ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
केप टाउन, ५ जनवरी (सिन्ह्वा) । दक्षिण अफ्रिकाका विभिन्न राजनीतिक, नागरिक समाज र श्रम सङ्घ सङ्गठनहरूले भेनेजुयलामा अमेरिकाको सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । उनीहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
शनिबार जारी विज्ञप्तिमा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले अमेरिकी प्रशासनद्वारा भेनेजुयलामा भएको ‘सैन्य आक्रमण’ लाई ‘आपराधिक’ भनेको छ । पार्टीका अनुसार यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरको स्पष्ट उल्लङ्घन हो ।
पार्टीले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीको अपहरणलाई ‘अन्तर्राष्ट्रिय डकैती’ को रूपमा वर्णन गरेको छ । अमेरिका शनिबार भेनेजुयलामा सैन्य कारबाही सञ्चालन गरेको थियो, जसमा मादुरो र उहाँकी पत्नी पक्राउ परेर भेनेजुयलाबाट बाहिर लगिएका छन् ।
पार्टीका अनुसार अमेरिकी कारबाही लामो समयदेखि भेनेजुयलाविरुद्धको धम्की र शत्रुतापूर्ण वक्तव्यको परिणति हो । यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा खतरा र लाखौँ नागरिकको जीवन जोखिममा पारेको छ । अमेरिकी प्रशासनको उद्देश्य भेनेजुयलाका रणनीतिक स्रोतहरू नियन्त्रणमा राखेर आफ्नो इच्छानुसारको शासन स्थापना गर्नु रहेको पार्टीले जनाएको छ ।
सङ्गठनले भेनेजुयलाको जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्ने अधिकारको समर्थन गरेको छ ।
त्यसैगरी, नागरिक समाजको समूहले संयुक्त विज्ञप्तिमा अमेरिकी बमबारीको निन्दा गरेको छ । उनीहरूले भनेका छन्, “यस सैन्य आक्रमणले भेनेजुयलाको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि अवैध हस्तक्षेप गरेको छ । यो संयुक्त राष्ट्रसङ्घको चार्टरको स्पष्ट उल्लङ्घन हो । सबैभन्दा महत्वपूर्ण कुरा, यो भेनेजुयलाका जनताविरुद्धको आक्रमण हो ।”
उनीहरूले भेनेजुयलालाई यसको तेल स्रोतको कारण लक्षित गरिएको र यसको निर्वाचित सरकारलाई आफ्नो इच्छानुसारको शासनमा बदल्न खोजिएको बताएका छन् । “हामी दक्षिण अफ्रिकीको हैसियतमा विश्वभरका शान्तिप्रेमीहरूसँग मिलेर भेनेजुयलामा हस्तक्षेप रोक्न र अमेरिकी आक्रमण अन्त्य गर्न आह्वान गर्छौँ ।”
यसैगरी, दक्षिण अफ्रिका श्रम सङ्घ महासङ्घले पनि अमेरिकी अवैध सैन्य हस्तक्षेपको कडा निन्दा गरेको छ । यस सङ्घका अनुसार, “यो कूटनीति होइन, कानुन पालन होइन र लोकतन्त्र प्रवद्र्धन होइन । यो नग्न आक्रमण, शासन परिवर्तन युद्ध र साम्राज्यवादको आपराधिक नीति हो ।”
दक्षिण अफ्रिकाको मजदुर सङ्घले विश्वभरका प्रगतिशील शक्तिहरूलाई अमेरिकी आक्रमणको निन्दा गर्न आह्वान गरेको छ । यस सङ्घले संयुक्त राष्ट्रसङ्घलाई भेनेजुयलासँग उभिनुपर्नेमा जोड दिएको छ ।
Leave a Reply