लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, १८ पुस । नेकाको महाधिवेशन गर्ने सम्बन्धमा चुलिएको विवाद यतिबेला उत्कर्षमा पुगेको छ । लामो प्रजातान्त्रिक अभ्यास भएको अनुभव प्राप्त नेकामा जहिले पनि महाधिवेशन कहिले गर्ने सम्बन्धमा किन विवाद हुन्छ भन्ने प्रश्न राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । बारम्बार छलफल गरे पनि नियमित अधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाधिवेशनको तयारीमा लागेपछि नेकाका नेताहरूबिच विवाद उत्कर्षमा पुगेको हो† नेताहरूको मत बाझिएको हो । पुस १८ गते प्रकाशित सबैजसो दैनिक पत्रिकामा नेकाको अधिवेशनबारे भएको विवादको समाचार छापियो । ‘काङ्ग्रेसको विशेष महाधिवेशनको बबाल’, ‘काङ्ग्रेस महामन्त्रीद्वयले लिए जोखिम’, ‘महाधिवेशन विवादले काङ्ग्रेस विभाजनको डिलमा’, ‘पेचिलो बन्दै काङ्ग्रेस किचलो ः विशेष महाधिवेशन विवाद झन् उत्कर्षमा’ जस्ता शीर्षकका विश्लेषणात्मक समाचारहरू छापिए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग संस्थापन पक्षबाट अस्वीकार भएपछि सभापतिको परामर्शबिनै विशेष महाअधिवेशन बोलाउने गृहकार्य गरिएको देखिन्छ ।
महाधिवेशनको विवाद सुल्झाउने सन्दर्भमा शुक्रबार नेकाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्यो । उक्त बैठकमा पार्टीका प्रवक्ताले सम्पूर्ण कार्य तयारी नभएको कारण देखाई वैशाखको अन्तिममा महाधिवेशन गर्ने जानकारी दिए । त्यस विचारप्रति पुसमा महाधिवेशन गर्न चाहने पक्षले असन्तुष्टि देखाएको छ । तत्कालै केन्द्रीय समितिको बैठकले निर्णय नगरे पार्टीको विधानअनुसार महाधिवेशन नरोक्ने पार्टीका महामन्त्री गगन थापाले सञ्चारकर्मीहरूलाई बताए । तर, उनीहरूले नेकाभित्र जस्तो विवाद उत्कर्षमा पुगे पनि नेका विभाजन नहुने बताएका छन् । महाधिवेशन तत्कालै भए पनि नभए पनि पार्टी नफुट्ने उनीहरूको दाबी छ ।
महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । तर, हुने भनिएको यो अधिवेशनमा संस्थापन पक्षको सहमति देखिएको छैन । बोलाइएको महाधिवेशनमा संस्थापन पक्षले सहमति जनाएन भने या संस्थापन पक्षधर महाधिवेशन सदस्यहरू उपस्थित भएनन् भने सो महाधिवेशनले मान्यता पाउँछ कि पाउँदैन ? महाधिवेशनले निर्वाचित गर्ने पदाधिकारी तथा सदस्यहरूले मान्यता पाउँछ कि पाउँदैनन् ? नेकाका प्रवक्ता प्रकाशशरण महतले त संस्थागत निर्णयबिना विशेष अधिवेशनको नाममा भेला बोलाउँदा विभाजनको जोखिम निम्तिने सङ्केत गरेका छन् । यसले विभाजन गर्न चाहने शक्तिलाई बल पुग्ने उनको भनाइ रहेको छ । नेकाका अर्का नेता शेखर कोइराला भन्छन्, केन्द्रीय कार्य समितिले महाधिवेशन बोलाउँदा सिङ्गो पार्टीको सहभागिता हुन्छ । तर, महामन्त्रीहरूले मात्रै बोलाउँदा भेला हुन्छ भन्ने उनको मत रहेको हो । गत मङ्सिर १५ गते सम्पन्न नेकाको बैठकले विशेष महाधिवेशनको निवेदनमा छलफल नगरी नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार नेकाको नियमित महाधिवेशन हुनुपथ्र्याे । तर, त्यो निर्णय पनि लागु नहुने देखिएपछि विशेष महाधिवेशनको कुरा चर्चामा आएको नेकाकै नेताहरू बताउँछन् ।
विशेष महाधिवेशन आह्वान गरेकै भरमा नेका विभाजन नहुने राजनीतिक विश्लेषकहरूको टिप्पणी रहेको छ । विधानअनुसार विशेष महाधिवेशन गर्नु विभाजनमा जानु होइन भन्ने अर्काे थरीको मत पनि छ । तर, संस्थान पक्षकाहरूले नेका विभाजन हुने– नहुने जवाफ महामन्त्रीद्वयले दिनुपर्छ भनी खबरदारी गरेका छन् । महाधिवेशनबारे नेकाका नेताहरूको अभिव्यक्ति र टिप्पणी सुन्दा नेकाका नेताहरूमा प्रजातान्त्रिक अभ्यास र अनुभव भए पनि पदको निम्ति राजनीति भइरहेको अर्काे विश्लेषण छ । हरेक पटकको जस्तो नेकाको सम्मेलन र महाधिवेशनमा यस्ता विवादहरू नेकाभित्र उत्कर्षमा पुगेको हुन्छ । पहिले पनि यस्तै विवाद उत्कर्षमा पुगेपछि नेका (प्रजातान्त्रिक) अलग्ग दल बनेको थियो । नेकाको महाधिवेशनमा भएको विवादबारे अरूको निम्ति टाउको दुखाइको विषय होइन । तर, पुराना, अनुभव प्राप्त र प्रजातान्त्रिक धेरै अभ्यास भएको नेकामा महाधिवेशन गर्नेबारे लामो समयदेखि टुङ्गो नलाग्नु, टुङ्गो नलागेर आ–आफ्नै तालले डम्फु बजाउन थालेपछि नेका विभाजनतर्फ उन्मुख भयो कि भनी शङ्का गर्ने ठाउँ बनाइएको छ ।
Leave a Reply