इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
भक्तपुर, २९ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १८ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त, पारदर्शी र इमानदारीपूर्वक जनताको सेवा गर्ने संस्थाको रूपमा पहिचान कायम गर्न सफल भएको बताउनुभयो ।
आर्थिक कारोबार हुने संस्थामा आर्थिक अनियमितता हुनसक्ने हुँदा सजगकता अपनाएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले सहकारी संस्थाले सदस्यहरूको बौद्धिक र राजनीतिक स्तर उकास्ने गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाको नीति कार्यान्वयन गर्ने विषयमा कर्मचारीहरू चनाखो हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले नगरपालिका जनताको समस्या समाधानको लागि सहजीकरण गर्ने संस्था भएको बताउनुभयो ।
समाजवादी देशमा सहकारी संस्थाहरूले बचत तथा कारोबारमा मात्र सीमित नरही उत्पादनमूलक काम पनि गरिरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले सरकारले नै सहकारी संस्थालाई लगानी गर्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।
कर्मचारीहरू इमानदार भएमात्र संस्था राम्रो हुने उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई देशको समसामयिक राजनीतिक घटनाक्रमबारे सचेत पार्न नसक्दा देशका महत्वपूर्ण सम्पदाहरू क्षणभरमै ध्वस्त भएको बताउनुभयो ।
राजनीतिलाई कमाइ खाने भाडो बनाउँदा र भ्रष्टाचारलाई बढावा दिँदा शासकहरू बदनाम छन् भन्दै उहाँले देश खरानी पारेर खरानीको व्यापार गर्नेहरूले गर्दा देश आर्थिक र राजनीतिक रूपमा पछाडि पर्दै गएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सहकारी संस्थाहरू बचत तथा ऋणमा मात्र सीमित हुन नहुने बताउँदै नगरपालिकाका गतिविधिहरूबारे कर्मचारीहरू जानकारी र सुसूचित हुनुपर्छ भन्नुभयो ।
उहाँले कर्मचारीहरूले आफूलाई समयसापेक्ष ढङ्गले योग्य बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिँदै भक्तपुर श्रमिक साकोसले नपाका कर्मचारीहरूको हकहितमा सेवा सुविधा ल्याउनुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुरका समुदायमा आधारित सहकारी संस्थाले रसायनिक मल वितरण, आदर निकेतन सञ्चालन, शिक्षा र स्वास्थ्य शिविर, सीपमूलक तालिम, भूगोल अध्ययनजस्ता गतिविधि सञ्चालन गरिरहेको बताउँदै नपाभित्र सञ्चालित सहकारी संस्थाको कडा अनुगमनमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरूले आर्थिक लाभको लागि मात्र काम ग¥यो भने सामूहिक र संस्थागत हितमा काम गर्नेहरूको कमी हुने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सदस्य राजकुमार लघुले सङ्घअन्तर्गत रहेका २०३ वटा सहकारीहरूलाई अझ राम्रो बनाउन सक्दो प्रयास गरिरहेको बताउँदै सहकारी संस्थाबाट लिएको ऋणको उचित सदुपयोग भएको छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्छ भन्नुभयो ।
संस्थाका अध्यक्ष दिलकृष्ण माकले जनप्रतिनिधिमूलक स्थानीय तह र सोअन्तर्गतका कर्मचारीहरूको सामूहिक प्रयासबाट सञ्चालित भक्तपुर श्रमिक साकोसले न्यून आयस्रोत भएका कर्मचारी सदस्यहरूलाई सेवा सुविधा प्रदान गर्दै आएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष पुण्यराम लाखा र संस्थाका व्यवस्थापक रामसुन्दर सुजखुले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रस्तुत लेखा सुपरिवेक्षण समितिका संयोजक दिव्यलक्ष्मी बज्राचार्यले लेखा सुपरिवेक्षण समितिको तर्फबाट आ.व. २०८१/८२ को प्रतिवेदन, सचिव दिलिपकुमार सुवालले आ.व. २०८१/८२ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष भरत अवालले आयव्यय विवरण प्रस्तुत गर्नुभयो । आ.व. २०८२/८३ को बजेट तथा भावी कार्यक्रम साधारणसभाबाट पारित गरिएको थियो ।
Leave a Reply