हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, १ पुस (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १६ को दिन दिउँसो पेइचिङमा आफ्नो हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी प्रमुख ली च्याछाओसँग भेट–वार्ता गर्दै हङकङको वर्तमान अवस्था र विशेष प्रशासनिक क्षेत्र सरकारको कार्यप्रतिवेदन सुन्नुभएको छ ।
राष्ट्राध्यक्ष सीका अनुसार, एक वर्षमा प्रमुख कार्यकारी ली च्याछाओको नेतृत्वमा विशेष प्रशासनिक क्षेत्र सरकारले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास चासोको दृढतापूर्वक रक्षा गरेको, हङकङको आठौँ विधान परिषद्को चुनाव सफलतापूर्वक गरेको, स्थिरताका साथ आर्थिक वृद्धि हासिल गरेको छ, जसबाट हङकङले समृद्धितर्फ नयाँ पाइला चालेको छ । केन्द्र सरकारले प्रमुख कार्यकारी ली च्याछाओ र विशेष प्रशासनिक क्षेत्र सरकारको कामलाई पूर्ण रूपमा सक्रिय मूल्याङ्कन गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको चौथो पूर्ण अधिवेशनले १५ औँ पञ्चवर्षीय योजना अवधिमा चीनको आर्थिक र सामाजिक विकासका लागि रणनीतिक योजना बनाएको छ, जसले ‘एक देश, दुई व्यवस्था’, ‘हङकङका जनताले हङकङको प्रशासन गर्ने’ र उच्च स्वायत्तताका सिद्धान्तलाई दृढतापूर्वक लागू गर्ने र हङकङको दीर्घकालीन समृद्धि र स्थिरतालाई बढाउने कुरामा जोड दिएको छ । विशेष प्रशासनिक क्षेत्र सरकारले राष्ट्रिय ‘१५ औँ पञ्चवर्षीय योजना’ सँग जोडेर देशको समग्र विकासमा अझ राम्रो एकीकृत र सेवा गर्नुपर्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो ।
त्यस्तै चिनियाँ राष्ट्राध्यक्ष सीले डिसेम्बर १६ मा अपराह्न पेइचिङमा आउनुभएका मकाउ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक छन हाओवेइसँग भेट गरेर मकाउको वर्तमान परिस्थिति र विशेष प्रशासनिक क्षेत्रीय सरकारको कामबारे प्रस्तुत गर्नुभएको कार्य प्रतिवेदन सुन्नुभएको छ ।
सो अवसरमा राष्ट्राध्यक्ष सीले मकाउको कामबारे चर्चा गर्दै भन्नुभयो, “मुख्य प्रशासक छनले पद सम्हालेको एक वर्षमा, नयाँ कार्यकालको विशेष प्रशासनिक क्षेत्रीय सरकारको नेतृत्व गर्दै अग्रसर, व्यावहारिक र सफल भएकोले, राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास तथा हितको दृढतापूर्वक संरक्षण गर्नुभएको छ । मकाउको आठौँ विधान सभा चुनाव सफलतापूर्वक सम्पन्न भयो, सार्वजनिक प्रशासन सुधारलाई अघि बढाउनुभयो । क्वाङतोङ–हङकङ–मकाउ बृहत् खाडी क्षेत्रको निर्माणमा सक्रिय रूपमा भाग लिनुभएको छ । सबै कार्यक्षेत्रमा नयाँ प्रगतिहरू भएका छन् । केन्द्रीय सरकारले प्रमुख प्रशासक छन हाओवेइ र विशेष प्रशासनिक क्षेत्र सरकारको कामको पूर्ण मान्यता दिएको छ ।”
नेता सीले अगाडि भन्नुभयो, ‘चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनले ‘पन्धौँ पञ्चवर्षीय योजना’ अवधिमा राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको रणनीतिक रूपरेखा बनाएको छ । मकाउ विशेष प्रशासनिक क्षेत्रीय सरकारले राष्ट्रिय ‘पन्धौँ पञ्चवर्षीय योजनाहरू’ सँग सक्रिय रूपमा समन्वय गर्नुपर्छ, प्रशासनिक नेतृत्व कायम राख्न र सुधार गर्नुपर्छ, आर्थिक उपयुक्त बहुआयामिक विकासलाई ठोस रूपमा अघि बढाउनुपर्छ र शासन क्षमता निरन्तर बढाउनुपर्छ । देशको विकासको ठुलो योजनामा राम्रोसँग समावेश र सेवा दिनुपर्छ ।”
Leave a Reply