परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, ३ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा नेतृत्वको जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले भनपा सभाकक्षमा भेट ग¥यो । नगर प्रमुख प्रजापतिले टोलीलाई खादा र भादगाउँले टोपीले नगरपालिकामा स्वागत गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र जनसाङ्ख्यिक विवरणको जानकारी गराउँदै फोहोर व्यवस्थापनबारे मौलिक अभ्यासको जानकारी गराउनुभयो ।
‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको चर्चा गर्दै उहाँले पुस्तकका लेखक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले परिकल्पना गरेअनुसार शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, संस्कृति उत्थानको क्षेत्रमा भक्तपुर नपाले गर्दै आएको मुख्य मुख्य गतिविधिबारे जानकारी दिनुभयो ।
शैक्षिक ऋण, छात्रवृत्ति प्रदान गरी विपन्न वर्गलाई शिक्षामा पहुँच पु¥याउँदै आएको चर्चा गर्दै शिशुशालादेखि कलेजसम्म सञ्चालन गरी उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।
नगरपालिकाले आत्मनिर्भर हुँदै उपभोक्ता समितिमार्फत २०७२ सालको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक र ऐतिहासिक १६९ वटा सम्पदाहरू जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको उहाँले जानकारी गराउनुभयो ।
ख्वप टीभी, ख्वप एफएम, भक्तपुर मासिक, ख्वप पौ पाक्षिक पत्रिका, फेसबुक पेज, वेभसाइट, अनलाइन पत्रिकामार्फत पारदर्शी ढङ्गले नगरपालिकाका गतिविधिहरू सार्वजनिक गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले घरदैलो नर्सिङ सेवाबाट घरघरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको र स्वास्थ्यसम्बन्धी आधारभूत तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी गराउनुभयो । कोरोना महामारीको सामना गर्न ख्वप अस्पताल सुरु गरेको स्मरण गर्दै उहाँले उक्त अस्पतालले कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।
दमक नपाका प्रमुख रामकुमार थापाले भक्तपुर नपाको स्वागत र आत्मीयताको लागि धन्यवाद ज्ञापन गर्दै शिक्षा, स्वास्थ्य क्षेत्रमा भनपाको असल अभ्यासको स्थलगत अवलोकन गरी सिकाइको लागि ख्वप अस्पताल भ्रम्णको लागि भक्तपुर भ्रमणमा आएको जानकारी गराउनुभयो ।
उहाँले दमकमा २५ शय्याको अस्पताल सञ्चालनको क्रममा रहेको र केही वर्षभित्र १०० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गर्ने प्रयासरत रहेको जानकारी गराउनुभयो ।
भक्तपुर नपाले स्थानीय सरकारको रूपमा उदाहरणीय काम गरिरहेको अनुभव गरेको बताउँदै उहाँले शिक्षा र स्वास्थ्यलाई व्यवसायीकरण गर्न दिन नहुने र यसको लागि तीनै तहको सरकारले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रमुख थापासहितको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इ., ख्वप कलेज अफ ल र ख्वप कलेज/ख्वप माविको स्थलगत अवलोकन भ्रमण ग¥यो ।
उक्त कार्यक्रममा दमक नपा वडा नं. १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, वडा नं. ९ का वडाध्यक्ष कुवेरप्रसाद भट्टराई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद साह र जिन्सी शाखा प्रमुख श्यामनारायण राजवंशीको समेत उपस्थिति थियो ।
Leave a Reply