.स्कूल संयुक्त रूपमा तेस्रो हुन सफल भए ।
सोमबार कक्षा १२ सम्मका खेलाडीहरूको प्रतिस्पर्धा हुनेछन् भने छात्र÷छात्रा डबल, छात्र÷छात्रा १६ वर्ष र १२ वर्षमुनिको फाइनल खेल सम्पन्न गरी सम्पूर्ण विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाण–पत्र वितरण कार्यक्रम गरिनेछ ।
कबड्डीको नतिजा
अन्तरनगर विद्यालय कबड्डी प्रतियोगिताको सेमिफाइनलमा छात्रातर्फ पारागन एकेडेमीले रोम्बसलाई २१ का विरुद्ध ४०, वागीश्वरीले ख्वप माविलाई २५ का विरुद्ध ४१ अङ्कले जीत हासिल गर्यो ।
सेमिफाइनलमा छात्रतर्फ भने मिनर्वा इ. स्कूलले रोम्बस स्कूललाई १० का विरुद्ध ५५, मोर्डन स्कूलले वागीश्वरी माविलाई १५ का विरुद्ध ५३ अङ्कले जीत हासिल गर्यो । क्वाटर फाइनल छात्रातर्फ भने पारागन एकेडेमीले साइनिङ स्कूललाई ३५ का विरुद्ध ४३ अङ्कले जीत हासिल गर्यो ।
जिम्नास्टिक खेलको नतिजा
जिम्नास्टिकको सिनियर गल्र्स भल्टतर्फ ख्वप्रिङ इ. स्कूल प्रथम, एभरेस्ट इ.स्कूल दोस्रो र एभरेस्ट इ. स्कूल तेस्रो हुन सफल भए ।
सिनियर गल्र्स फ्लोरअन्तर्गत ख्वप्रिङ इ. स्कूल प्रथम, एभरेस्ट इ. स्कूल दोस्रो र एभरेस्ट इ. स्कूल तेस्रो हुन सफल भए । अल राउन्डर सिनियर गल्र्सअन्तर्गत ख्वप्रिङ इ. स्कूल प्रथम, एभरेस्ट इ. स्कूल दोस्रो र एभरेष्ट इ. स्कूल तेस्रो हुन सफल भए ।
सिनियर ब्वाइज फ्लोरमा भने वागीश्वरी मावि प्रथम, ख्वप्रिङ स्कूल दोस्रो र लनर्स एकेडेमी तेस्रो हुन सफल भए ।
सिनियर ब्वाइज भल्टतर्फ वागीश्वरी मावि प्रथम, ख्वप्रिङ एकेडेमी दोस्रो र एभरेस्ट इ. स्कूल तेस्रो हुन सफल भए । अल राउन्डर ब्वाइजतर्फ वागीश्वरी मावि प्रथम, ख्वप्रिङ इ. स्कूल दोस्रो र एभरेस्ट इ. स्कूल तेस्रो हुन सफल भए ।
Leave a Reply