विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुरको मनमोहक माटोमा
ख्वप बहु–प्राविधिक संस्थानको स्थापना जहाँ ।
कागजमा होइन
हाम्रो हातमा सीप लेखिन्छ यहाँ,
शब्दमा होइन
कर्ममा भविष्य देखिन्छ यहाँ ।
सेतो एप्रोनको सपनासँग
सेवाको संस्कार बोकेर,
मानवताको बाटोमा
हामीलाई डो¥याउने यो घर ।
ख्वप बहु–प्राविधिक संस्थान,
नर्सिङ शिक्षाको उज्यालो पहिचान ।
जहाँ गुण, ज्ञान र सीप
एकै साथ पाउँछन् सम्मान ।
इन्जेक्सनमा साहस
ड्रेसिङमा माया,
नर्स बन्ने यो यात्रा
हो मानवताको छायाँ ।
रोगीको पीडामा
आफ्ना सुख बिर्सन सिकाउने
नर्स बन्ने होइन
असल मान्छे बन्ने कला सिकाइन्छ यहाँ ।
सेवा, सीप र समर्पण ख्वप नर्सिङको पहिचान
हातमा सीप, मनमा करुणा
यसको श्रेय जान्छ
हाम्रा गुरु–गुरुआमालाई सधैँ ।
शिक्षकको मार्गदर्शन
विद्यार्थीको समर्पण
र ख्वप बहु–प्राविधिक संस्थानको पहिचान
यिनै हाम्रो सफलताका आधार हुन् ।
ख्वप बहु–प्राविधिक संस्थान सीपको पहिचान
भक्तपुर नगरपालिका शिक्षाको अभियान ।
शिक्षक–शिक्षिकाको माया र मेहनत
नगरपालिकाको दृष्टि र योगदान
मिलेर बनाउँछ उज्यालो भविष्य
यस कलेजको सम्मान ।
शिक्षक–विद्यार्थीको सम्बन्ध सधैँ अमर रहोस्
ख्वप बहु–प्राविधिक संस्थानको गरिमा सधैँ उच्च रहोस् ।
(ख्वप बहुप्राविधिक संस्थानको २२ औँ वार्षिकोत्सवमा वाचित कविता)
Leave a Reply