“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
भक्तपुर, २४ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको १९ औँ नगरसभाको बिहीबार एक समारोहबिच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
सभामा सचिव सुवालले भक्तपुरलाई सफा, सुन्दर र स्वच्छ नगरको रूपमा विकास गर्न नागरिकहरूमा नागरिक भावनाको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरलाई स्वच्छ नगर बनाउन नगरका सडक, गल्ली र चोकहरू सबै सफा राख्नुपर्छ भन्दै उहाँले भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषण फाल्ने उद्योगहरूलाई पायक पर्ने ठाउँमा स्थानान्तरण गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणसँगसँगै पर्यटन उद्योगको विकासमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुरको विकास निर्माणको काम उपभोक्ता मोडलबाटै अगाडि बढाउनु उपयुक्त हुने बताउनुभयो ।
जनताको समस्या सम्बोधन गरी देको मिवा आवास योजनालाई छिट्टै सम्पन्न गर्नेतर्फ नगरपालिकाले अगाडि बढ्न मार्गनिर्देश गर्दै उहाँले विद्यालय र विश्वविद्यालयलाई उत्पादन श्रमसँग जोड्ने शिक्षा आवश्यक रहेको बताउनुभयो ।
अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै सचिव सुवालले अमेरिकाले भेनेजुयलामाथि गरेको साम्राज्यवादी आक्रमणले संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनसमेत उल्लङ्घन भएको बताउनुभयो ।
नयाँ पुस्तालाई नयाँ विचार, सूचना र प्रविधिसँग जोड्दै लानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यालयमा पाठ्यक्रमअनुसार विद्यालय शिक्षकको बन्दोबस्त गर्नुपर्ने, समय समयमा खाद्य अनुगमन गर्नुपर्ने, सांस्कृतिक नगर बनाउन प्रयास जारी राख्नुपर्ने, सडकहरूमा हरियाली कायम गर्नुपर्ने, युवाहरूलाई कुलतबाट टाढा राख्नुपर्ने र नयाँ पुस्तालाई खेलकुद, सङ्गीत, वाद्यवादन, नृत्य, चित्रकलालगायत अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउनुपर्ने बताउनुभयो ।
नगरसभा उद्घाटन कार्यक्रममा सभाका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ.व. २०८२/८३ मा पारित बजेटको आधारमा साउनदेखि पुस २० गतेसम्म भएका कार्यहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्नुभयो ।
उहाँले ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुर नगरपालिकाको नेतृत्वमा बसेर काम गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै जनताको बलियो साथ र सहयोगबिना भक्तपुरको यो स्तरको विकास सम्भव नभएको बताउनुभयो ।
उहाँले स्थानीय तहहरू अधिकारसम्पन्न र स्वायत्त भएमात्रै जनताका आवश्यकताहरू छिटो–छरितो पूरा गर्न सकिन्छ भन्ने मान्यताअनुसार भक्तपुर नगरपालिकाले पूर्ण स्वायत्तताको अभ्यास गरिरहेको बताउँदै स्थानीय तहहरूलाई अधिकारसम्पन्न बनाउन समय–समयमा सरकारको ध्यानाकर्षण गरिरहेको बताउनुभयो ।
भक्तपुरलाई पारदर्शी, भ्रष्टाचारमुक्त र सम्पदा संरक्षित तथा पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न कटिबद्ध भएर लागिरहेको बताउँदै उहाँले जनप्रतिनिधि, स्थानीय जनता र राजनैतिक कार्यकर्ताहरूको एकमनको एकतालाई अझ बलियो बनाउनुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक समृद्धि र आधुनिक विकासले भक्तपुरको विकास ‘एकादेशको कथा’ जस्तै बनेकोे छ भन्दै पुराना सम्पदा र नयाँ विकासका प्रयासहरूले आजको भक्तपुर निर्माण भएको बताउनुभयो ।
भौतिक पूर्वाधारका संरचनाहरू निर्माण हुनुमात्रै विकास होइन भन्दै उहाँले विकासको परिभाषालाई नै पुनःव्याख्या गर्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
सांसद गोसाईले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन देशको विकासको निम्ति हो वा विनाश भन्ने विषय अहिले विचारणीय भएको बताउँदै भक्तपुर नगरपालिकाको नियमित प्रकाशनहरू ‘भक्तपुर मासिक’ र ‘ख्वप पौ’ भक्तपुरको विकासको प्रतिबिम्ब हो भन्नुभयो ।
नगरपालिकाले सञ्चालन गरेको जनज्योति पुस्तकालयलाई स्तरीय पुस्तकालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नगरपालिकाले प्रावि तहका विद्यालयहरूको सुधारतर्फ पनि ध्यान दिनुपर्ने र विद्यालयहरूका गणित र विज्ञान प्रयोगशालाहरू निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई नमुना नगरको रूपमा अघि बढाउन योगदान पु¥याउनुहुने सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्दै जनताको निःस्वार्थपूर्वक सेवा गर्ने अठोटका साथ भक्तपुरका जनप्रतिनिधिहरू अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भक्तपुर नगरपालिकाले प्रगतिउन्मुख काम गरिरहेको बताउँदै देशकै सानो नगरपालिका भएर पनि देशलाई दिशानिर्देश गर्ने उदाहरणीय काम भक्तपुर नगरपालिकाले गरेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले अस्पतालका सेवा र प्रगतिहरूबारे र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कलेजबाट प्रवाहित सेवा सुविधाबारे अवगत गराउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको १९ औँ नगरसभा बिहीबारबाट सुरु
भक्तपुर नगरपालिकाका प्रमुख एवम् उन्नाइसौँ नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको उन्नाइसौँ नगरसभाको पहिलो बैठक पुस २४ गते बस्यो ।
बैठकले नगरसभाको उद्घाटन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवादज्ञापन प्रस्ताव सर्वसम्मतिले पारित गर्यो ।
बैठक सुरु गर्दै सभाध्यक्ष प्रजापतिले विभिन्न देशबाट सञ्चालित आईएनजीओ र एनजीओको पैसाले राजनीतिक परिवर्तन ल्याउन सक्नेतर्फ सचेत हुनुपर्छ भन्नुभयो ।
अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमणजस्तै नेपालमा पनि कुनै विदेशी शक्तिले आक्रमण गर्न सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा उहाँले नगरसभाको अर्को बैठक पुस २५ गते बिहान ९ बजे बस्ने जानकारी गराउनुभयो ।
Leave a Reply