भर्खरै :

भारतमा बलात्कारीलाई मृत्युदण्ड हुने

भारतले बाह« वर्षभन्दा कम उमेरका केटीलाई बलात्कार गर्ने बलात्कारीलाई मृत्युदण्डको सजाय दिने निर्णय गरेको छ । १६ वर्षभन्दा माथिका केटीहरुलाई बलात्कार गर्ने बलात्कारीलाई कारागार सजाय १० वर्षमा बढाइएको छ । अनि १६ वर्षभन्दा मूनिका केटीहरुलाई बलात्कार गर्नेलाई २० वर्षको जेल सजाय निर्णय भएको छ । साथै सरकारले बलात्कारसम्बन्धि कुनै पनि मुद्दा बढीमा दुई महिनाभित्र फैसला गरिने निर्णय भएको छ ।
भारत सरकारको उक्त निर्णयसँगै बलात्कारीलाई ज्यान सजायको माग गर्दै अनसन बस्दै आएकी दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले अनसन तोडेकी छिन् ।
‘हरेक दिन तीन,चार वा छ जना केटीहरु निर्मम बलात्कारको शिकार बनेका छन् । मैले धेरै पटक ज्ञापन पत्र र विरोध पत्र दिएँ । अन्ततः मैले भोक हड्ताल गर्ने निर्णय गरें । यो मेरो कुनै रणनीति थिएन । तर क्रमशः देशभरबाट मानिसहरु मैले उठाएका मुद्दामा सहमति जनाउँदै समर्थनमा आउन थाले । आखिरमा जनताको आन्दोलनसमक्ष प्रधानमन्त्री झुक्न बाध्य भए । कानुनमा संशोधन भएको छ । म सबै भारतीय जनतालाई बधाई दिन चाहन्छु ।’, मालिवालले भनिन् ।
महिला र केटीहरुको सुरक्षा सन्दर्भमा मोदी सरकारको चर्को र व्यापक आलोचना भए पछि मोदी स्वंय यो निर्णय गर्न अग्रसर भएका हुन् । अर्को वर्ष हुने आमचुनावमा समेत यो मुद्दाले प्रभाव पार्न सक्ने देखेपछि मोदी सरकारले बलात्कारीलाई कडा सजायको कानुन संशोधन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *