भर्खरै :

भेनेजुयलाको बोलिभारियाली गणतन्त्रको वक्तव्य अमेरिकी सरकारको निन्दा गर्दै जवाफदेही बनाउन लागौँ !

भेनेजुयलाको बोलिभारियाली गणतन्त्रको वक्तव्य अमेरिकी सरकारको निन्दा गर्दै जवाफदेही बनाउन लागौँ !

भेनेजुयलाको बोलिभारियाली गणतन्त्र संरा अमेरिकाको वर्तमान सरकारले भेनेजुयाली भूगोल तथा जनताविरुद्ध राजधानी काराकसका नागरिक तथा सैन्य क्षेत्रहरूका साथै मिरान्दा, अरागुआ र ला गुआइरा राज्यहरूमा अत्यन्त गम्भीर सैन्य आक्रमण गरेकोमा अन्तर्राष्ट्रिय जगतसामु अस्वीकार, निन्दा एवम् भत्र्सना गर्दछ । अमेरिकी कार्य संयुक्त राष्ट्रसङ्घको बडापत्रको खुला उल्लङ्घन हो । विशेषतः बडापत्रको दफा १ र २ मा (सदस्य देशहरूको) सार्वभौमसत्तालाई सम्मान, कानुनका नजरमा (सदस्य राज्यहरूको) समान हैसियत तथा (सदस्य राज्यविरुद्ध) बलप्रयोगलाई निषेध गरिएको छ ।
यस्तो आक्रमणले अन्तर्राष्ट्रिय तथा विशेषतः ल्याटिन अमेरिका र क्यारिबियाको शान्ति र स्थिरतालाई गम्भीर खतरामा पार्नुका साथै करोडौँ जनताको जीवनलाई जोखिममा पारेको छ ।
यस आक्रमणको उद्देश्य भेनेजुयलाको राजनीतिक स्वाधीनतालाई बलपूर्वक तोड्दै यहाँका रणनीतिक स्रोतसाधनमाथि कब्जा जमाउनु हो† विशेषगरी यहाँको इन्धन र खनिज सम्पदा कब्जा गर्नु हो । तिनीहरू सफल हुनेछैनन् । दुई सय वर्षसम्म स्वतन्त्र देशको रूपमा बाँचेका यहाँका जनता र यिनको वैध सरकार अहिले आफ्नो सार्वभौमसत्ता तथा आफ्नो भाग्यको निर्णय आफै गर्ने अविच्छिन्न अधिकारको रक्षा गर्न दृढ छन् ।
फासीवादी सम्भ्रान्त वर्गसँगको मिलेमतोमा देशको गणतान्त्रिक सरकारलाई ध्वस्त गर्न बलजफ्ती उपनिवेशवादी युद्ध थोप्ने र बलात ‘सत्तापलट’ गर्न खोज्ने प्रयास अघिल्ला दुष्प्रयासहरूजस्तै विफल हुनेछ ।
सन् १८११ यता भेनेजुयलाले विभिन्न साम्राज्यको सामना गरेको र तिनलाई परास्त गरेको छ । सन् १९०२ मा विदेशी शक्तिहरूले हाम्रा समुद्री तटहरूमा बमबारी गर्दा राष्ट्रपति सिप्रियानो क्यास्त्रोले घोषणा गर्नुभयो, “विदेशीको उद्दण्ड पाइलाले हाम्रो मातृभूमिको पवित्र भूमिलाई बिटुल्याएको छ ।” आज बोलिभार, मिरान्डा र हाम्रा मुक्तिदाताहरूको नैतिकबलका साथ भेनेजुयली जनताले साम्राज्यवादी आक्रमणको सामना गर्दै आफ्नो स्वाधीनताको रक्षा गर्न उठेका छन् ।
बोलिभारियाली सरकार देशका सम्पूर्ण सामाजिक र राजनीतिक शक्तिहरूलाई परिचालित हुन र यो साम्राज्यवादी हमलाको प्रतिकार गर्न आह्वान गर्दछ । भेनेजुयलाका जनता र यहाँको बोलिभारियाली राष्ट्रिय सशस्त्र बल, जनता–सेना–प्रहरीको एकमना एकता प्रदर्शन गर्दै सार्वभौमसत्ता तथा शान्ति सुनिश्चित गर्न तैनाथ भएका छन् । ‘शान्तिका लागि बोलिभारियाली कूटनीति’ ले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्, यसका महासचिव, सेलाक र नामसमक्ष आफ्नो उजुरीपत्र बुझाउनेछ† संरा अमेरिकी सरकारको निन्दा गर्न तथा उसलाई जवाफदेही बनाउन माग गर्नेछ ।
यस अर्थमा राष्ट्रपति निकोलस मादुरोले राष्ट्रको सरहदभरि बाह्य चलखेलको स्थिति रहेको घोषणा गर्दै आदेशमा हस्ताक्षर गर्नुभएको छ । जनताको हकअधिकारको रक्षा गर्न, यस गणतन्त्रका विभिन्न निकायको पूर्ण रूपमा सञ्चालित हुन तथा तत्कालै सशस्त्र सङ्घर्षमा जान उहाँले आदेश दिनुभएको छ । यो साम्राज्यवादी आक्रमणलाई परास्त गर्न समग्र देश नै सक्रिय हुनुपर्छ ।
उहाँले देशका समग्र रक्षा कमान्डलाई सम्पूर्ण प्रान्त तथा नगरपालिकाहरूमा तत्कालै तैनाथ हुन आदेश दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको बडापत्रको दफा ५१ मा प्रतिबद्ध रहँदै भेनेजुयलाले आफ्ना जनता, भूभाग एवम् स्वाधीनताको रक्षा गर्ने वैध अधिकार प्रयोग गर्ने हक राख्छ ।
राष्ट्रपति निकोलस मादुरोले भेनेजुयलाको बोलिभारियाली गणतन्त्रको संविधान, अपवाद परिस्थितिको मौलिक कानुन तथा राष्ट्रिय सुरक्षाको मौलिक कानुनमा उल्लेख प्रावधानहरूमा टेकेर उपयुक्त समय र परिस्थितिमा सम्पूर्ण राष्ट्रिय प्रतिरक्षा योजना कार्यान्वयन गर्ने प्रबन्ध मिलाउनुभएको छ ।
हामी ल्याटिन अमेरिका, क्यारिबिया एवम् विश्वभरिका जनता तथा सरकारहरूलाई यो साम्राज्यवादी आक्रमणविरुद्ध सक्रिय ऐक्यबद्धता जनाइदिनुहुन आग्रह गर्दछौँ ।
सर्वोच्च कमान्डर ह्युगो चाभेज फ्रायजले भन्नुभएको थियो, “साना–ठूला जत्रा हुन्, नयाँ जटिलताहरू आए भने सम्पूर्ण देशभक्तहरूले एउटै जवाफ दिन्छन् – एकता, सङ्घर्ष, लडाइँ र विजय ।”
काराकस । ३ जनवरी, २०२५ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *