ऐना
- असार २६, २०८३
एउटा मान्छे
ऊ मरेर पनि साँचिरहन्छ
वर्षाैँ वर्ष सयौँ वर्ष बाँचिरहन्छ
जनजनको मनमा बसिरहन्छ
सपना सजाउँदै
सपना फिजाउँदै
सपनाको उडान भरिरहन्छ
एउटा अजम्मरी मृत्यु
इतिहासको साक्षी बनेर
जीवन–मृत्यु सजिरहन्छ
हो ! ऊ नै महामानव माओ त्सेतुङलाई सलाम ।
एक कालखण्डको प्रतिमूर्ति बनेर
मानव सभ्यताको मुक्तिको बिगुल फुक्दै
एकचित्त चित्तामा अन्तरध्यानमग्न भएर
मानवजातिको उत्थानमा उत्सर्गपूर्ण मृत्यु
मृत्यु शøयाबाट जीवन चियाइरहन्छ
एक सार्थक तपस्वी
एक युगका एक पुरुष
एक युग पुरुष
एउटा ओजस्वी मृत्यु
मानव जीवन र जगत् हल्लाइरहन्छ
इतिहासको साक्षी बनेर
जीवन–मृत्यु सजिरहन्छ
हो ! ऊ नै महामानव माओ त्सेतुङलाई सलाम ।
मान्छे जन्मिन्छन्
जन्मेपछि जन्मदिन मनाउँछन्
मनाउँछन् हर कसैको मनाउँदैनन्
कसैको जन्मदिन यति अर्थपूर्ण हुन्छ
उसैको विश्व जगत्ले खोजीखोजी मनाउँछन्
जो मानव कल्याणमात्रको सत्कर्ममा जुट्छन्
जसको जीवन पुरुषार्थले परिनिष्ठिापूर्ण हुन्छ
उनै मानव जनजनमा जीवित रहन्छन्
संसारको कुनाकाप्चाबाट पुजिरहन्छन्
पलपल हरपल सम्झिरहन्छन्
हरेक वर्ष वर्षौँ वर्ष मनाइरहन्छन्
इतिहासको साक्षी बकेर
जीवन– मृत्यु सजिरहन्छन्
उनै महामानवले धर्तीमा पाइला टेकेको दिन
माओको १३२ औँ जन्मदिन
माओलाई लाल सलाम ।
हो ! उनै महामानव माओ त्सेतुङलाई लाल सलाम ।
Leave a Reply