ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
भक्तपुर, १९ पुस । भक्तपुर नगरपालिका वडा नं १० को आयोजनामा हाडजोर्नीको स्वास्थ्य शिविर उपप्रमुख रजनी जोशीको आतिथ्यमा शनिबार बेखाल सहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भयो ।
उहाँले घरदैलो नर्सिङ सेवा र स्वास्थ्य स्वयम्सेविकाहरूको प्रतिवेदनको आधारमा नगरवासीहरूलाई स्वस्थ राख्न शिविरको आयोजना गरेको बताउँदै दीर्घ बाल मुटु रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क अपरेसनसमेतको व्यवस्थापन गरेको बताउनुभयो ।
उहाँले देशको लागि जनताले धेरै काम गर्न बाँकी रहेकोले जनता सधैँ स्वस्थ र बलियो भइरहनुपर्ने बताउँदै उच्च शिक्षाबाट कोही पनि बञ्चित हुनु नपरोस् भनेर शैक्षिक ऋणको व्यवस्था गरेको बताउनुभयो ।
उहाँले जनतालाई स्वस्थ बनाउन ठाउँ ठाउँमा कसरतको व्यायामका सामानहरू राखेको र छिकोन व्यायाम प्रशिक्षण दिइरहेको बताउँदै आदर निकेतनको व्यवस्था र यसै वडामा शिशुस्याहार केन्द्रसमेत निर्माण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वडाका वडाध्यक्ष एवं सभापति लक्ष्मीप्रसाद ह्यांैमिखाले नगरवासीहरूलाई रोगबाट मुक्त बनाउने स्वास्थ्य शिविर सञ्चालन, रोगै लाग्न नदिन सरसफाइ र कुहिने र नकुहिने छुट्याई सङ्कलन गरिरहेको बताउँदै जसरी सवारी साधन सर्भिसिङ गरिरहन्छौँ त्यस्तैगरी हाम्रो शरीरको पनि स्वास्थ्य परीक्षण गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले विदेशी ऋणले विकास गर्नुभन्दा आफ्नै खुट्टामा उभिएर विकास गर्नुपर्ने बताउँदै विदेशी ऋण प्रतिव्यक्ति ९० हजार रुपैयाँ पुगेको बताउनुभयो ।
कार्यक्रममा डा.मनिष प्रधानाङ्ग, कृष्णनारायण डुमरु, लक्ष्मीप्रसाद चवालले पनि बोल्नुभएको थियो । शिविरमा १५० जनाले सेवा लिनुभएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
Leave a Reply