हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ३ माघ । भ.न.पा.४ वडा कार्यालयको आयोजनामा शनिबार हार्डजोर्नी तथा नसा रोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।
शिविरमा भनपा उपप्रमुख रजनी जोशीले नयाँ पुस्तालाई संस्कृति संस्कारबारे बताउँदै बाजागाजा, खेलकुदमार्फत योग्य नागरिक तयार पार्न नगरपालिकाले हरसम्भव प्रयास गर्दै आइरहेको जानकारी गराउनुभयो ।
शिक्षा, सरसफाइमा उत्कृष्ट स्थान हासिल गर्न सक्नुमा नगरवासी, जनप्रतिनिधि र कर्मचारीहरूको समन्वयकारी भूमिकाबाहेक नेमकिपाको चुनावी घोषणा पत्रबमोजिम काम हुँदै आउनु मुख्य कारण भएको उहाँले स्पष्ट पार्नुभयो । नागरिकको स्वास्थ्य राम्रो नहुञ्जेल समाज र देशको निम्ति उपयुक्त जनशक्ति निर्माणमा समस्या हुने भएकोले नगरपालिकाले स्वास्थ्य शिविर राख्न जोड दिँदै आइरहेको बताउनुभयो । भनपाले शिशुस्याहारदेखि कलेजसम्म कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र उच्च शिक्षा हासिल गर्न शैक्षिक कर्जाको व्यवस्था गरिएको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्लले कुरकुरे हडी बिग्रेर घाउ भई दुख्ने बताउँदै दुखेको हडीको भाग हटाउँदा दुखाइ कम हुने हुनाले घुँडा फेर्न डराउन नहुने सुझाव दिनुभयो ।
सरकारसित २३ करोड रकम बराबरको बीमा सेवा बापत्को शुल्क भुक्तानी लिन बाँकी भए पनि बीमा सेवा उपलब्ध गराउने वचन बद्धता व्यक्त गर्दै बीमा सेवाको कारण बिरामीको चाप बढेको र क्यान्सर, मृगौलाजस्ता रोगका बिरामीले सहज उपचार पाइरहेको चर्चा गर्नुभयो ।
उहाँले अब उपरान्त बिरामीहरूले रिपोर्ट लिन लाइनमा बस्न नपर्ने गरी मेसिन राखिएको र औषधि लिन पनि लामो लाइनमा बस्न नपर्ने गरी कर्मचारी थपेको जानकारी गराउनुभयो ।
भ.न.पा.४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजसेवी पशुपति प्रजापति, पूर्वकार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, वडा सदस्य कृष्णसुन्दर प्रजापति, वडा नर्स विनिता प्रजापतिलगायतले शिविर सञ्चालनले वडावासीहरूमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन सकिने र समयमै रोगको उपचार गरी स्वस्थ जीवन जिउन सकिनेबारे बोल्नुभयो ।
Leave a Reply