भर्खरै :

चुनाव के हो ?

चुनाव के हो ?

प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री
बरोबर बनेकाहरू
फेरि पनि मरिहत्ते गरिरहेकाहरू
साम्राज्यवादका दलालहरू
विस्तारवादका कठपुतलीहरू
देशलाई २८ खर्ब ऋण बोकाउनेहरू
वर्षको १५ खर्ब व्यापार घाटा पार्नेहरू
करोडौँ नेपालीलाई विदेश पठाउनेहरू
उर्वर भूमि मरुभूमि बनाउनेहरू
दाल, चामल, तरकारी, फलफूल
सबै सबै विदेशबाट किन्नेहरू
नयाँ र पुराना दाबी गरेका
देशद्रोही र जनविरोधीहरू
सोत्तर पार्नुपर्ने, पत्तासाफ गर्नुपर्नेहरू
जनताले बुझ्नैपर्ने चुुनाव
देश र जनताको निःस्वार्थ सेवा गर्ने
देशभक्तहरूलाई जिताउनुपर्ने
यही हो चुनाव ।
२०८२ माघ २

Leave a Reply

Your email address will not be published. Required fields are marked *