म भैल खः हुँ
- बैशाख ४, २०८३
चिङकाङ सान पहाड
पहाडका फेदीमा हाम्रा झन्डा र निशानहरू फर्फराउँथे
माथि शिखरमा हाम्रा बिगुल र ढोलकहरू बज्दथे
हजारौँ गुना बलियो शत्रुद्वारा हामीहरू घेरिएका थियौँ
तैपनि हामीहरू निडर र अविचलित नै भइ बसेका थियौँ
हाम्रो सुरक्षा फलामे भित्तासरि नै बलियो थियो
हाम्रो सङ्कल्प पनि किल्लासरि नै संयुक्त थियो
ख्वाङयाइच्येबाट तोपको ठुलो गर्जन के निस्केको थियो
रातारात नै शत्रुको सैन्य अनि भागेर गएको थियो ।
चिङकाङ सानमा फेरि पुग्दा
मैले धेरै समयदेखि आकाङ्क्षा सँगालेको छु
बादलहरूलाई छुने
फेरि म आएको छु टाढाबाट
चढ्न भनेर चिङकाङ सान,
त्यो हाम्रो पुरानो आश्रय थलो
विगत दृश्यहरू फेरिसकेका छन्
ओरियल चराहरू गाउँछन्
भीर–गौँथलीहरू कावा खाँदै उड्छन्
कलकल गरेर बग्छन् चारैतिर सोतोहरू
र बाटो अक्कासिँदै माथितिर लाग्छ
एकपल्ट ह्वाङ याङ चेलाई पार गरेपछि
अरु कुनै पनि भयङ्कर ठाउँले आँखा तान्दैन
बतास र चट्याङ चलायमान भइरहेछन्
ध्वजा र पताकाहरू उडिरहेछन्
जहाँ जहाँ मानिसहरू बस्दछन्
अठ्तीस वर्षहरू सडेर गइसके
यसो आँखा झिमिक्क गर्दैमा
हामी नवौँ लोकमा चन्द्रमालाई अँगालो हाल्न सक्छौँ
र पञ्चसिन्धुहरूमा गोटा खाएर कछुवाहरू समात्न सक्छौँ
हामी विजयका गीत र खित्काहरूका माझ फर्कने छौँ
यो संसारमा गा¥हो भनेको कुनै कुरो छैन
चुलीहरूलाई नाप्ने आँट तिमी गर्दछौ भने ।
Leave a Reply