क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
गृहमन्त्री माक्लाकोभ चरमपन्थी प्रक्रियावाद थिए । उनी निरङ्कुश जारशाहीका कट्टर रक्षक थिए । ओज्र्योकी जिल्लामा पुलिसले हात पारेको सफलताबारे उनले राजा निकोलस द्वितीयलाई बताइहाले । नोभेम्बर ५को ‘अति विनम्र’ रिपोर्ट आवश्यक अधिकार प्राप्त गर्ने उद्देश्यले हामी पक्राउ पर्नुअघि लेखिएको थियो । रिपोर्टमा माक्लाकोभले लेखे ः
“रूसी सामाजिक जनवादी मजदुर पार्टी वर्तमान शासन व्यवस्था अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ रूसी साम्राज्यमा क्रियाशील छ । युद्ध आरम्भ भएसँगै यसले तुरून्तै युद्ध अन्त्य गर्नुपर्ने विचारको प्रचारप्रसार गर्दै छ । उसले यसको स्पष्ट कारण पनि खुलाएको छ । युद्धमा विजयी भएको खण्डमा निरङ्कुशतन्त्र अझ कठोर बन्ने र यसैकारण पार्टीको लक्ष्य हासिल गर्नमा ढिलाइ हुने उसले प्रचार गर्दै छ ।
सामाजिक जनवादी समूहमा आबद्ध चौथो राज्य ड्युमाका सदस्यहरू यी विचारको प्रचारमा सक्रिय छन् । यो समूहले पार्टीको आपराधिक गतिविधिलाई निर्देशन दिने र बाटो देखाउने गर्छ । सामाजिक जनवादी सांसदहरूको विध्वंसक प्रभावको सबैभन्दा ज्वलन्त उदाहरण गत वर्ष उनीहरूकै संलग्नतामा भएको सडक उपद्रो र विशाल हडताल आन्दोलन हुन् । दुर्भाग्य, उनीहरूलाई कठघरामा उभ्याउनका लागि तिनका गतिविधिको प्रमाण फेला पार्न असम्भव देखिँदै आएको छ ।
अन्त्यमा गुप्तचर निकायले क्रान्तिकारी समूहहरूलाई लगातार निगरानीमा राख्यो र सामाजिक जनवादी सांसदहरूले एउटा बैठक डाकेको सूचना पायो । युद्धविरोधी गतिविधि गर्ने र रूसको राजसंस्था उखेल्ने कार्यक्रम तयार पार्न चर्चित सामाजिक जनवादीहरू त्यो बैठकमा उपस्थित हुँदै थिए ।
नोभेम्बर ४ मा सेन्ट पिटर्सबर्ग जिल्लाबाट १२ भेत्र्स पर एउटा निजी आवासमा गुप्तचरहरूले चौथो संसद्का सामाजिक जनवादी समूहका सदस्यहरू पेत्रोभ्स्की, बादायेभ, मुरानोभ, शागोभ र सोमाइलोभलाई बैठकमा उपस्थित पाए । बैठकमा साम्राज्यका विभिन्न भेगका ६ जना पार्टी प्रतिनिधि पनि थिए । प्रहरीले बैठकको उद्देश्य के हो भनेर सोध्दा उनीहरूले घरमुलीहरूको विवाहको आठौँ वार्षिकोत्सव मनाउनु हो भने । तर, त्यहाँ कुरा झूटो थियो भन्ने कुरा केही समयपछि घटनास्थलमा आएका लोग्नेको भनाइबाट पुष्टि भयो ।
सहभागीहरूको खानतलासीबाट निम्न सामग्री फेला परेका छन् – विदेशी क्रान्तिकारी पत्रिका ‘सोसियल–डेमोक्र्याट’ का अनेक प्रति, युद्धका सम्बन्धमा बसेको बैठकको एजेन्डा, ३२ वटा क्रान्तिकारी पर्चा, पार्टीका टिपोट र चिठीपत्र । अझ सबैभन्दा महत्वपूर्ण त सांसद बादायेभसँग विद्यार्थीहरूलाई क्रान्तिकारी सङ्घर्षमा सहभागी हुन आह्वान गरिएको आपराधिक अपिल रहेको भेटियो । साथै, उनीबाट छद्म नामको पासपोर्ट पनि बरामद भयो ।
सम्पूर्ण प्रमाणहरू न्यायिक अधिकारीहरूलाई बुझाइएको छ । संसद् सदस्यहरूसहित यो आपराधिक बैठकमा सहभागी सबैलाई मुद्दा चलाउन न्यायिक अधिकारीहरूले प्रारम्भिक छानबिन गर्दै छन् ।
महाराजाधिराजको जुनाफमा यो रिपोर्ट पेस गर्नुलाई म आफ्नो विनम्र कर्तव्य ठान्छु ।
गृहमन्त्री माक्लाकोभ ।”
यति त मान्नैपछि आफ्नो गुप्त प्रहरीको प्रभावशाली मद्दतले रिपोर्टमा माक्लाकोभले बोल्शेभिक समूहका क्रियाकलापको सटिक वर्णन गरे । समूहले लामो समयदेखि कडा गोप्यता कायम गरेको र प्रहरीले कारबाही चलाउन कुनै तथ्य फेला पार्न नसकेको तथ्य उनले नचाहेरै भए पनि स्वीकार्न कर लाग्यो । रिपोर्टमा उनी अन्ततः सांसदहरूलाई रातै हात समाएकोमा हर्षबढाइँ गर्छन् ।
जार निकोलसको आशीर्वादले सरकारले मुद्दा चलाउने नाटक अघि बढायो । त्यसले कम्तीमा ‘कठोर श्रम’ को सजाय दिने निश्चित थियो । बडाराष्ट्र अहङकारवादको उन्मादले देशलाई सर्लक्कै ढाकेको थियो । युद्धको पहिलो महिनादेखि नै यो उन्माद बढ्दै गएको थियो । यसकारण, सरकारले जनमतलाई सजिलै हातमा लिन सक्यो । जनमानसमा ‘रूसको सैन्यशक्ति’ विरूद्ध भयानक षड्यन्त्र पत्ता लागेको छाप पार्न सरकारी अखबार ‘प्राभितेल्स्त्वेनी भियत्निक’ (सरकार सन्देश) मा शब्दजाल बुनियो । सरकारी घोषणा यस्तो थियो :
“युद्धको आरम्भदेखि नै पितृभूमिको एकता अखण्ड राख्नुपर्नेमा सचेत रूसी जनताले सरकारका युद्धकालीन प्रयासमा उत्साहपूर्वक समर्थन जनाउँदै आएका छन् । तथापि, सामाजिक जनवादी समूहका सदस्यहरूले एकदम फरक रवैया अपनाए र भूमिगत क्रियाकलाप र प्रचारबाजी गर्दै रूसको सैन्य शक्ति खुकुलो पार्न आफ्नो सारा सामथ्र्य लगाए । यो अक्टोबरमा सरकारले वर्तमान सत्ताविरूद्ध प्रत्यक्ष प्रहार गर्ने र आफ्नो राजद्रोही समाजवादी अभियान पूरा गर्ने विषयमा छलफल गर्न सामाजिक जनवादी सङ्गठनका प्रतिनिधिहरूले गोप्य भेला गर्ने सूचना पायो ।”
यसपछि अखबारमा ओज्र्योकी काण्डको विस्तृत वर्णन थियो । अखबारले लेख्यो, “बैठकको राजद्रोही अभीष्टमा कुनै शङ्का थिएन त्यसकारण त्यहाँ भेटिएका व्यक्तिहरूलाई पक्राउ गरियो । तर, संसद् सदस्यहरूलाई छोडियो ।”
हामी ‘पाँच बोल्शेभिक’ लाई पहिल्यै एकान्त कालकोठरीमा थुनिसकिएको भए पनि ‘सरकार सन्देश’ ले अनुसन्धान अधिकृतले भेलामा उपस्थित सबै सहभागीलाई ‘हिरासत’ मा राख्ने निर्णय गरेको लेख्यो । यसरी उसले पाठकलाई भ्रममा राख्न सावधानी अपनायो ।
खासमा जनताको नाडी छाम्न यो चङ्ख घोषणा गरिएको थियो । स्थितिको हलुका सङ्केत मात्र थियो घोषणामा ।
प्रतिक्रियावादी प्रेसले सरकारको निर्देशन पायो र तत्कालै हाम्रो समूहमाथि हमला सुरू ग¥यो । ‘रूसकोय ज्नाम्या’ को भाषा कडा थियो । उसले लेख्यो, “हामी औपचारिक कार्यक्रममा हाम्रा शत्रुहरूसँग सँगै उभिनु पनि हुँदैन । यो देशमा शान्ति पुनस्र्थापित गर्नु छ भने एउटै उपाय हो फाँसीको पासो ।” यो अपिल आएपछि अन्य रक्तपिपासु प्रतिक्रियावादी पत्रपत्रिकाले समेत लहरै समर्थन गर्न थाले । उदारवादी पत्रपत्रिका तैँचुपमैचुप भए । त्यो बेला मजदुरहरूका पत्रपत्रिका छैन बराबर थिए ।
मैदान तयार पारेपछि सरकारले नोभेम्बर १५ को दिन हाम्रो समूहलाई पक्राउ गरेको घोषणा ग¥यो । सरकारको यो दोस्रो घोषणा यस्तो थियो :
रूसका विभिन्न भागबाट आएका व्यक्तिहरू र संसद्का केही सदस्य संलग्न पेत्रोग्रादनजिकै भएको भेलाका सम्बन्धमा प्रारम्भिक छानबिन गर्दा भेलामा यस्तो निर्णयबारे छलफल भएको पाइयो – “निरङ्कुश जारशाही र उसको सेना पराजित हुनु कम खराब हुनेछ’ । साथै, भेलामा ‘सेनाभित्र समाजवादी क्रान्तिकारी प्रचारप्रसारलाई सकेसम्म तीव्र पार्ने’ र ‘सेनाभित्र गैरकानुनी समितिहरू निर्माण गर्ने’ नारा घन्काएको पाइयो । संलग्न सबै व्यक्तिलाई गिरफ्तार गरिएको छ ।”
यसले संसद्मा कस्तो तरङ्ग ल्यायो त ? हाम्रो निवेदन बुझेपछि रोद्जान्कोले ‘आफूले सक्ने सबथोक गर्ने’ वचन दिए । अन्य समूहका कतिपय सांसदहरूले विरोध गर्नुपर्ने बताए । तर, तिनको विरोध झूटो थियो । सदनको बहुमतले सरकारलाई पूर्ण समर्थन गथ्र्यो । ओठे विरोध गर्नुको कारण अर्कै थियो । सरकारको पछिल्लो भड्काउपूर्ण कारबाहीको जवाफमा मजदुरहरूले अर्को क्रान्तिकारी उभार ल्याउने डरले उनीहरूले त्यो ओठे विरोध जनाएका थिए ।
त्यो बेला संसद्को बैठक थिएन । यसकारण, विरोधले सदाझैँ सरकारसँग सिधा प्रश्नोत्तरको रूप लिन सकेन । त्यसैले चखाइद्जेको पहलमा त्रुदोभिकका करेन्स्की, प्रगतिशील पार्टीका एफ्रिमोभ र क्याडेटका मिल्युकोभले एक संसदीय समितिको बैठकमा प्रश्न उठाए । घाइते र बिरामीहरूको उपचारमा सघाउन सभामुखको कार्यकक्षमा यो समितिको बैठक बस्थ्यो ।
नोभेम्बर ६ मा बिहानपख त्यो समितिमा हामीलाई ओज्योर्कीमा तलासी गरिएको र हिरासतमा लिइएको विषयमा छलफल भयो । त्यो बेलासम्म हाम्रो समूह पक्राउ परेको खबर संसद्ले पाइसकेको थिएन । बैठकमा उपस्थित सांसदहरूले खुलमखुला देशमा क्रान्तिकारी विस्फोट हुनसक्ने सन्त्रासको चर्चा गरे । अक्टोबरवादीहरूको चरित्र नै यही थियो । गोदन्येभ, ओपोचिनी र लुत्जले प्रहरी कारबाहीको विरोध गर्नुपर्ने कुरा राखे । मजदुरहरूका सांसदहरूमाथि हमला गर्दा जनता र सेनाको पछिल्तिर भाँडभैलो मच्चिने उद्घोष गरे । उनीहरूले विशुद्ध देशभक्तिको तर्क राख्दै सरकारको भडकाउपूर्ण कार्यको निन्दा गरे ।
छलफलको परिणामस्वरूप रोद्जान्कोले प्रधानमन्त्री गोरेमिकिनलाई विरोधपत्र पठाए । संसद्का बहुमत सांसदको ढोङ पत्रको भावबाट प्रतिबिम्बित भयो । त्यो पत्र उनले नोभेम्बर ३० गते मात्र पठाए । त्यसबेलासम्म हामीलाई पक्राउ गरेको झन्डै एक महिना बितिसकेको थियो । रोद्जान्कोले हाम्रो पक्राउको विषयमा एक शब्द बोलेनन् । बरू, ओज्योर्की घटनामा हामीले दिएको वक्तव्य अघि बढाइदिए । गोरेमिकिनलाई बुझाइएको देखावटी पत्रमा रोद्जान्कोले संसदीय विधानको दफा १५ उल्लङ्घन भएको बताए । उनले भने, “प्रशासनको यस्तो कारबाही असह्य छ । कानुनको यस्तो उल्लङ्घन र सरकारी अधिकारीहरूको यस्तो लापरबाह र गैरजिम्मेवार व्यवहारले शान्तिपूर्वक बसिरहेका जनताबिच असन्तोषको बीउ रोप्नेछ र अहिलेको अप्ठ्यारो परिस्थितिमा यसै पनि युद्धले गर्दा असन्तुष्ट जनतालाई थप भड्काउनेछ ।” तर, रोद्जान्कोको निष्कर्ष के थियो ? के उनले हाम्रो समूहमाथिको कारबाही बन्द गर्नुपर्छ भने त ? भन्दै भनेनन् । उनले आफ्नो पत्र बुझाए । पत्रमा लेखिएको थियो, “संसद् सदस्यहरूलाई गैरकानुनी प्रहरी क्रियाकलापबाट रक्षा गर्न भविष्यमा महामहिमले आवश्यक कदम चाल्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” यसरी पूरै विरोध एउटा औपचारिक घोषणा र आक्रमण नदोहोरियोस् भन्ने अनुरोधमा गएर टुङ्गियो । हाम्रो बोल्शेभिक समूहको सुरक्षाबारे चुइँक्क बोलिएन ।
(टिपोट : यो पत्र सुरूमा विचारका लागि गृहमन्त्री माक्लाकोभलाई पठाइएको थियो । प्रहरी अभिलेखालयमा यो पत्र पढ्न पाइन्छ । अभिलेखमा माक्लाकोभको टिप्पणी पढ्दा उनी राजशाहीका अब्बल पहरेदार थिए भन्ने उजागर हुन्छ । रोद्जान्कोको पत्रले माक्लाकोभ चिढिए । उनले पत्रमा एउटा नोट लेखे, “प्रहरीले संसद्का पाँच सदस्यहरूलाई अपराधी प्रमाणित गरेको कारबाहीलाई कसैले ‘लापरबाह’ र ‘गैरजिम्मेवार’ भनेको म स्वीकार गर्न सक्दिनँ । सभामुख यसमा असहमत हुन सक्नुहुन्छ । तर, तथ्य यही हो । यस्तो कारबाहीलाई ‘असह्य’ भन्नु उचित होइन बरू ‘संसदीय उन्मुक्ति’ को आवरणमा दण्डहीन भई राज्यविरूद्ध सङ्गीन कसुर गर्नुलाई ‘असह्य’ भन्नुपर्छ । कसैको संसदीय उन्मुक्ति भन्दा महत्वपूर्ण रूसी राज्यको अखण्डता हो । कानुन मिच्न खोज्ने सांसदहरूलाई प्रहरीले सधैँ ठेगान लगाउनेछ । क्रान्तिको लागि लड्ने, जनताबिच असन्तोषको बीउ रोप्ने काम प्रशासनले गरेको होइन । बरू, प्रशासनसामु लापरबाही ढङ्गले चिच्याउनुबाहेक केही नजान्ने कायरहरूले ती काम गरिरहेका छन् । यस्ता व्यवहारलाई फाल्ने बेला भइसक्यो । असन्तोषको झूटो राइलो सनक मात्र हो । घटनासँग यसको कुनै सम्बन्ध छैन । म फेरि पनि संसद् सदस्यलाई पत्ता लगाएर गिरफ्तार गर्ने प्रहरी बलका ती सदस्यहरूलाई धन्यवाद भन्छु ।”)
गोरेमिकिनलाई लेखिएको निरर्थक र नाथे पत्र नै मजदुर सांसदहरूको पक्राउका सम्बन्धमा संसद्को बहमतले चालेको एक मात्र पाइला थियो । मेन्शेभिक र त्रुदोभिकहरूले संसद्को विशेष अधिवेशन बोलाउन गरेको पहललाई रोद्जान्कोले एकै झपटमा रोकिदिए । उनले सदन बन्द भइरहेको बेला कानुनले संसद्हरूको बैठक बस्न नदिने घोषणा गरे । उनको विचारमा बैठक बस्न आवश्यक नै थिएन ।
लामो अन्तरालपछि सन् १९१५ को जनवरीमा पुनः संसद्को बैठक बस्यो । हाम्रो पक्राउको विषयमा संसद्को बहुमतले प्रश्न उठाउनै दिएन । सरकारलाई प्रश्न गर्ने विषयमा सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न असम्भव भएको भन्दै क्याडेटले प्रश्नलाई लत्याए । चखाइद्जे र करेन्स्कीले बजेटको विषयमा बोल्ने बेला धेरै समय बोल्शेभिक समूहको दुर्दशाबारे नै बोले । तर, सभामुखले त्यसलाई पत्रिकामा छाप्नबाट रोके ।
स्वाभाविकै थियो, कालासय सदनले रोमानोभ सरकारको निर्णयलाई शिरोपर ग¥यो । हाम्रो समूहको पक्राउबाट सम्पूर्ण क्रान्तिकारी सङ्घसङ्गठनलाई तहसनहस पार्ने अध्यायको पटाक्षेप भयो । सदनका बहुमत सांसदहरूको आकाङ्क्षा पनि यही थियो । सरकारले जनपद र गुप्त प्रहरीका मान्छेलाई घरभित्रका नायक भन्दै पुरस्कार बाँड्यो । त्यो बेला रूसी उदारवादका ‘फूलहरू’ ले जारशाहीको पाउमा खुसामदी घुँडा टेके ।
तर, विरोधी शिविरमा के भइरहेको थियो ? कलकारखाना र खानीहरूको हाल कस्तो थियो ? बोल्शेभिक सांसदहरू पक्राउ परेको खबरले जनता आक्रोशित भए । सरकारका दुःखी कठपुतली अक्टोबरवादीहरूले समेत यो तथ्य बुझेका थिए । बोल्शेभिक सांसदहरूलाई नष्ट गरे रूसी सर्वहारा जनताबिच शक्तिशाली ज्वारभाटा उठ्छ–उठ्छ भन्ने उनीहरूले बोले । उनीहरूको बुझाइ गलत थिएन । क्रान्तिकारी आन्दोलनको मूल मागसँगै बोल्शेभिक सांसदहरूलाई पनि रिहा गर्नुपर्छ भनेर फेब्रुअरी क्रान्तिसम्मै मजदुरहरूले सङ्घर्ष गरिरहे । तर, हामीलाई पक्राउ गर्ने बेला लामो समयसम्म टिक्ने आन्दोलन उठाउनका लागि मजदुर वर्गसँग पर्याप्त शक्ति थिएन । युद्धको आतङ्कले देशको घाँटी समाइरहेको अवस्था थियो । क्रान्तिकारी क्रियाकलापमा भाग लिएको खण्डमा कि त सैन्य अदालतले मृत्युदण्ड दिन्थ्यो नत्र लामो समयलाई श्रमशिविरको दण्ड भोग्नुपथ्र्यो । समूहको पक्राउ हुनुको अर्थ रूसभित्रको मुख्य पार्टी केन्द्र नै ध्वस्त भएको थियो । पार्टी गतिविधिका सबै धागा संसद्का ‘पाँच बोल्शेभिक’ सँग जोडिएका थिए । अब ती धागोहरू चुँडेको अवस्था थियो ।
सांसदहरूलाई पक्राउ गर्न तम्तयार भएपछि समूहको प्रतिरक्षामा मजदुरहरूले कुनै पनि गतिविधि गर्न नपाऊन् भनेर गुप्त प्रहरीले अनेक होसियारी अपनायो । मजदुर बहुल जिल्लाहरूमा दोब्बर गुप्तचर खटाइयो । धेरै पार्टी कार्यकर्ताहरूलाई पक्राउ गरियो । यति हुँदाहुँदै पनि सेन्ट पिटर्सबर्ग समितिले पक्राउका सम्बन्धमा वक्तव्य जारी गर्न भ्यायो । वक्तव्यका नक्कल प्रति बनाएर नोभेम्बर ११ मा वितरण गरियो । वक्तव्यमा मजदुरहरूलाई हडतालमा उत्रिन र विरोधमा बैठकहरू गर्न आह्वान गरिएको थियो । वक्तव्य यसप्रकार थियो :
“कामरेडहरू, नोभेम्बर ५ मा राति दुष्ट जारशाही सरकारले रूसी सामाजिक जनवादी मजदुर समूहका सदस्यहरूलाई जेलमा हाल्यो । यसअघि पनि यो सरकारले प्रजातन्त्रका योद्धाहरूको रगतले हात रङ्ग्याएको थियो† यो जल्लादहरूको सरकार हो† यसले दोस्रो संसद्का निर्वासत मजदुर सांसदहरूलाई यातना दिएको छ; हजारौँको सङ्ख्यामा सर्वहारा जनताका उत्कृष्ट सन्तानहरूलाई कैदमा राखेको छ ।
यो निरङ्कुश सरकार तीन करोड मजदुरहरूका संसदीय प्रतिनिधिहरूविरूद्ध निर्लज्ज र निन्दनीय शैलीमा उत्रेको छ । जार र जनता एक भए भन्ने झूट र कपटपूर्ण प्रलाप अहिले उदाङ्गो भयो । जनतालाई दिएको धोका र भ्रष्टाचार अहिले छताछुल्ला भयो । जारशाही सरकारको अत्याचार अति भइसक्यो । अब मजदुरवर्ग र सम्पूर्ण प्रजातन्त्रप्रेमी शक्तिहरूले जनताको सच्चा प्रतिनिधित्वको निम्ति, संविधानसभाको आयोजनाका निम्ति लड्नुपर्ने बेला आएको छ ।
यो युद्ध र सैन्य कानुनले सरकारलाई सर्वहारा जनताको हकहितका निम्ति बहादुरीसाथ लडिरहेका मजदुर सांसदहरूमाथि हमला गर्ने मौका दिएको छ ।
बन्दुक र बारूदको आवाजबिच सरकारले क्रान्तिकारी आन्दोलनलाई रगतको नदीमा डुबाउने प्रयास गर्दै छ । मजदुर र किसानहरूलाई मारेर उसले स्वतन्त्रताको तिनको आशालाई मार्ने सोचेको छ ।
सम्पूर्ण स्लाभ जनताको मुक्तिको ध्वाँस फलाक्दै जारशाही सरकारले मजदुरवर्गका सम्पूर्ण सङ्घसङ्गठनलाई निमिट्यान्न पार्दै छ, मजदुरहरूको छापाखानालाई ध्वस्त पार्दै छ । उसले सर्वहारा जनताका अब्बल लडाकुहरूलाई जेलमा कोच्दै छ ।
यतिले मात्र मजदुरवर्गको दुश्मनको मन मरेको छैन । उसले मजदुरहरूका सांसदमाथि आक्रमण गर्ने निर्णय गरे किनभने उनीहरूले सरकारको दमनकारी, हिंस्रक र जेलनेलमुखी नीतिविरूद्ध वीरतापूर्वक लडिरहेका थिए । जारशाही डाँकाहरूले मजदुरवर्गले छनोट गरेको प्रतिनिधिहरूलाई भने – तिमीहरू बस्नुपर्ने यही जेलमा हो ।
मजदुरवर्गलाई नै जेलमा कोचेझैँ भएको छ । डाँका र शोषकहरूको गिरोहले, नरसंहार मच्चाउने गिरोहले रूसको समग्र मजदुर वर्गलाई निन्दा गर्ने दुस्साहस गरेका छन् । मजदुर वर्गमाथि जीवन र मृत्युबिच एउटा चुन्ने खण्ड आइलागेको छ । तर, सैनिक शासनको जतिसुकै कठोर दमनचक्रले पनि मजदुरहरूलाई विरोधको स्वर दबाउन सक्ने छैन । रूसका करोडौँ मजदुरहरूले ‘जल्लाद र हत्याराहरू मुर्दावाद’ को नारा लगाइरहनेछन् । उनीहरू आफ्ना सांसदहरूको रक्षा गर्न तम्तयार छन् ।
कामरेडहरू, रूसी सामाजिक जनवादी मजदुर पार्टीको सेन्ट पिटर्सबर्ग समिति जारशाही जमिनदारहरूको गुटका कर्तुतहरूविरूद्ध सेन्ट पिटर्सबर्गका सम्पूर्ण मजदुरसँग बैठकहरूका डाक्न र एकदिने हडतालमा उत्रिन आह्वान गर्छ ।
जारशाही मुर्दावाद !
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद !
रूसी सामाजिक जनवादी मजदुर पार्टी जिन्दावाद !
समाजवाद जिन्दावाद !
नोभेम्बर ११, रूसी सामाजिक जनवादी मजदुर पार्टीको सेन्ट पिटर्सबर्ग समिति ।”
Leave a Reply