नव वर्षको शुभकामना !
- चैत्र ३०, २०८२
ए अमेरिका
म एक स्वाभिमान नागरिक हुँ,
त्यसैले त
बमको विरोधी हुँ
न्यायको पक्षमा बोल्छु ।
आज भेनेजुयला जलिरहेको छ,
र आगो बाल्ने हात
माइक्रोफोन समातेर
मानवअधिकारको प्रवचन दिइरहेको छ ।
सुन अमेरिका,
यदि बमले
लोकतन्त्र जन्माउँथ्यो भने
इराक आज चिहान हुने थिएन,
अफगानिस्तान
अनाथालय बन्ने थिएन ।
तिमीले लगाएको प्रतिबन्ध
नीति होइन,
सामूहिक सजाय हो ।
भोक भेनेजुयलाको अपराध होइन,
तिमीले थोपरिएको
हिंसा हो ।
जहाँ तेलको गन्ध आउँछ
त्यहाँ तिम्रो नैतिकता मर्छ,
र ‘मानवअधिकार’
प्रेस विज्ञप्तिमा
ढलेर बस्छ ।
ड्रोन उड्दा
हामी कानुन देख्दैनौँ,
हामी आकाशबाट
मृत्यु झर्दै गरेको देख्छौँ ।
म एक स्वाभिमान नागरिक हुँ,
मलाई थाहा छ
अमेरिका तिम्रो पाठ्यक्रम
पहिले नाकाबन्दी,
पछि बम,
अनि अन्त्यमा
‘मुक्ति’ को भाषण ।
भेनेजुएला,
तिमी एक्लो छैनौ ।
हरेक स्वाभिमानी देशहरूले
तिम्रो पीडामा
आफ्नै इतिहास पढिरहेका छन् ।
र बुझिरहेछन्
अमेरिका,
शक्ति होला
तर सत्य हैन
सत्य त
हाम्रो चिहानमा लेखिएको छ ।
म कायर हैन
त्यसैले तटस्थ बस्दिनँ,
किनकि तटस्थता
अत्याचारको
सबैभन्दा सभ्य समर्थन हो ।
आज मेरो आवाज सानो छ,
तर याद राख
साम्राज्यहरू
यस्तै साना झिर्काहरूले
तिम्रो साम्राज्य ढनाउन सक्छ
जलाउन सक्छ ।
म एक स्वाभिमान नागरिक हुँ
Leave a Reply