रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
सिरियाका उपविदेशमन्त्री एमन सुसानले सिरिया सरकारले रसायनिक हतियार प्रयोग गरेको भन्ने आरोप रसायनिक हतियार निषेध संगठन(ओपीसीडब्ल्यु)को अनुसन्धान पश्चात झुठो प्रमाणित हुने बताएका छन् । उनले सो सम्बन्धमा पश्चिमा देशहरुको झुठको चाँडै पर्दाफास हुने भन्दै सिरिया सरकारले अझै पनि अन्तर्राष्ट्रिय वैधानिकता र अन्तर्राष्ट्रिय संगठनका कामहरुमा समर्थन जनाइरहेकोमा जोड दिए । ‘यदि उनीहरु घोयटामा रसायनिक हतियार प्रयोग भइरहेको बताइरहेका छन् र यदि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा फ्रान्स र बेलायत वास्तवमै सत्य जान्न चाहन्छन् भने उनीहरुले यो विषयमा अध्ययन गर्न ओपीसीडब्ल्युलाई उपयुक्त वातावरण बनाइदिनुपर्दछ किनभने त्यो विषयमा जानकारी संगठन भनेको ओपीसीडब्ल्यु नै हो । अन्तर्राष्ट्रिय संगठनका काममा हस्तक्षेप बन्द गरिनु पर्दछ ।’, सुसानले भने ।
‘अनुसन्धान टोलीले आफ्नो काम थाले पश्चात पश्चिमाहरुले प्रचार गरिएको सत्य आफै सतहमा आउनेछ । अनि उनीहरुले दोउमा हमलाका सन्दर्भमा जे जति पनि आरोप लगाएका छन्, ती सबै झुठा सावित हुनेछन् ।’
ओपीसीडब्ल्युको टोली गएको अप्रिल १४ मा दमास्कर शहरमा पुगेको छ । संरा अमेरिका, बेलायत र फ्रान्सको हमलाका कारण सो विशेषज्ञ टोलीलाई अनुसन्धान गर्न कठीनाई भइरहेको सिरियाली सहायक विदेशमन्त्रीको भनाई थियो ।
टोली अघिल्लो पटक द्वन्द्वरत दोउमा शहरमा पस्दा खोज्दा पश्चिमा आक्रमणका कारण जान सकेका थिएनन् । गएको शुक्रबार मात्र उनीहरु दोउमा शहर पुगेका थिए ।
Leave a Reply