भर्खरै :

माओ त्सतेुङ विचारधाराबारे अध्यक्ष माओ

माओ त्सतेुङ विचारधाराबारे अध्यक्ष माओ

केही समयअघि हामीले माओ त्सेतुङ विचारधाराबारे लेखिएका माओ त्सेतुङका केही लिखतहरू अध्ययन ग¥यौँ र थुप्रै कुरा पनि सिक्यौँ । माओ त्सेतुङ विचारधारा र सत्यको सिद्धान्तको प्रश्नबारे हालैका अध्ययनमा यी कागतपत्रहरू अमूल्य र ठुलो महत्वको छ भन्ने कुरामा हामी विश्वास गर्छौँ । माओ त्सेतुङको ८६ औँ जन्म दिवसको स्मृतिमा लेखिएका हाम्रा अध्ययनका टिपोटहरू यी हुन् – चिनियाँ क्रान्तिको अनुभवमा माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका सिद्धान्तहरूका साथसाथै पार्टी केन्द्रीय समितिको कागतपत्रले निश्चित गरिएको बाटो र नीतिहरूको आधारमा चिनियाँ कम्युनिस्टहरूले लेखेका केही पुस्तिकाहरू समावेश छन् ।
१९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको सबै काममा माक्र्सवाद – लेनिनवादको विश्वव्यापी सत्यतालाई निर्देशक नीतिको रूपमा चिनियाँ क्रान्तिको खास व्यवहारलाई एक गरिएको छ । माओ त्सेतुङ यस्तो एकताको सबभन्दा ठुलो प्रतिनिधि हुनुहुन्छ । माओ त्सेतुङ विचारधारा चिनियाँ क्रान्तिको महान सङ्घर्षहरूमा माक्र्सवाद – लेनिनवादको प्रयोग र विकास हो । यो चिनियाँ क्रान्तिको खास व्यवहारसँग माक्र्सवाद – लेनिनवादको विश्वव्यापी सत्यको एकताको फल हो ।
माओ त्सेतुङले चिनियाँ जनताको जीत र हारहरूको अनुभव र शिक्षाहरूको सार झिक्नुभयो र चेन तु स्यु, वाङ मिङ र अरुहरूद्वारा प्रतिनिधित्व गरिएको अवसरवादको विरोधको सङर्घषमा, सिद्धान्तलाई वास्तविकतासँग जोड्ने प्रश्नलाई अध्ययनको एक तरिकाको रूपमा प्रस्ट रूपले अगाडि ल्याउनुभयो । १९३९को सुरुमा ‘कम्युनिस्टको परिचय’ भन्ने आफ्नो लेखमा उहाँले सबभन्दा पहिले माक्र्सवादी – लेनिनवादी सिद्धान्तलाई चिनियाँ क्रान्तिको खास व्यवहारसँग एक गर्ने सूत्रलाई अगाडि ल्याउनुभयो । त्यस लेखबाट के देखाउनुभयो भने हाम्रो पार्टीको इतिहासमा जब – जब माक्र्सवादले लेनिनवादको विश्वव्यापी सच्चाइलाई चिनियाँ क्रान्तिको खास व्यवहारसँग एक ग¥यो, क्रान्तिले विकास ग¥यो र विजय प्राप्त ग¥यो । त्यसो नगर्दा क्रान्ति पछि प¥यो र हार खायो । माओ त्सेतुङ आफ््नो सैद्धान्तिक दृष्टिकोणमा सा¥है होसियार र बुद्धिमान हुनुहुन्थ्यो । धेरै लामो समयसम्म माओ त्सेतुङ विचारधाराको प्रस्तावहरूसँग उहाँ सहमत हुनुभएन ।
१९४३ मा अध्ययनद्वारा येनानमा सुधार आन्दोलनको बेला उल्लेखनीय ढङ्गले सारा पार्टीको माक्र्सवादी – लेनिनवादी स्तरलाई पनि उठाइएको थियो । पार्टीभित्रका झन् बढी कामरेडहरूले के देखे भने माओ त्सेतुङद्वारा प्रतिनिधित्व गरिएको माक्र्सवादी – लेनिनवादी सिद्धान्तलाई चिनियाँ क्रान्तिको वास्तविक परिस्थितसँग गाँस्ने विचारमात्रै सही थियो, जसले चिनियाँ क्रान्तिलाई विजयसम्म लैजान सक्थ्यो । त्यस वर्ष हाम्रो पार्टी २२ वर्षको थियो र माओ त्सेतुङ ५० वर्षको हुनुहुन्थ्यो । पार्टीभित्र केही कामरेडहरूले उहाँको जन्म दिवस मनाउने कुरा निकाले र माओ त्सेतुङ विचारधारालाई प्रचार गर्ने प्रस्ताव उठाए ।
पार्टी केन्द्रीय समितिको मातहतको प्रचार विभागका प्रमुख फङले माओ त्सेतुङलाई त्यस सुझावबारे रिपोर्ट गरे । उहाँले न जन्म दिवस मनाउने कुरो स्वीकार गर्नुभयो न त माओ त्सेतुङ विचारधाराको उल्लेख गर्ने कुरो मान्नुभयो । पछिल्लो प्रश्नमा कामरेडकै फङलाई जवाफ दिँदै २३ अप्रिलको आफ्नो पत्रमा उहाँले भन्नुभयो, “मेरो विचार (माक्र्सवाद – लेनिनवाद) आफै परिपक्व भएको छैन भन्ने म अनुभव गर्छु, यो अझै सिक्ने अवस्थामै छ – प्रचार गर्ने अवस्थामा होइन । यदि प्रचार गर्नु छ भने खालि (सुधार आन्दोलनका जस्ता केही कागत – पत्रहरूको) केही भागहरू प्रचार गर्नु सुहाउँछ, यसलाई एक विचारको रूपमा प्रचार गर्नु उपयुक्त छैन किनभने मेरो विचारधारा अझसम्म परिपक्वतामा पुगेको छैन । १९४५ जून महिनामा हाम्रो पार्टीको संविधानमा तलका हरफ गाँसिएको थियो – चीनको कम्युनिस्ट पार्टीले माक्र्सवादी – लेनिनवादी सिद्धान्तलाई चिनियाँ क्रान्तिको व्यवहारसँग एक गर्ने विचार माओ त्सेतुङ विचारधारालाई आफ्नै सबै कामहरूको निर्देशक सिद्धान्तको रूपमा लिन्छ र कोरा सिद्धान्तवादी या प्रयोगसिद्ध अनुभववादी झुकावहरूलाई विरोध गर्छ । पछि माओ त्सेतुङले माओ त्सेतुङ विचारधाराप्रति गरिने अवास्तविक उल्लेखहरूलाई विरोध गर्दै जानुभयो, जसलाई उहाँले पार्टी र जनताको सामूहिक सङ्घर्षहरूको फल हो भन्दै जानुभयो ।”
माओ त्सेतुङका यी विचारहरूलाई ये चिईलेङले जनवादी गणतन्त्र चीनको स्थापनाको ३० औँ वर्ष समारोहको बैठकमा प्रस्ट पारिदिनुभएको थियो – माओ त्सेतुङ विचारधारा माओ त्सेतुङको व्यक्तिगत बुद्धको मात्रै फल होइन, यो उहाँको सहयोद्धाहरू, पार्टी र क्रान्तिकारी जनताको बुद्धिको फल हो र उहाँले एकचोटि भन्नुभएजस्तै यो पार्टी र जनताको सामूहिक सङ्घर्षहरूबाट बढेको हो ।
हाम्रो लेखा विभागमा राखिएको माओ त्सेतुङका लेखोटहरूबाट हामीले के पायौँ भने १९४८ अगष्ट महिनामा देशव्यापी मुक्तिको अवसरमा विजयको खुशीयालीमा, उ युचङले माओ त्सेतुङ विचारधाराप्रतिको आस्थास्वरूप उत्तरी चीन विश्वविद्यालयको उद्घाटन भाषणमा माओ त्सेतुङ विचारधारालाई माओ त्सेतुङवादमा फेर्ने विचार गर्नुभएको थियो । माओ त्सेतुङलाई एक तार पठाउँदै उहाँले यसबारे निर्देशनहरू मागे र जवाफ यस्तो थियो – यो अभिव्यक्ति सबभन्दा अनुपयुक्त छ । माओ त्सेतुङवाद भन्ने कुनै वस्तु छैन । यो विषय खास गरेर माओ त्सेतुङवादका अध्ययन गर्ने कुरा नभई माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका सिद्धान्तहरू र चिनियाँ क्रान्तिको अनुभवलाई अध्ययन गर्न, विद्यार्थीहरूलाई अध्ययन गर्न आह्वान गर्न जरुरी हुँदै छ । यहाँ उल्लेखित चिनियाँ क्रान्तिका अनुभवमा माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनको सिद्धान्तहरूमा आधारित (माओ त्सेतुङ) चिनियाँ कम्युनिस्टहरूले लेखेका पुस्तिकाहरू र पार्टी केन्द्रीय समितिको सिद्धान्त र नीतिलाई बताउने केही कागतपत्रहरू समावेश छन् ।
लिन प्याओ र चार जनाको गुटले अर्कै उद्देश्य राखेर आफूलाई देवताजस्तो तारिफ गर्ने कोसिसजस्ता गतिविधिबाट माओ त्सेतुङ सा¥है असन्तुष्ट हुनुहुन्थ्यो । माओ त्सेतुङ विचारधारालाई बयान गर्न ‘सर्वोच्च’ ‘सबभन्दा रचनात्मक ढङ्ग’ र ‘विकासको सर्वोच्च चुली’ जस्ता अवैज्ञानिक अभिव्यक्तिहरू जोड्ने कुरालाई उहाँ मन पराउनुहुन्नथ्यो र विरोध गर्नुहुन्थ्यो । २५ जुलाई १९६६ को दिन माओ त्सेतुङले कागज पत्रमा तलको टिपोट लेख्नुभयो – ‘कृपया ध्यान दिनुस् र अबदेखि सर्वोच्च सबभन्दा रचनात्मक ढङ्गले … ’ ‘विकासको सर्वाेच्च चुली’ र सबभन्दा माथिल्ला निर्देशन’ जस्ता भाषाहरूलाई रोक्नुहोला । ८ जनवरी १९६८ को दिन बाहिर पठाउने समाचारको पाठलाई जाँच्नु हुँदा माओ त्सेतुङले तलका दुई हरफहरूमा गाढा पङ्क्तिले काट्नुभएको थियो, “माओका शब्दहरू सबभन्दा उँचो स्तरका, सबभन्दा शक्तिशाली हुन्छन्, उहाँको हरेक वाक्य सत्य छ र एउटा सिङ्गो वाक्य दस हजार वाक्यको बराबर छ । माओले बोल्नुभएको वा लेख्नुभएको हरेक वाक्य सत्य हो र एक सिङ्गो वाक्य दस हजार वाक्यको बराबर छ ।”
हाम्रा कार्यकर्ताहरूमध्ये सा¥है कम तिनीहरू आफूलाई सही पÔका भन्ने सोच्छन् । यसको एउटा कारण हो, तिनीहरू माक्र्सवादी सिद्धान्तको ज्ञानलाई बुझ्दैनन् । यसकारण, ठुलो धैर्यले त्यस्ता … प्रचार गर्नु आवश्यक छ ।
आफ्नो क्रान्तिकारी व्यवहारको लामो वर्षमा माओ त्सेतुङ माक्र्सवादी सिद्धान्तको ज्ञानलाई प्रचार गर्ने ठुलो आवश्यकतासँग सम्बन्धित हुनुहुन्थ्यो । सन् १९३७ मा उहाँले येनानको जापानविरोधी सैनिक, राजनैतिक कलेजमा प्रवचन दिइरहनु हुँदा उहाँले लिनुभएका विषयहरूमध्ये एउटा व्यवहारबारे थियो । येनानमा सुधार आन्दोलन चलिरहँदा अध्ययनको निम्ति कागजपत्रहरूको एक सङ्गालो थियो, जसमा माओ त्सेतुङले लेख्नुभएका धेरै महत्वपूर्ण लेखहरू समावेश थिए । तिनीहरू हुन् – हाम्रो अध्ययनलाई सुधार पार्टीको कामको तरिकामा सुधार गर । पुरानो ढङ्गले पार्टी लेखनलाई विरोध गर, साहित्य र कलाबारे येनान गोष्ठीमा प्रवचन र नेतृत्वको शैलीसम्बन्धी केही प्रश्नहरू । यी रचनाहरू २२ अप्रिल १९४३ को दिन फङलाई माओ त्सेतुङको पत्रमा उल्लेखित ‘सुधार र आन्दोलनका केही कागजपत्रहरू’ हुन् । यस लेखमा उल्लेख गरिएको छ ।
यी रचनाहरूमा माओ त्सेतुङले सिद्धान्तको ज्ञानसम्बन्धी प्रश्नहरूलाई स्पष्ट गर्न ध्यान दिनुभयो । द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई प्रयोग गरेर हरेक कुुरालाई वास्तविकताबाट हाम्रो पार्टीको सैद्धान्तिक नीति निश्चित गर्न तथ्यहरूबाट सत्य खोज्न र सिद्धान्तलाई वास्तविकतासँगै गास्न उहाँले आश्चर्यजनक रूपले प्रस्ट गरिदिनुभयो । यो पनि द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सैद्धान्तिक निर्देशन, माओ त्सेतुङ विचारधाराको सही सार हो ।
सिद्धान्तलाई व्यवहारसँग मिलाउने कुरा माओ त्सेतुङले अगुवाइ गर्नुभएको हाम्रो पार्टीको काम गर्ने तीन मुख्य शैलीमध्ये एक हो । माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ विचारधारा अध्ययन गर्दा हामीले त्यसलाई बुझ्नुपर्दछ र त्यसलाई व्यापक ढङ्गले र ठीकसित लागू गर्नुपर्छ । हामीले त्यसका अडान, दृष्टिकोण र तरिकाहरू सिक्नुपर्छ र तिनीहरूलाई हाम्रो क्रान्ति र निर्माण, सैद्धान्तिक र काम गराइका समस्याहरूलाई सुल्झाउनमा प्रयोग गर्नुपर्छ र माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङका रचनाहरूबाट कण्ठ गरिएका हरफहरूलाई भट्याउनु हुन्न ।
डिसेम्बर १९६० मा सैनिक कमिसनको लामो बैठकको ‘सेनाको राजनैतिक र सैद्धान्तिक कार्यलाई बलियो बनाउने प्रस्ताव’ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको टिप्पणी पढ्नु हुँदा र मूल हस्तलिपिलाई जाँच्नु हुँदा माओ त्सेतुङले त्यसमा एक सा¥है महत्वपूर्ण हरफ जोड्नुभयो – केही शैÔिक पृष्ठभूमि रहेका सशस्त्र सेनाका कार्यकर्ताहरूले माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका मौलिक रचनाहरू अध्ययन गर्नुपर्छ । अध्ययनको तरिका भने हाम्रो कार्यको आवश्यकताअनुसार अध्ययन गर्ने खालको हुनुपर्छ, त्यसको अर्थ हो चिनियाँ र अन्तर्राष्ट्रिय समस्याहरू सुल्झाउने उद्देश्यले माक्र्स, लेनिन र स्तालिनलाई सहायता लिनुपर्छ न कि अध्ययन अध्ययनकै निम्ति होस् अथवा किताबको कीराजस्तै पढ्न । बरु, माक्र्सवाद–लेनिनवादको सार बुझ्नको निम्ति पढ्नुपर्छ । माओ त्सेतुङका रचनाहरू पढ्ने तरिकामा पनि त्यही अपनाउनुपर्छ ।
सही विचार कहाँबाट आउँछ भन्ने रचना माक्र्सवाद–लेनिनवादका जाज्ज्वल्यमान विचारहरू चम्केको एक रचना हो । २ हजारभन्दा पनि कम शब्दहरू भएको त्यस सानो निबन्धले माक्र्सवाद–लेनिनवादी सैद्धान्तिक ज्ञानलाई गम्भीर रूपमा अगाडि ल्याउँछ । यो मूल रूपमा १९६३ मईमा अध्यÔ माओले हाम्रो वर्तमान गाउँले इलाकाको काममा केही समस्यामाथि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको खेस्रा निर्णयमा एक नोट लेख्नुभएको थियो । त्यस कागतपत्रको चौथो हस्तलिपिमा अहिले हामीहरूले के भेट्टायौँ भने माओ त्सेतुङले एक खास पङ्क्ति थप्नुभएको थियो – सत्यलाई जाँच्ने अर्को उपाय छैन ।
२५ सेप्टेम्बर १९६४ को दिन माओ त्सेतुङले केन्द्रीय समितिको एक जिम्मेवार साथीद्वारा खेस्रा गरिएको एक कागत–पत्रमा एक सा¥है महत्वपूर्ण टिपोट लेख्नुभयो – हाम्रा कार्यकर्ताहरूमध्ये सा¥है कम आफूलाई नै ठीक छन् भन्ने सम्झन्छन् । यसको कारण के हो भने तिनीहरू माक्र्सवादी सिद्धान्तको ज्ञानलाई बुझ्दैनन् । यसकारण, माक्र्सवादी सिद्धान्तको ज्ञानलाई ठुलो धैर्यपूर्वक प्रचार गर्नु आवश्यक छ । यसलाई सजिलोसित भन्ने हो भने, यसको अर्थ हो जनसमुदायबाट जनसमुदायमा तल जान र एक खास ठाउँमा बस्न तिनीहरूले आफ्नो मनलाई बलियो पार र तिमीहरूले जनसमुदायका आवाजलाई सुन्न सक्नेछौ, व्यवहारबाट वास्तविक सत्यलाई विस्तारै बुझ्नेछौ । त्यसलाई मानसिक सत्य बनाऊ र तब यसले काम गर्छ कि गर्दैन भनेर हेर्न फेरि व्यवहारमा लैजाऊ । भएन भने फेरि एकचोटि व्यवहारमा जनसमुदायसँग गएर छलफल गर्नुपर्ने हुन्छ । यसप्रकार बनिबनाउ कुराको समस्या अथवा कोरा सिद्धान्तवादको समस्यालाई सुल्झाउन सकिने छ र अनि अन्धविश्वास रहनेछैन । यसरी काम गरिएन भने जति उँचो ओहदाको हाकिम हुन्छ उति उति कम सच्चाइ हुन्छ । यही कुरा माथिल्ला हाकिमहरूलाई लागू हुन्छ र तल्ला हाकिमहरूलाई पनि यही कुरा लागू हुन्छ ।
त्यसको लगत्तै १८ अक्टोबर १९६४ को दिन माओ त्सेतुङले त्यस टिपोटमा अर्को हरफ थप्नुभयो – भौतिक सत्यलाई जान्नु भन्नुको हाम्रो अर्थ हो – व्यवहारले मानिसको वस्तु र बाहिरी भौतिक संसारको सारलाई प्रतिबिम्बित पार्नुु, जो पछि क्रमिक र ठुलठुला परिवर्तनहरूबाट यो मानसिक सत्यमा भएको क्रमिक हेरफेरहरूमा वास्तविक भौतिक सच्चाइ (अर्थात् नियम) प्रतिबिम्बित भएको छ वा छैन भनेर जान्न चाहन्छौ भने हामी फेरि व्यवहारमा गएर यसले काम गर्छ वा गर्दैन भनेर हेर्नु आवश्यक छ ।
माओ त्सेतुङको टिपोटले एकचोटि फेरि बढी धैर्यपूर्वक माक्र्सवादी सिद्धान्तको ज्ञानलाई प्रचार गर्नु आवश्यक छ भन्ने जोड दियो । यसले एकचोटि फेरि जनसमुदायबाट आउने, जनसमुदायमा जाने, व्यवहारबाट सत्यलाई जान्ने र व्यवहारबाटै सत्यलाई जाँच्ने सिद्धान्त बुझ्न सजिलो बाटोलाई व्याख्या ग¥यो । यसले हाम्रा केही साथीहरूमा भएको ‘बनाइएका नियमहरू’, ‘कोरा सिद्धान्तहरू’ र ‘अन्धविश्वास’ लाई हटाई आवश्यकतालाई अगाडि बढायो । सूक्ष्म परीक्षणबाट के देखाउँछ भने माक्र्सवादी सिद्धान्तको ज्ञानबाट टाढा गएपछि उँचो दर्जाका हाकिमहरू कम सच्चाइमा हुन्छन् ।
दस वर्षमा लिन प्याओ र चार जनाको गुटले ठुलो आतङ्क मच्चाउँदा माओ त्सतुङले हुर्काउनुभएका र लामो समयको सङ्घर्षबाट बनाउनुभएका हाम्रो पार्टीका परम्पराहरू, तथ्यबाट सच्चाइ खोज्ने र जननीतिको परम्परालाई जथाभावी कुल्चिदिए । त्यसको परिणाम अनियन्त्रित आदर्शवाद र अध्यात्मवाद थियो, पार्टीलाई कहिले नभएको जस्तो नोक्सान भयो र देश र जनताले ठुलो आपत्ति भोग्नुप¥यो । यो हो – हामीले कहिले बिर्सन नहुने कष्टपूर्ण शिक्षा ।
स्रोत : लर्काे, २०५७ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *