भर्खरै :

दैलेखमा स्तालिन र माओ जयन्ती

दैलेखमा स्तालिन र माओ जयन्ती

दैलेख, १४ पुस । नेपाल मजदुर किसान पार्टी महाबु गाउँपालिका समितिको आयोजनामा शुक्रबार काप्रि खोलामा स्तालिन र माओको जन्मजयन्ती मनाइयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सल्लाहकार बमबहादुर सिंहले सोभियत रूसमा जन्मिएका स्तालिन र चीनमा जन्मिएका माओ त्सेतुङको विश्वको समाजवादी आन्दोलनमा महत्वपूर्ण योगदान भएको हुँदा उहाँहरू विश्व सर्वहारावर्गका महान् नेता भएको बताउनुभयो ।
दुर्गबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मनबहादुर खत्री, भगिराम थापामगर, झुमा थापामगर र हेमन्त सिंहले माओ र स्तालिनको योगदान र जीवन सङ्घर्षबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *