नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
काठमाडौँ, ६ पुस । नयाँ पुस्ता समाजमा भिज्नुपर्छ; भिजाउने प्रयास हुनुपर्छ । नयाँ पुस्ताले परिस्थिति बुझ्नुपर्छ† समाजलाई चिन्नुपर्छ र साथीभाइसँग सहकार्य गर्न र मिलीजुली काम गर्न अघि सर्नुपर्छ । समाजमा भिजेन, समाजलाई चिनेन भने नयाँ पुस्ताले टोलका साथीभाइ तथा अन्य मान्छेलाई पनि चिनेको हुँदैन । आजका कति विद्यार्थीहरू परिवारसँग पनि त्यति भिज्दैनन्, समाजको त कुरै छाडौँ । टोलका दाजुभाइ र साथीभाइलाई नचिन्ने नयाँ नयाँ विद्यार्थीलाई समाजका व्यावहारिक शिक्षा कसरी थाहा हुन्छ ? समाजका दाजुभाइसँग कुरा गर्ने तरिका कसरी थाहा हुन्छ ? समाजमा हुने रीतिथिति र संस्कारबारे, घर व्यवहारबारे केही थाहा छैन भने उनीहरू पढेलेखेका भएर पनि अबुझझैँ हुन्छन् । अनि उनीहरूले समाजका रीतिथिति र संस्कारलाई कसरी जीवन्तता दिन्छन् ? यो नयाँ पुस्ताका विद्यार्थीमा देखिएको समस्या हो ।
टोलका बासिन्दा र अग्रजहरूसँग घुलमिल नहुने व्यक्तिले आफ्नै वरपरका बासिन्दालाई पनि राम्ररी चिन्दैनन् । किनभने, उनीहरूसँग बोलचाल नै कम हुन्छ । आफ्नो व्यक्तिगत स्वार्थ मात्र हेरेर समाजसँग घुलमिल नहुँदा आपत्विपत् या सङ्कटको बेला उनीहरूप्रति समुदायको पनि ध्यान नजान सक्छ । नयाँ पुस्तालाई सही ठाउँमा ल्याउने काम पुरानो पुस्ताको हो । पुरानो पुस्ताको पुरानो अनुभव र नयाँ पुस्ताको अनुभव एक आपसमा बाँड्नुपर्छ । नयाँ पुस्ताले पुरानो, पुस्ताको पुरानो पुस्ताले नयाँ पुस्ताको अनुभव या ज्ञान थाहा पाइराख्नुपर्छ । यस्तो कार्यमा राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता मात्र होइन समाजका अगुवा, शिक्षक, बुद्धिजीवीहरूको पनि ठुलो भूमिका हुन्छ । पुरानो पुस्ता र नयाँ पुस्ताबिच फाट्दा या एक आपसमा सहकार्य, समन्वय नभएमा न नयाँ पुस्ताले पुरानो कुरा थाहा हुन्छ न पुरानो पुस्ताले नयाँ कुरा थाहा हुन्छ ।
कति विद्यार्थीहरू घरबाट स्कूल, स्कूलबाट घरमा आवतजावत हुन्छन् र आफ्नो कोठाभित्र छिर्छन् । पढात्न्दा मोबाइलमा झुमिन्छन् । त्यस्ता विद्यार्थीहरू खानपिनको बेलाबाहेक अरुबेला परिवारका आमाबुबासँग बस्दैनन्† कुराकानी गर्दैनन् । आफ्ना सन्तानले के गरे, के पढे, आमाबुबालाई थाहा हुँदैन । को कस्ता व्यक्तिहरू कुलत या साथीहरूसँग लागे थाहा हुँदैन । परिवारले थाहै नपाउने गरी कुलतमा लागेका व्यक्तिहरूसँग हेलमेल भएर गलत बाटोमा फसेको धेरै दृष्टान्त छ । गलत बाटोमा लागेर बिग्रिएपछि मात्रै परिवारका सदस्य या समाजले उसको आनीबानी थाहा पाएर के गर्ने ? कुलतमा फसिसकेका व्यक्तिहरूको बानी सुधार्न कठिन हुन्छ । त्यतिबेला आफ्नो सन्तानले मात्र होइन आमाबुबाले पनि दुःख पाउँछन् । यसले सन्तानको मात्र होइन समाज र आमाबुबाको पनि बदनाम हुन्छ । कति विद्यार्थीहरू विद्यालय नै जाँदैनन्† गए पनि बिचमा कक्षा छोडेर कहाँ पुग्छन् ? थाहा हुँदैन । विद्यालय छिरे पनि हाजिरीपछिको एक दुई कक्षा बसेर कता टाप हुन्छन् । त्यस्ता चरित्रका विद्यार्थीहरूको पढाइ स्तर कसरी राम्रो हुन्छ ? उनीहरू कसरी उत्तीर्ण हुन्छन् ?
हाम्रा कति अभिभावकहरू आफ्ना सन्तानप्रति वास्ता गर्दैनन् । अनि विद्यार्थीको पढाइ स्तर खस्किएकोमा सबै दोष शिक्षकमाथि थोपर्छन् । शिक्षकले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरेन भने शिक्षक पनि त्यसको दोषी हुन्छ । ज्ञान गुणको कुरा सिक्ने समयमा कुलतमा लागेपछि, कुलतमा लागेर गाँजा, चरेस, भाङ खान थालेपछि, लागूऔषधको सुइ लिन थालेपछि विद्यार्थीहरू कसरी सच्चिन्छन् ? हरेक कुराको समयमै ख्याल गर्नुपर्ने हुन्छ† समयमै सतर्कता अपनाउनुपर्छ† सही बाटो ल्याउन निरन्तर प्रयास गरिरहनुपर्छ । समाज, पार्टी या समुदायले नयाँ पुस्तालाई सुसूचित पार्नुपर्छ । नयाँ पुस्तालाई तयार गर्नुको अर्थ पढाइमा राम्रो होस् भन्ने मात्र होइन । पढाइमा राम्रो भएसँगै उनीहरूको चालचलन, आनीबानी आचरण ठीक हुनुपर्छ । कुनै पनि आपराधिक क्रियाकलापमा नलागेको हुनुपर्छ । चोरीचकारी, लुटपाटबाट बच्नुपर्छ । मिलनसार, मृदुभाषी हुनुपर्छ । सहयोगी भावना हुनुपर्छ । कर्तव्यनिष्ठ हुनुपर्छ । सुशील, शिष्ट हुनुपर्छ । नम्र बोल्नुपर्छ । गरिब, दीनदुःखी, निमुखा, अपाङ्ग तथा अस्वस्थहरूलाई हृदयदेखि आदर, सम्मान गर्नुपर्छ ।
सामूहिक भावना राखेर सामूहिक सेवामा जुट्नुपर्छ । व्यक्तिगत स्वार्थको लागि कुनै छलकपट, प्रपञ्च या जाल रच्नु हुँदैन । देशको राजनीतिक, आर्थिक, शैक्षिक र स्वास्थ्य, कृषि आदिको अवस्था बुझ्नुपर्छ । देशको सामाजिक संरचना बुझ्नुपर्छ । समाजमा व्याप्त अन्धविश्वास, कुरीति त्याग्दै जानुपर्छ । एकले अर्कोलाई फसाउने, जाली कुरा गर्ने, विकास र प्रगतिमा बाधा हाल्ने कार्यको निन्दा गर्नुपर्छ । चाकडी गरेर विश्वास दिलाउनेतर्फ सावधान हुनुपर्छ । आफ्नो प्रशंसा भएपछि नाक फुलाउने र त्यसमा गर्व गरेर गर्वमाथि लात मार्ने व्यक्तिहरूदेखि सधैँ सावधान हुनुपर्छ । जीवनमा दाग लाग्ने काम गरेपछि त्यो मेटाउन गा¥हो हुन्छ । यसैले समाजका कुनै पनि नागरिक जहिल्यै सचेत, सजग र चनाखो हुनुपर्छ ।
Leave a Reply