नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
कालीकोट, ६ पुस । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरू स्तालिको १४७ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नाजी फाँसीवादीहरूको आक्रमणबाट सोभियत सङ्घलाई बचाउन स्तालिनको अतुलनीय योगदान रहेको कारण नै सोभियत सङ्घमा समाजवादी व्यवस्थाले सफलता पाएको बताउनुभयो ।
स्तालिनको योगदानलाई कामदार जनताले कहिल्यै भुल्न नसकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “प्रतिक्रियावादीहरूका हरकिसिमका जालझेलहरूबाट बच्ने उपाय स्तालिनको जीवन सङ्घर्षबाट सिक्न सकिने कुरा राख्नुभयो ।
केन्द्रीय सदस्य शाहीले भन्नुभयो, “साम्राज्यवादीहरूको षड्यन्त्रबाट पार्टीभित्रकै खराब तत्वहरूका कारण स्तालिनको हत्या गरिएको थियो । निर्वाचन जित्नकै लागि साम, दाम, दण्ड र भेद प्रयोग गरी जनताको मतलाई प्रभावित पार्ने संसद्वादी दलहरूको गतिविधिलाई जनताको बिचमा लिएर निर्वाचन पनि एक राजनैतिक सङ्घर्षको रूपमा लिई जनताको घर घर पुग्नु अहिलेको आवश्यकता हो ।”
पार्टी जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाहीले स्तालिनको योगदानलाई संसारभरका कामदार जनताले उच्च श्रद्धाका साथ स्मरण गरिरहने स्पष्ट पार्दै पार्टी कार्यकर्ताहरू सैद्धान्तिक रूपमा परिपक्व हुनु जरुरी छ भन्नुभयो ।
पार्टीले निर्वाचनलाई लेनिनवादी नीतिअनुरूप प्रयोग गरिराखेको हुँदा देश र जनताका सेवामा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका उपाध्यक्ष नरदीप शाही र पार्टी जिल्ला समितिका सचिव धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।
Leave a Reply