अन्याय
- माघ ३, २०८२
छायाँ पर्नु हुँदैन ।
छायाँ पर्न गयो भने विकास पछि पर्छ ।
छायाँ होइन हाम्रो जीवनमा उज्यालो आवश्यक छ ।
उज्यालो भन्नु प्रकाश हो ।
प्रकाश भनेको घाम हो ।
यस्तो मौसममा झनै प्रचण्ड घामको आवश्यक छ ।
हाम्रो जीवनमा कदापि छायाँ पर्नु हुँदैन ।
सामाजिक जीवनमा छायाँ प¥यो भने भेदभाव देखापर्छ ।
राजनीतिमा छायाँ पर्दा अराजकता देखापर्छ ।
सांस्कृतिक क्षेत्रमा छायाँ पर्दा सभ्यता पछाडि पर्छ ।
परिवारमा छायाँ पर्दा शान्ति देखापर्दैन ।
प्रशासनिक क्षेत्रमा छायाँ पर्दा भ्रष्टाचार मौलाउने गर्छ ।
आर्थिक क्षेत्रमा छायाँ पर्दा पारदर्शिता भन्ने कुरो टाढा हुन जान्छ ।
स्वास्थ्य क्षेत्रमा त कदापि छायाँ पर्नु नै हुँदैन ।
स्वास्थ्य क्षेत्रमा छायाँ प¥यो भने विकास अवरुद्ध हुन्छ ।
किनभने, स्वास्थ्य भनेको धन हो ।
यसलाई सदुपयोग गर्न सक्नुपर्छ ।
तसर्थ, हर क्षेत्रमा छायाँ पर्नु नै हुँदैन ।
Leave a Reply