हरेक कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय धर्म निर्वाह गर्नुपर्ने
- माघ ५, २०८२
भक्तपुर, ८ पुस । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरूको सहभागितामा मङ्गलबार भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा विद्यार्थीहरूको निःशुल्क मुटु परीक्षण शिविर शुभारम्भ भयो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले मुटु शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अङ्ग भएको हुँदा मुटुमा हुने कुनै पनि किसिमको समस्याले मानव जीवनलाई नै जोखिममा कम गर्न सक्ने हुँदा सजग हुनुपर्ने बताउनुभयो ।
चार दिन सञ्चालन हुने मुटुरोगको प्रारम्भिक परीक्षण शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढीको मुटु परीक्षण हुने बताउँदै उहाँले भविष्यमा हुने जोखिम नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. वसन्त पन्तले मुटु परीक्षण शिविर सञ्चालनसँगै भक्तपुरमा सम्भाव्यता अध्ययनमा पनि जोड दिने बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका रामेश्वर मचामसीले बागीश्वरी कलेज केन्द्रमा ३ हजार ६३६ जना विद्यार्थीको मुटुको परीक्षण, न्यातापोल सेकेन्डरी स्कूलमा १४५४, वागीश्वरी मावि च्यामासिंहमा २४७७, खोप्रिङ इङ्ग्लिस एकेडेमीमा ११८७ गरी ८७३४ जनाको गरिने अवगत गराउनुभयो । शिविरमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।
Leave a Reply