भर्खरै :

विदेशी दलाललाई संसद्भित्र छिर्ने मौका दिन नहुने

विदेशी दलाललाई संसद्भित्र छिर्ने मौका दिन नहुने

नेपालको संसद्भित्र कुनै पनि विदेशी दलाल, विदेशी शक्तिराष्ट्रको उठबसमा चल्ने दल र दलका नेताहरूलाई छिर्न दिनु हुँदैन; छिर्ने वातावरण नेपाली जनताले तयार गर्नु हुँदैन । विदेशी शक्ति राष्ट्रको इसारा या उठबसमा चल्ने व्यक्तिहरू संसद्मा छिरेमा, छिरेर प्रधानमन्त्री भएमा नेपाल र नेपाली जनतामा अहिले भन्दा बढी दूरगामी असर पर्नेमा शङ्का छैन । तात्तातो र उग्र विचार राख्ने, जोशमा होस नपु¥याउने व्यक्तिहरूको हातमा सरकारको नेतृत्व पुग्यो भने विदेशी चलखेल बढेर देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुग्ने प्रवल सम्भावना हुन्छ । यति बेला देशको राजनीति सही ढङ्गले अघि बढेको छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू क्रियाशील भइरहेको यो देशमा विदेशी चलखेल बढेमा, विदेशीहरूको आर्थिक सहयोगले ठाउँ पाएमा देशको दिशा कतातिर मोड्ने हो ? चिन्ताको विषय छ । सिद्धान्त र विचारले नभिजेका, कुनै दर्शन नभएका दलका युवाहरू यतिबेला नयाँ शक्तिका नयाँ युवालाई ठाउँ छोड्नुप¥यो, बागडोर छोड्नु प¥यो भनी कड्कन थालेका छन् । संसद्मा एक्लैले चिच्याएर केही नहुने भनी जनतालाई भड्काउने, मति बिगार्ने मन्दविष छर्न थालेका छन् । जोशिला, जाँगरिला र आँटिला भनेर उनीहरूलाई निर्वाचनमा जिताएर देश छोड्यो भने देशको भविष्य के होला ? आम जनताले दिमागलाई ठण्डा पारेर सोच्नुपर्ने बेला आएको छ ।
जेन–जीको आन्दोलनको क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीले नेपालमा विदेशीहरू घुसपैठ भइसकेकोमा शङ्का छैन । देशका सम्पत्तिमा आगो लगाएर खरानी पार्ने, खरानी पार्न सहयोग गर्ने दल, दलका मतियार र उच्छृङ्खल तथा अराजक व्यक्तिलाई हुल्याएर देशलाई कमजोर र असफल पार्ने कुत्सित प्रयासतर्फ व्यापक जनता सचेत हुनैपर्छ । फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनलाई जनताले सतही ढङ्गले हेर्नु हुँदैन; युवा हो युवाले गर्छ भनेर जनता चुक्नु हुँदैन, झुक्नु हुँदैन । हल्लाको राजनीति गरेर लहर फैलाउने, ल्याउने दल र दलका युवाहरूदेखि सतर्क हुनैपर्छ । नयाँ दल र शक्तिले गर्ला कि भनेर हामीले आँखा चिम्लेर जो कसैलाई मतदान ग¥यौँ भने पछि नेपाल र नेपाली जनताले धोका पाउनेछन् र हुनसम्मको दुःख पाउनेछन् । त्यस्तै चिन्ता र पीडाले होला, नयाँ दलका युवाहरूलाई पराजित गर्न सकिएन भने देश नै छाड्ने अभिव्यक्ति पनि युवाहरूले दिन थालेका छन् । त्यस्ता पात्रहरूको धरौटी नै जफत गराएर हराउने अठोट पनि उनीहरूले गर्न थालेका छन् ।
आफूहरू जसरी भए पनि जित्नको लागि विगतको निर्वाचनमा भन्दा विदेशी चलखेल बढेको कारण यो पटक निर्वाचनमा पैसाको खोलो बगाउन पनि पछि नपर्ने दल र समूहहरू नहोला भन्न सकिँदैन । अरबपतिका सन्तानलाई समानुपातिकमा नाम राखेर निर्वाचनको निम्ति पैसा जोहो गर्ने खेल खेल्न थालेको आभास पनि यतिबेला हुन थालेको छ । भदौ २४ गतेको आन्दोलनमा घुसेका युवाहरू सिद्धान्त र विचारबाट भिजेका भए† नेपाल र नेपालीप्रति सद्भाव र आस्था र विश्वास भएका भए के सर्वोच्च अदालत, सिंहदरबार, संसद् भवन जल्थ्यो ? अहिले झैँ विदेशी चलखेल बढ्दै गयो भने देशको स्थिति के होला ? ठुला दलका शासकहरूले देशको सम्पत्तिमा रजाइँ गरे, कलकारखाना बेचे, भ्रष्टाचार र अनियमितता गरे, देशलाई परनिर्भर बनाए भनेर देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने कामलाई विकल्प सोच्नु कुनै हालतमा बुद्धिमानी होइन । अदालत, सिंहदरबार र संसद् भवन जलाउनेहरूमाथि खोजीखोजी कारबाही गर्नुपर्नेमा तोडफोड र आगजनी गर्नेहरूलाई प्रोत्साहन मिल्ने, सहयोग पुग्ने दल र दलका उम्मेदवारहरूलाई जिताउनु भनेको नेपाल र नेपाली आमाको छातीमा लातमार्नु सरह हुनेछ ।
विगतको निर्वाचनभन्दा यो निर्वाचनलाई जनताले सहज ढङ्गले हेर्नु मनासिब हुँदैन । यो निर्वाचनमा जनताले गहिरिएर ध्यान पु¥याएनन्; विचार गरेनन् भने देशमा गम्भीर दुर्घटना हुन सक्नेतर्फ सबै सचेत हुनु जरुरी छ । सबै पुराना दल गलत र सबै नयाँ दल ठीक भन्ने भाष्य तय गर्ने काम ठीक होइन । पुराना शासकहरूको कमी कमजोरी औँल्याउनुपर्छ, उनीहरूलाई खबरदारी गर्नुपर्छ । तर, पुराना दललाई हराउने र नयाँ दललाई अगाडि ल्याउने सिद्धान्त र विचारबिनाका दल र दलका उम्मेदवारहरूलाई काखी च्याप्ने कामलाई सही ठान्नु दृष्टिदोष मात्र हुनेछ । पुराना शासकहरूले नेपालमा विदेशी चलखेल गर्न पाउने बाटो कोरेकै कारण देशमा यो स्थिति आएको हो । हिजो आगजनी गर्ने काम गरियो भने भोलि सशस्त्रसहितका युवाहरू उठे भने देशको हालत के हुन्छ ? देशका जनताको सुरक्षा कसरी हुन्छ ? जनता ढुक्कसँग जीवन बिताउन कसरी सहज हुन्छ ? आर्थिक सङ्कट निम्त्याएर, जनतालाई असुरक्षित बनाएर देशलाई गरिबको गरिब बनाउने कसैको सपनालाई हामीले चकनाचुर गर्नुपर्छ । देशलाई असुरक्षित, अन्योल, सङ्कटपूर्ण र अस्थिर बनाउनु परिवर्तन होइन; त्यो नेपाल र नेपाली जनताको आवश्यकता होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *