भर्खरै :

ब्यासीमा स्तालिन र माओ जन्म दिवसमा प्रवचन

ब्यासीमा स्तालिन र माओ जन्म दिवसमा प्रवचन

भक्तपुर ८ पुस । नेपाल मजदुर किसान पार्टी सानो ब्यासी एकाइ समितिको आयोजनामा स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा जीपी लासिवाले आत्म– आलोचनाले राजनीतिक कार्यकर्ताहरू सुसूचित हुने भनाइ राख्नुभयो ।
स्तालिन र माओको जन्म स्मरण गर्नु भनेको समाज परिवर्तन र समाजवादी व्यवस्था स्थापनाको लागि सर्वहारावर्गका महान् नेताहरूले पुँजीवादी र साम्राज्यवादीसामु कसरी सामना गरे र राजनीतिक सिद्धान्त र विचार विश्वसामु फैलाएर जनतालाई कसरी सचेत र सङ्गठित पारे भन्ने कुराको ज्ञान हासिल गर्नको लागि हो भन्नुभयो ।
कम्युनिस्ट पार्टीले कम्युनिस्ट आचरणअनुसार गतिविधि गर्नुपर्ने औँचित्यमाथि प्रकाश पार्दै उहाँले नेपालको वर्तमान अस्थिर परिस्थितिमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले प्रत्यक्ष चलखेल गरिरहेको बताउनुभयो ।
नेमकिपा वडा नं. २ का अध्यक्ष रत्नकाजी नायोभारीले स्तालिनको आफ्नो जीवन देश र जनताको लागि बिताउनुभएको विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष सरोज दथेपुथेको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सदस्य पवनकृष्ण सुवालले पनि बोल्नुभएको थियो । कार्यक्रममा स्तालिन र माओ त्सेतुङको जीवनीमा आधारित वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *