नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
काठमाडौँ, १४ पुस । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समिति वडा नं. ५ को आयोजनामा १४७ औँ स्तालिन र १३२ औँ माओ त्सेतुङ दिवसको अवसरमा कार्यकर्ता भेला विशालनगरमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले स्तालिन र माओको योगदान र समाजवादी क्रान्तिको चर्चा गर्दै नेपालमा पनि बहुसङ्ख्यक कामदार जनतालाई राजनैतिक रूपले सचेत र सङ्गठित पार्न सबै कार्यकर्ताहरू लाग्नुपर्ने बताउनुभयो ।
रुसमा लेनिन र स्तालिन चीनमा माओको कुशल नेतृत्वले परिवर्तन गरेको हो भन्दै उहाँले नेमकिपाका कार्यकर्ताले हरेक विषयमा दक्षता हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक दिन समयको व्यवस्थापन गरेमा र जनताबिच पुगी काम गरेमा राजनीति सफल हुने बताउनुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोले राजनैतिक कार्यकर्ताहरूले अध्ययनमा जोड दिई आफूले सिकेका ज्ञान अरुलाई बताउन सक्नुपर्ने भन्नुभयो ।
वडा नं. ५ समितिका अध्यक्ष कृष्णहरि महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नरमान महर्जन, हरिशरण श्रेष्ठ, शैलेश डंगोल, कासिनारायण डंगोल, कुलनारायण डंगोल, ममता महर्जन, अकल महर्जन र पूर्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply