भर्खरै :

देश र जनताको सेवा गर्न नेमकिपा स्थापना

देश र जनताको सेवा गर्न नेमकिपा स्थापना

भक्तपुर, ३ माघ । नेपाल मजदुर किसान पार्टी भनपा ७, इनाचो – चोर्चा समिति भक्तपुरको आयोजनामा ठुली बह्मायणी मन्दिर परिसरमा शनिबार एक प्रशिक्षणात्मक कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “नेमकिपाको स्थापना देश र जनताको निःस्वार्थ सेवा गर्न भएको हो ।”
उहाँले भक्तपुर किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षाको आन्दोलन, विस्तारवाद र साम्राज्यवादविरोधी आन्दोलनको थलो हो भन्नुभयो ।
उहाँले यो यथार्थ पुरानो पुस्ताले नयाँ पुस्तालाई बताउन जरुरी छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सृजना सैँजुले देशमा विदेशी चलखेल बढेको हुँदा नेपाली जनता जहिल्यै चनाखो भएर बस्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ठुला दलका नेताहरूमा राजनीतिक अनुशासन नभएको हुँदा देशको राजनीतिक स्थिति भद्रगोल भएको उल्लेख गर्दै उहाँले सिंहदरबार, अदालत जल्नु भनेको इतिहास जल्नुसरि हो भन्नुभयो ।
देशमा भएको विगतको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनको इतिहास र हालको राजनीतिक परिस्थितिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने आवश्यकताबारे प्रकाश पार्दै उहाँले कुनै पनि नेपाली विदेशीको इसारामा चल्न नहुने बताउनुभयो ।
समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुको सभापतित्वमा भएको सो कार्यक्रममा विष्णुराम दुमरु र चन्द्रप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *