भर्खरै :

युक्रेनले शान्ति अस्वीकार गरे सैन्य माध्यमबाटै लक्ष्य पूरा गर्छौँ : पुटिन

युक्रेनले शान्ति अस्वीकार गरे सैन्य माध्यमबाटै लक्ष्य पूरा गर्छौँ : पुटिन

मस्को, १३ पुस (एएनआई) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आÇनो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त गर्ने चेतावनी दिनुभएको छ । शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
आरटीको रिपोर्टअनुसार राष्ट्रपति पुटिनले भन्नुभयो, “यदि किएभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै लक्ष्य हासिल गर्नेछ ।” उहाँका अनुसार रुसी–युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने काम योजनाअनुसार अघि बढिरहेको छ र रुसी सेनाले डोनबास र जापोरिजिया क्षेत्रको सम्पूर्ण सम्पर्क रेखामा प्रगति गरिरहेको छ ।
राष्ट्रपति पुटिनले चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र विभिन्न युद्ध समूहका कमान्डरहरूसँग भेटवार्ता गरेपछि यो धारणा सार्वजनिक गर्नुभएको हो । तास समाचार एजेन्सीका अनुसार उहाँले जापोरिजिया क्षेत्रमा गुलाइपोल र डोनेट्स्क पिपल्स रिपब्लिक (डीपीआर) अन्तर्गत दिमित्रोभ क्षेत्र मुक्त गरिएकोबारे जानकारी लिनुभएको थियो ।
आरटीको रिपोर्टमा उल्लेख गरिएअनुसार राष्ट्रपति पुटिन र जनरल स्टाफ प्रमुखका टिप्पणीले किएभका सत्ताधारी नेताहरू द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न ‘कुनै हतारमा नरहेको’ सङ्केत गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने चार वर्षदेखि जारी युद्धका क्रममा रुसले कब्जा गरेको भूभाग र जापोरिजिया आणविक ऊर्जा संयन्त्र (जेडएनपिपी) युक्रेनका लागि ‘रेड लाइन’ भएको दोहो¥याउनुभएको छ । उहाँले ती विषयमा कुनै पनि संवेदनशील निर्णय जनमतसङ्ग्रह वा विधायी प्रक्रियामार्फत युक्रेनी जनताको परामर्शबिना सम्भव नहुने स्पष्ट पार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *