कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ३ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ पार्टी स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा – १ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा – १ को संयुक्त आयोजनामा शनिबार फुटसल प्रतियोगिता, कसिमला पाँय् प्रतियोगिता र टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ । माघ २ र ३ गते भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उहाँले आर्थिक रूपले स्वतन्त्र नभएको देश राजनीतिक रूपले स्वतन्त्र हुनेछैन भन्नुभयो ।
उहाँले दैलेखको ग्यास खानीसमेत भारतीय एकाधिकार पुँजीको कब्जामा पुग्नेबारे सम्बन्धित कर्मचारीहरू चिन्तित छन् तर प्रम र मन्त्रीहरूमा त्यो चिन्ता देखिएन भन्नुभयो ।
संयुक्त राज्य अमेरिकाले स्वतन्त्र मुलुक भेनेजुयलामाथि गरेको हस्तक्षेप, त्यहाँको तेल र प्राकृतिक खनिज कब्जा गर्नको लागि भएको चर्चा गर्दै उहाँले नेपालमा पनि प्राकृतिक स्रोत सम्पदाको अथाह भण्डारण हुनाले साम्राज्यवादी मुलुकको गिद्धेदृष्टि पर्ने हुँदा देशप्रेमी नेपाली सचेत हुनुपर्ने विचार राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भनपा – १ का अध्यक्ष कृष्णबहादुर दुगुजुले नेमकिपा स्थापनाकालदेखि नै मजदुर किसानको हक र हितको लागि सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
भनपा – १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनप्रतिनिधिहरूले निःस्वार्थ रूपले नगरवासीको हितको निम्ति काम गर्दै आएको बताउनुभयो ।
प्रतियोगिता विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाण वितरण गरिएको सो कार्यक्रममा सभापति एवम् नेक्रायुसङ्घ भनपा – १ का अध्यक्ष लक्ष्मीसुन्दर सुवाल, राज श्रेष्ठ, रोनिता किलम्बु, प्रज्ज्वल खत्री र कृता कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply