भर्खरै :

सूर्यविनायक वडा नं. ६ मा माओ र स्तालिनको सम्झना

सूर्यविनायक वडा नं. ६ मा माओ र स्तालिनको सम्झना

भक्तपुर, २४ पुस । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक – ६ वडा समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरको प्रमुख आतिथ्यमा माओको १३२ औँ र स्तालिनको १४७ औँ जन्मदिवसको अवसरमा बुधबार कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा थापामगरले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा शासक दलका नेतताहरू भागाभाग भई बोल्न सकने कोही नभएको, देशमा के हुंँदैछ भन्ने सरकार जानकार नभएको बताउँदै जेनजीको नाममा उपद्रो गराउन अरबौँ पैसा खर्च गरी तालिमप्राप्त युवाशक्ति साम्राज्यवादीहरूले परिचालन गर्न लगाएको हो भन्नुभयो ।
बुद्धिजिवीहरूले नै ठुला पार्टीको दास मानसिकता बोक्नाले देश डुबाउने खेलमा बुद्धिजिवीहरूको हात रहेको हुन्छ भन्दै उहाँले रास्वपा भन्ने पार्टी वास्तवमा खास्वपा (खान आएको) भएको प्रमाणित हुँदैछ, यिनले देश विदेशीको हातमा पु¥याउन सक्न सम्भावना रहेको बताउनुभयो । उहाँले भेनेजुयलाका राष्ट्रिपति मादुरो साम्राज्यवादले अपहरण लागुपदार्थ तस्करीको लगाएर अपहरण गरेको वास्तवमा भेनेजुयलाको तेल खानी, खनिज पदार्थ कब्जा गर्ने अमेरिकी सोच रहेको बताउनुभयो ।
अर्का अतिथि नेमकिपा सु.न.पा. नगर समितिका सचिव महेन्द्र बखुन्छेले माओ र स्तालिनको जन्मदिवसको चर्चा गर्दै सही बाटोमा लाग्न सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
रास्वपाको एकता दक्षिणपन्थी हो भन्दै उहाँले देशको मतलव नगर्ने पदको लागि मात्र हो भन्नुभयो । उहाँले काङ्ग्रेस, एमाले, नेकपा सत्ताको भागबन्डामा मात्र लागेका छन् भन्दै जनतालाई पैसा बाँडेर चुनाव जित्दैमा समाजवाद आउँदैन र कान्ति हँुदैन भन्नुभयो ।
कार्यक्रममा स्वागत नेमकिपा सु.न.पा.छ वडा समितिका सह सचिव चनमती खुलिमुलि बखुन्छेले गर्नुभएको थियो ।
सभापतित्व नेमकिपा सु.न.पा. – ६ वडा समितिका अध्यक्ष रामकृष्ण बखुन्छेले र कार्यक्रम सञ्चालन नेमकिपा सु.न.पा. – ६ वडा समितिका सचिव राधेश्याम भुजुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *